Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओली सिद्धान्त, नैतिक विहिन, अराजक व्यक्ति होः पुर्व—प्रधानमन्त्री

प्रभातफेरी अनलाइन ९१२४ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
ओली सिद्धान्त, नैतिक विहिन, अराजक व्यक्ति होः पुर्व—प्रधानमन्त्री

काभ्रे । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पुर्व—प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नैतिक नभएको व्यक्ति भएको बताउनु भयो ।
नेपल कम्यूनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि काभे्रपलाञ्चोकको विस्तारित बैठकको उद्घाटन गर्नें क्रममा पुर्व प्रधानमन्त्री नेपालले बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व—प्रधानमन्त्री नेपालले थप्नुभयो—केपी ओलि न गणतन्त्र, न लोकतन्त्रकै पक्षमा नरहेको बताउनु भयो । ओलि सिद्धान्त, विचार नैतिक समेत नभएका व्यक्ति हुन् । ध्वंसको अभियन्ता साथै अराजक्ताको माउ रहेको साथै नेपाल र नेपाली जनताको हितको खातिर कुनै कार्य नगरी अगाडी बढेको छ , मुलुकको हित विपरित कार्य गर्दै गर्दा हामीले मौन रहन नसक्ने भएकोले केपीको मुलुक हित विपरित ढंगको कार्यको विरुद्धमा उत्रिएको पुर्व—प्रधानमन्त्रीले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपालले भन्नुभयो —‘केपी ओली कहिल्यै पनि निर्माणका अभियन्ता भएनन्, ध्वंसका अभियन्ता बनिरहे ।’ हर चुनौतीहरूको सामना गर्ने आँट राख्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उहाँले केपी ओली ज्ञानेन्द्र जसरी नै सिद्धिने ठोकुवा गर्नुभयो । विगतलाई स्मरण गर्दै नेपालले भन्नुभयो—पार्टीले गणतन्त्रमा जाने निर्णय गर्दा केपीले विरोध गरेको थियो । ओलीलाई गणतन्त्रको माया छैन, हामीलाई माया छ । मैले मिलाउन खोज्दै छु, मिल्ने अवस्थामा छैन । ओली पदको भोको भएको र आफूहरू सिद्धान्त र सङ्गठनको भोको रहेको बताउनुभयो ।
केपी ओली बालुवा भएको बताउँदै नेता नेपालले जति पेले पनि तेल ननिस्केको बताउनुभयो । ‘हाम्रो सङ्गठन राम्रा राम्राको सङ्गठन हो । हामीले सङ्गठन बनाउन लाग्यौ ओलीले भजन मण्डली बनाउन लागे ।’
त्यसैगरी कार्यक्रममा बागमति प्रदेस सांसद बशुन्धरा हुमागाईले कार्यक्रममा उपस्थिति भएकाहरुलाई स्वागत गर्दै भन्नुभयो—प्रधानमन्त्री केपी ओलीले अाँन्दोलन हारेको छ, हामी सत्य र न्याएको पक्षमा सधै उभिने छौं, जसको कारण ओलीलाई आन्दोलनमा हराएर हामीले जित्न सफल भएका छौं । न्यायालयले अनौठो फैसला गर्यो—बच्चा जन्मिईसकेको अवस्थामा विवाह नगरेको भन्दै नेकपालाई मान्यता नदिएको हुमागाईले बताउनु भयो । सुदृढ एमाले निर्माण अभियानमा नेकपा एमाले अगाडी बढेको छ, सोही अनुसार हामी अगाडी बढेका हौं, पार्टीको अभियान सफल पार्नको लागि काभे्रमा टोकबहादुर वाईवाको अध्यक्षतामा टिम अगाडी बढेको बताउनुभयो । पार्टीको नीति अनुसार दुई महिने अभियानलाई काभे्रले सहज ढंगबाट सफल पार्ने ठोकुवा गर्नुभयो ।
त्यसैगरी वागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले भन्नुभयो—करोडौंको भ्रष्टाचार साथै दर्जनौ काण्डको नेतृत्व साथै संरक्षण गर्नेहरु पछिल्ला समयमा गाउंगाउंमा पुगेर झुटको खेती गर्दै गरेको बताउनु भयो । उहाँले थप्नुभयो—तीन बर्ष सम्म ठुला पदमा रहेर विकास निर्माणको कार्यमा कुनै माख्खो मार्न नसकेका नेताहरु गाउंगाउंमा पुगेर जनतालाई भ्रम छर्दै गरेको बताउनु भयो । सांसद लम्सालले थप्नुभयो—प्रधानमन्त्री ओलीले नेकपा विघठन गरे,अव नेकपा एमाले बिघटन गर्ने तयारीमा रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले नेकपा विघटन गर्ने तयारी गरेकोले पार्टीलाई जोगाउनको लागी विस्तारीत बैठकको आयोजना गरेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रमको सभापतित्व गर्दै मण्डनदेउपुर नगरपालीकाका प्रमुख एवं नेकपा एमाले काभे्रका अध्यक्ष टोकवहादुर वाईवाले ९ औं महाँधवेशनको आधारमा विस्तारीत बैठक आयोजना गरेको बताउनु भयो । उहाँले थप्नुभयो—ओली गुटको निर्देशनमा ९ औं महाँधिवेशिनबाट उपाध्यक्षको जिम्मेवारी पाएका उपाध्यक्षको नेतृत्वमा बैठक राखेर अवैधानिक कार्य गरेको बताउनु भयो । नेपाली जनताले नेकपा माओवादी र नेकपा एमालेको मिलनलाई खुसि मान्दै विस्वास गरी झण्डै दुई तिहाईको नजिकमा पु¥यायो तर ओलीको षड्यन्त्रले गर्दा नेपाली जनताको आशा र भरोसामा कुठाराद्दात भएको बताउनु भयो ।
टोकवहादुर वाईवाको सभापतित्व साथै दिपक गौतमको संञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पुर्व सांसद विदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, लगाएतका नेताहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो । विस्तारित बैठकबार अध्यक्षमा कोकवहादुर वाईवा, उपाध्यक्ष बशुन्धरा हुमागाई सचिब दिपक गौतम रहेको जिल्ला कमिटिमा २ सय १ जनाको जिल्ला कमिटि गठन भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0