Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदेशमै उत्कृष्टता कायम गर्न सफल काभ्रे

प्रभातफेरी अनलाइन ११७२७ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र ४, बुधबार (४ साल अघि)
प्रदेशमै उत्कृष्टता कायम गर्न सफल काभ्रे

काभ्रे । कोभिडको कारण मुलुकका सबै गतिविधिहरु सुस्ताएको अवस्थामा काभ्रे कराँते ऐकेडेमी र नेपाल सितेरियो कराँते संघ काभ्रेले अनुकरणीय कार्यको नमूना पेश गरेका छन् ।
बागमती प्रदेशस्तरिय कराँते प्रतियोगिता गरेर राष्ट्रिय स्तरमै आफ्नो पहिचान दिन सफल भएका छन् । नेपाल सितेरियो कराँते डो संघका केन्द्रीय अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यतामा अन्तिम खेल सञ्चालन गर्दै समापन गरिएको कार्यक्रममा उत्कृष्टता हासिल गर्ने जिल्ला खेलाडीहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत आयोजक जिल्ला अन्तर्गत काभ्रे कराँते ऐकेडेमीले बागमती प्रदेशस्तरमै उत्कृष्टता हासिल गरेको छ । उसले सात स्वर्ण एक रजत र तीन काश्य पदक जित्दै इतिहास रचेको हो भने चार स्वर्ण, चार रजत दुई काश्यका साथ काठमाडौंले दोस्रो स्थान प्राप्त गरेको छ । यता एक स्वर्ण, दुई रजत र छ काश्य पदक जित्दै भक्तपुर जिल्ला तेस्रो हुन सफल भएको हो ।
प्रतियोगितामा महिलातर्फ ४० केजीतर्फ ईशा वाइबा काभ्रे प्रथम, ४५ केजीतर्फ ईशा श्रेष्ठ काभ्रे प्रथम, ५० केजीतर्फ एलिशा तामाङ काठमाडौं प्रथम, ५५ केजीतर्फ सुस्मिता वाइबा काभ्रे प्रथम, ६० केजीतर्फ रोजिता ढुंगेल दोलखा प्रथम, ६० केजीभन्दा माथि विनिता श्रेष्ठ काभे्र प्रथम भएका छन् भने पुरुषतर्फ ४५ केजीमा मनिष पुलामी मगर काभ्रे प्रथम, ५० केजीमा साजन मोक्तान काभ्रे प्रथम, ५५ केजीमा सुमिन खत्री काठमाडौं प्रथम, ६० केजी एलोन श्रेष्ठ काभ्रे प्रथम, ६७ केजीमा रोशन बलामी काठमाडौं प्रथम, ७५ केजीमा दिनेश नेपाली नुवाकोट प्रथम, ७५ केजीभन्दा माथि आशिष थापा काठमाडौं प्रथम हुन सफल भएका थिए ।
यसैगरी महिला एकल कातातर्फ शर्मिला श्रेष्ठ काभ्रे प्रथम, पुरुष एकल कातातर्फ शिरिष श्रेष्ठ भक्तपुर प्रथम भएका थिए भने उत्कृष्ट महिला खेलाडिमा एलिशा तामाङ काठमाडौं, उत्कृष्ट पुरुष खेलाडिमा साजन लामा काभ्रे, उदयमान खेलाडीमा ईशा श्रेष्ठ काभ्रे, उत्कृष्ट पिसमार्चमा मकवानपुर जिल्ला र अनुशासित टिममा धादिङ जिल्ला छनौट भई सम्मानित भएका थिए । उक्त कार्यक्रमको सभापतित्व नेपाल सितेरियो कराँते संघका संयोजक प्रताप वैद्यले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गौतम मानन्धरले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट खेलाडी तथा रेफ्रिहरुलाई विभिन्न सम्मानद्वारा सम्मानित गरिएको थियो ।
प्रतियोगिता गत चैत १ र २ गते काभ्रेको बनेपामा सञ्चालन भएको थियो । जसमा बागमती प्रदेशका दुई सय खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0