Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालय बन्द गर्दैमा समस्या समाधान हुँदैन

प्रभातफेरी अनलाइन १३०२६ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र १९, बिहिबार (४ साल अघि)
Post Thumbnail

गर्मी महिनाको सुरुवात भएसंगै तुवालोको कारणले जनजिवन कस्टकर बनेको छ । चैत्रको पहिलो हप्ताबट सुरुभएको तुवालो दिनपरदिन बढ्दै गएको छ । तुवालोको कारण मानव स्वास्थ्यमा स्वासप्रस्वास साथै हृदयघातको खतरा हुने स्वास्थ्य विज्ञहरुको भनाई रहेको छ । सरकारले उपत्यकामा तुवालोको प्रकोप धेरै भएको भन्दै घरवाहिर ननिस्कन उर्दी जारी गरेको छ । देसैभरका विद्यालयहरु चार दिनको लागि बन्द गर्न निर्देसन दिएको छ । सरकारले विद्यालय बन्द गर्ने निर्णले विद्यार्थीहरुको पठनपाठनमा समस्या आएको छ । अधिकांस विद्यालयहरुमा चैत्र १६ गतेबाट परिक्षा सुरुभएको छ । परिक्षकै पहिलो दिन विद्यालय बन्दको निर्णले विद्यार्थीहरुमा थप अन्योल सृजना भएको छ । चार दिन विद्यालय बन्द गर्दा तुवालोको समस्या समाधान हुनेमा कुनै संभावना छैन । जवसम्म बर्षात हुदैन तुवालो नघट्ने भएकोले बर्षात नभएसम्म विद्यालय बन्द गर्दा एस.इर्ई.परिक्षाको तयारी गर्दै गरेका विद्यार्थीहरु थप मारमा परेका छन् ।
तुवालोको प्रकोप बढ्नाको प्रमुख कारणको पहिचान गरी सो कारणको निराकरण तर्फ सरकारको खासै ध्यान पुग्न सकेको छैन । तुवालाको प्रकोप फैलदै जाँदा बायुमंडल प्रदुषण भएको छ । सो हुनाको पहिलो कारण धुलो, सवारी साधनबाट निक्लिएको धुवा, डंडेलोबाट फैलिएको धुवाको कारणले तुवालोको प्रकोप बढेको हो । जसको कारण बायुमण्डल प्रदुषण भएको हो । बर्षात नभएको लामो समय भएकोले धुले सडकबाट उडेको धुलो, सडकको क्षमता भन्दा बडी सवारी साधन र सो सवारी साधनबाट निक्लिएको धुवाले गर्दा बायुमण्डल प्रदुषण भएको हो । यस्तो जटिल समस्या समाधानको लागि सवारी साधनको चाप घटाउने साथै धुलोलाई नियन्त्रण गर्न जरुरी रहन्छ । तर सरकारले सो तर्फ ध्यान नपुर्याई विद्यालय बन्द गरेको छ ।
विद्यालय बन्द गर्दैमा तुवालो घट्दैन, विद्यार्थीहरुको स्वास्थ्यमा केही हदमा समस्या नआउला तर विद्यालयको कोठामा बस्नु र घरमा बस्नुले विद्यार्थीको स्वास्थ्यमा खासै फरक पर्दैन । जटिल समस्याको रुपमा रहेको तुहालोलाई दिर्घकालिन रुपमै घटाउने हो भने सवारी साधन गुड्ने सडकको अवस्थामा व्यापक सुधार, डडेको नियन्त्रणको लागि बिभिन्न चेतनामुलक कार्य, सवारी साधनहरुको धुवाको अवस्थाको बारेमा नियमित चेक जाँच गरी घातक ढंगको धुवा निक्लने सवारी साधनहरुलाई नियन्त्रण, बिभिन्न प्रकारका उद्योगहरुलाई वातावरण मैत्रि ढंगबाट संञ्चालन गर्ने गराउने व्यवस्था, धुले सडकहरुमा स्थानिय तहहरुसंग समन्वय गर्दै साथै उद्योगीहरुसंग सहकार्य गर्दै पानी छर्ने व्यवस्था गर्न जरुरी रहन्छ । तात्कालिन समस्यालाई केहि हदमा समाधान गर्नको लागि सवारी चापलाई घटाउन जरुरी रहन्छ, जसको लागि जोर विजोर प्रणालि अपनाउदा साथै औद्योगिक क्षेत्र वरपरको धुले सडकमा पानी छर्ने व्यवस्थाको लागि उद्योगिहरुसंग सहयोग माग्ने जस्ता कार्य गरेमा तुवालोको समस्या केही हदमा कम हुन्छ तर विद्यालय बन्द गर्दा काठमाडौ उपत्यकामा केही मात्रामा सवारी साधन कम होला तर देसैभर विद्यालय बन्द गर्दैमा तुवालोको समस्या समाधान हुंदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0