Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओली सिद्धान्त, नैतिक विहिन, अराजक व्यक्ति होः पुर्व—प्रधानमन्त्री

प्रभातफेरी अनलाइन ८२३६ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (२ साल अघि)
ओली सिद्धान्त, नैतिक विहिन, अराजक व्यक्ति होः पुर्व—प्रधानमन्त्री

काभ्रे । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पुर्व—प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नैतिक नभएको व्यक्ति भएको बताउनु भयो ।
नेपल कम्यूनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि काभे्रपलाञ्चोकको विस्तारित बैठकको उद्घाटन गर्नें क्रममा पुर्व प्रधानमन्त्री नेपालले बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व—प्रधानमन्त्री नेपालले थप्नुभयो—केपी ओलि न गणतन्त्र, न लोकतन्त्रकै पक्षमा नरहेको बताउनु भयो । ओलि सिद्धान्त, विचार नैतिक समेत नभएका व्यक्ति हुन् । ध्वंसको अभियन्ता साथै अराजक्ताको माउ रहेको साथै नेपाल र नेपाली जनताको हितको खातिर कुनै कार्य नगरी अगाडी बढेको छ , मुलुकको हित विपरित कार्य गर्दै गर्दा हामीले मौन रहन नसक्ने भएकोले केपीको मुलुक हित विपरित ढंगको कार्यको विरुद्धमा उत्रिएको पुर्व—प्रधानमन्त्रीले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपालले भन्नुभयो —‘केपी ओली कहिल्यै पनि निर्माणका अभियन्ता भएनन्, ध्वंसका अभियन्ता बनिरहे ।’ हर चुनौतीहरूको सामना गर्ने आँट राख्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उहाँले केपी ओली ज्ञानेन्द्र जसरी नै सिद्धिने ठोकुवा गर्नुभयो । विगतलाई स्मरण गर्दै नेपालले भन्नुभयो—पार्टीले गणतन्त्रमा जाने निर्णय गर्दा केपीले विरोध गरेको थियो । ओलीलाई गणतन्त्रको माया छैन, हामीलाई माया छ । मैले मिलाउन खोज्दै छु, मिल्ने अवस्थामा छैन । ओली पदको भोको भएको र आफूहरू सिद्धान्त र सङ्गठनको भोको रहेको बताउनुभयो ।
केपी ओली बालुवा भएको बताउँदै नेता नेपालले जति पेले पनि तेल ननिस्केको बताउनुभयो । ‘हाम्रो सङ्गठन राम्रा राम्राको सङ्गठन हो । हामीले सङ्गठन बनाउन लाग्यौ ओलीले भजन मण्डली बनाउन लागे ।’
त्यसैगरी कार्यक्रममा बागमति प्रदेस सांसद बशुन्धरा हुमागाईले कार्यक्रममा उपस्थिति भएकाहरुलाई स्वागत गर्दै भन्नुभयो—प्रधानमन्त्री केपी ओलीले अाँन्दोलन हारेको छ, हामी सत्य र न्याएको पक्षमा सधै उभिने छौं, जसको कारण ओलीलाई आन्दोलनमा हराएर हामीले जित्न सफल भएका छौं । न्यायालयले अनौठो फैसला गर्यो—बच्चा जन्मिईसकेको अवस्थामा विवाह नगरेको भन्दै नेकपालाई मान्यता नदिएको हुमागाईले बताउनु भयो । सुदृढ एमाले निर्माण अभियानमा नेकपा एमाले अगाडी बढेको छ, सोही अनुसार हामी अगाडी बढेका हौं, पार्टीको अभियान सफल पार्नको लागि काभे्रमा टोकबहादुर वाईवाको अध्यक्षतामा टिम अगाडी बढेको बताउनुभयो । पार्टीको नीति अनुसार दुई महिने अभियानलाई काभे्रले सहज ढंगबाट सफल पार्ने ठोकुवा गर्नुभयो ।
त्यसैगरी वागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले भन्नुभयो—करोडौंको भ्रष्टाचार साथै दर्जनौ काण्डको नेतृत्व साथै संरक्षण गर्नेहरु पछिल्ला समयमा गाउंगाउंमा पुगेर झुटको खेती गर्दै गरेको बताउनु भयो । उहाँले थप्नुभयो—तीन बर्ष सम्म ठुला पदमा रहेर विकास निर्माणको कार्यमा कुनै माख्खो मार्न नसकेका नेताहरु गाउंगाउंमा पुगेर जनतालाई भ्रम छर्दै गरेको बताउनु भयो । सांसद लम्सालले थप्नुभयो—प्रधानमन्त्री ओलीले नेकपा विघठन गरे,अव नेकपा एमाले बिघटन गर्ने तयारीमा रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले नेकपा विघटन गर्ने तयारी गरेकोले पार्टीलाई जोगाउनको लागी विस्तारीत बैठकको आयोजना गरेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रमको सभापतित्व गर्दै मण्डनदेउपुर नगरपालीकाका प्रमुख एवं नेकपा एमाले काभे्रका अध्यक्ष टोकवहादुर वाईवाले ९ औं महाँधवेशनको आधारमा विस्तारीत बैठक आयोजना गरेको बताउनु भयो । उहाँले थप्नुभयो—ओली गुटको निर्देशनमा ९ औं महाँधिवेशिनबाट उपाध्यक्षको जिम्मेवारी पाएका उपाध्यक्षको नेतृत्वमा बैठक राखेर अवैधानिक कार्य गरेको बताउनु भयो । नेपाली जनताले नेकपा माओवादी र नेकपा एमालेको मिलनलाई खुसि मान्दै विस्वास गरी झण्डै दुई तिहाईको नजिकमा पु¥यायो तर ओलीको षड्यन्त्रले गर्दा नेपाली जनताको आशा र भरोसामा कुठाराद्दात भएको बताउनु भयो ।
टोकवहादुर वाईवाको सभापतित्व साथै दिपक गौतमको संञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पुर्व सांसद विदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, लगाएतका नेताहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो । विस्तारित बैठकबार अध्यक्षमा कोकवहादुर वाईवा, उपाध्यक्ष बशुन्धरा हुमागाई सचिब दिपक गौतम रहेको जिल्ला कमिटिमा २ सय १ जनाको जिल्ला कमिटि गठन भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0