Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरवासीको हितका खातिर आफू चौबिसै घण्टा चलायमान रहने छु ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ८६०४ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ४, मंगलबार (४ साल अघि)
नगरवासीको हितका खातिर आफू चौबिसै घण्टा चलायमान रहने छु ः प्रमुख न्यौपाने

काभ्रे । पनौती नगरभित्र रहेका आफ्ना नागरिकहरुको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिँदै र स्वाब परीक्षण सम्बन्धमा चासो राख्ने क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले नगरवासीको हितका खातिर शरीरले साथ दिएसम्म चौबिसै घण्टा चलायमान रहने बताउनुभएको छ ।
मुलुक कोभिडले आक्रान्त हुनुको साथै उत्पादित अक्सिजनको अभावले दैनिक सयौंले ज्यान गुमाइरहेको अवस्थामा स्थानीय सरकारको तर्फबाट निभाउनुपर्ने जिम्मेवारी आफू निसंकोच पूरा गर्ने वचनबद्धता गर्नुहुँदै नगर प्रमुख न्यौपाने थप्नुहुन्छ– कुनै पनि नगरभित्र बसोबास गरेका नागरिकहरुले प्रयोगशाला र अक्सिजनबिना आफ्नो अस्तित्व समाप्त पार्नुपर्ने छैन । त्यसका लागि नगरले दिन रात नभनी खटिरहेको स्मरण गराउनुभएको छ । तत्कालै आवश्यक पर्ने साधनहरुमा एम्बुलेन्सहरु सतर्क अवस्थामा छन् भने अक्सिजन पनि आवश्यकता हेरी उपलब्ध गराउन सक्ने अवस्थामा छौं । जसको कारण एम्बुलेन्स र अक्सिजनको अभावमा नगरवासीहरुले आफ्नो जीवन अनायासमा उत्सर्ग गर्नुपर्ने छैन भन्ने विश्वास नगरले लिएको प्रमुख न्यौपानेको तर्क थियो ।
आपत्कालिन अवस्थामा नगरले खेल्नुपर्ने भूमिकामा नगर सदैव नागरिकको घरदैलोमा छ भन्ने अनुभूति गराउनु नगरको दायित्व हो । अहिलेको यो संक्रमणकालिन अवस्थामा नगरको तर्फबाट नगरवासीहरुका लागि कुनै पनि कुराको अभाव हुन दिने छैन । जसको लागि अहोरात्र सम्बन्धित शाखा खटिरहेको छ भने उसको आवश्यकतालाई के गर्दा सहज बनाउन सकिन्छ भनेर नगर चिन्तित बनेको छ । जसको कारण सुविधा सम्पन्न आइसोलसन वार्डदेखि अक्सिजनसम्मको व्यवस्थापनको लागि नगर सक्षम भएको छ । जसबाट अब उपचार नपाएर नगरवासीले प्राण त्याग्नुपर्ने अवस्था हुनेछैन भन्ने विश्वास नगरले लिएर प्रमुख न्यौपानेको तर्क थियो ।
स्वाब परीक्षणका लागि नगरभित्रका सबै वडाहरुमा सञ्चालित केन्द्रहरुबाट प्राप्त जानकारी सार्वजनिक गर्ने क्रममा स्वतःस्फूर्त रुपमा झण्डै हजारको हाराहारीमा नागरिकहरुले स्वाब दिएको र त्यसबाट अहिलेसम्मको जानकारी अनुसार झण्डै चार सयको हाराहारीमा पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले बताउनुभएको छ । नगरपालिकाले वडा नं. १ देखि १२ वटै वडाहरुमा स्वाब संकलन केन्द्रहरु व्यवस्थापन गरी नगरवासीबाट स्वाब लिएको थियो । उक्त अवधिमा संक्रमितहरुसँग हेलमेल भएकाहरुको कन्ट्याक टे«सिङ देखि लिएर आफूलाई असहज महसुस भएका नागरिकहरुले स्वाब दिनसक्ने व्यवस्था गरिए अनुरुप नगरभित्रका झण्डै हजार नागरिकले आफ्नो स्वाब दिएका थिए । सोही आधारमा मंगलबारसम्मको प्राप्त प्रयोगशालाको रिपोर्ट अनुसार ४ सयको हाराहारीमा पोजेटिभ देखिएको तिमल्सिनाले बताउनुभएको छ ।
पनौती नगरपालिका स्वास्थ्य शाखाबाट खटिएका स्वास्थ्यकर्मीहरुले कोहि समस्याग्रस्त हुन पुगेका नागरिकहरुले नगरले तोकेको समयमा सम्पर्क गर्न नसकेका नगरवासीहरुका लागि इन्द्रेश्वर प्राविको प्रांगणमा सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन दिउँसो १ः३० देखि स्वाब लिने व्यवस्थालाई अहिले पनि निरन्तरता दिइरहेको शाखा प्रमुख तिमल्सिनाले बताउनुभएको छ । उहाँका अनुसार पनौती नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई पनि सतर्क गराइएको छ ।
जसबाट नगरवासीहरुमा आइपर्ने आकस्मिक स्वास्थ्योपचार सेवामा कुनै कुराको अभाव नहोस् र सहज रुपमा सुविधा सम्पन्न अस्पतालहरुसम्म पु¥याउन सकियोस् भनेर लागिपरेका छौं । जसबाट नगरवासीले भरपुर लाभ लिन सकुन् भन्ने चाहना नगरले राखेको छ । यस्तो अवस्थामा नगरवासीले संयमताका साथ उपलब्ध सेवाहरु लिई नगरलाई सहयोग पु¥याउनु हुनेछ भन्ने विश्वास नगरले लिएको तिमल्सिनाले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0