Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नजिर कायम हुनु दुर्र्भाग्य हो

प्रभातफेरी अनलाइन १८६६२ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ३, शुक्रबार (४ साल अघि)
नजिर कायम हुनु दुर्र्भाग्य हो

नेपाल पत्रकार महासंघको ११औं अधिवेशन सम्पन्न भईरहँदा पत्रकारिता क्षेत्रमा नयाँ नजिर कायम भएको छ । जसका कारण भोलिका दिनमा विवाद सिर्जना गर्न बाटो खुलेको छ ।
कसैका लागि आरक्षित गरिएका कोटामा फरक कित्ताबाट उम्मेदवारी पर्नु र निर्वाचन समितिले त्यसलाई सहर्ष रुपमा स्वीकारेर निर्विरोध घोषणा गर्नुले विधिले चुनौती दिएको स्पष्ट देखिन्छ । के दश वर्षे जनयुद्ध यही विभेद स्थापित गर्नलाई भएको थियो ? अनगिन्ती प्रश्नहरु उब्जिएका छन् । जुन बाटो अपनाएर सत्ता प्राप्तिका लागि अगाडि बढियो, त्यसलाई प्रशय दिनु ठूलो अपराध हुन सक्छ । यो जसले विभेद अन्त्यका लागि आफ्नो जीवन उत्सर्ग गरे, उनीहरुमाथिको अपमान हो भन्दा फरक पर्दैन । यसले ०६२÷०६३ को आन्दोलन र १० वर्षे जनयुद्धबाट प्राप्त सीमित अधिकारहरु खोसिँदै छ भन्ने संकेत गरेको छ । समावेशी कोटामा गैर समावेशीहरुको उपस्थितिले यि शंकाहरुलाई स्पष्ट रुपमा निवारण गरेको पाइन्छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत भएको निर्वाचनले सोचेभन्दा फरक किसिमको नतिजाहरु पस्किएको छ । जसका कारण पनि यो निर्वाचन अत्यन्तै मनन् योग्य पनि भएको छ । तीन वर्षे कार्यकालका लागि भएको यो निर्वाचनले सकारात्मक सन्देश छोड्नुको सँगसँगै नकारात्मक संस्कारको पनि खाता खोलेको छ । जसअन्तर्गत प्रचलित मुलुक ऐनमा व्यवस्था गरेभन्दा फरक किसिमको संस्कारको थालनी भएको छ । जसको सुरुवात नेपाल पत्रकार महासंघ काभ्रे शाखामा देखिएको छ ।
प्रचलित ऐनमा व्यवस्था भएअनुसार समावेशी मधेशी कोटामा पत्रकारिता क्षेत्रमा काभ्रेमा कोहि पनि पत्रकार नै छैनन् तर काभ्रे शाखामा गैर समावेशीले मधेशी कोटामा निर्विरोध हुने अवसर पाउनुले भोलिको दिनमा नजिरको रुपमा यसले आफूलाई स्थापित गर्ने सुनिश्चित छ । यहाँ पात्र को भन्नेसँग सम्बन्ध रहेन, गलत संस्कारको थालनी भएकोमा चिन्ता व्यक्त गर्नु स्वभाविक हो । निर्वाचन समितिले के ग¥यो त्यो सरोकारको विषय नहोला तर जुन किसिमको विधि मिचेर निर्विरोध भयो भनेर घोषणा गरियो, त्यसप्रति गम्भीर आपत्ति रहनुपर्छ । अन्यथा भोलि आरक्षण कोटामा यो या त्यो नाममा उम्मेदवारी पर्छन् र यही नजिरलाई लिएर बहसहरु चल्छन् र निर्वाचन आयोगले यसैमा टेकेर निर्णय दिन बाध्य हुनेछ । तसर्थ आज बुढी मरी भन्ने चिन्ता होइन, काल पल्कियो भन्ने तर्फ चनाखो हुन आवश्यक छ ।
त्यसैगरी यो निर्वाचनले सिकाएको महत्वपूर्ण पाटो आफूलाई चित्त नबुझेको उम्मेदवारका विरुद्ध प्रमाणबिना दाबी विरोध गरेर मान मर्दन गर्ने संस्कारले पनि प्रशय पाएको छ । यो गतिविधिले पत्रकारिता क्षेत्रलाई अब मर्यादित, अनुशासित रुपमा अगाडि बढ्छ भन्ने देख्नु दुर्भाग्य हुनेछ । यसले भावि पुस्तालाई नकारात्मक बाटोतर्फ डोहो¥याउने निश्चित छ । तसर्थ, यस किसिमको गतिविधिले पत्रकार महासंघको निर्वाचनप्रति आम नागरिकलाई समेत सशंकित बनाउनु न्यायसंगत पक्कै होइन । जसका कारण पत्रकारिता पेशाप्रति नै वितृष्णा मात्र जगाएनन् यसले पत्रकार भनेर प्राप्त मान, सम्मानप्रति नै प्रश्न चिन्ह ठड्याएको छ ।
यि तमाम विषयलाई सुक्ष्म अध्ययन गर्ने हो भने ११औं अधिवेशन इतिहासले नै प्रश्न गर्ने ठाउँ छोडेर गएको स्पष्ट देखिन्छ । त्यसैले यस किसिमका गतिविधिका बारेमा सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं । कसैको निजी स्वार्थप्रतिका लागि कसैको मान, मर्दन लिनु, चरित्र हत्या गर्नु कहाँसम्मको न्याय हुन्छ ? तसर्थ यस विषयमा जिम्मेवार निकायले गम्भीर रुपमा निमर्म ढंगले समिक्षा गरी त्यस किसिमका गतिविधितर्फ ध्यानाकर्षण गराउँछ भन्ने अपेक्षा हामीले राखेका छौं ।

 

  • नजिर कायम हुनु दुर्र्भाग्य हो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0