Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कसैले पनि कोभिडका कारण ज्यान गुमाउन नपरोस् ः सदस्य प्रधान

प्रभातफेरी अनलाइन ५२९७ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
कसैले पनि कोभिडका कारण ज्यान गुमाउन नपरोस् ः सदस्य प्रधान

काभ्रे । कोरोना संक्रमितहरुले उपयुक्त उपचार नपाएर जीवन गुमाइरहेको अवस्थामा संघ संस्थाहरुको पहलमा शीर मेमोरियल अस्पतालले केही दिनको बिचमा पच्चीसौं लाखभन्दा माथिको स्वास्थ्य सामग्री प्राप्त गरेको छ ।
सो पुनीत कार्यमा सहभागी हुन आइपुग्नुभएका कानूनी सेवा आयोगका उपाध्यक्ष सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य प्रचण्डराज प्रधानले अस्पताल आइपुगेका कोरोना संक्रमित उपचारबिना मर्नुपर्ने अवस्था नआओस् भन्ने अपेक्षाका साथ यो सानो सहयोग लिएर आएको बताउनुभएको छ ।
बेड नपाएर, अक्सिजन नपाएर ज्यान गुमाइरहेका नागरिकहरुका आफन्तका पिडालाई नजिकबाट महसुस गर्ने एउटा नेपाली आयामका मुर्धन्य रत्न प्रचण्डराज प्रधान । जसले प्रो नेपाल इटालीको सहयोगमा कोभिड संक्रमितहरुका लागि नै भनेर आइसियु बेड (खासमा यो बेड त ICU र HDU (High Dependency Unit) दुईटैको लागि उपयोग हुन्छ । कोभिड–१९ ICU होईन तर कोभिड–१९ बाट संक्रमण भएका र High Flow Oxygen आवश्यक पर्ने बिरामीहरू राखेर उपचार गर्नको लागि अति उपयोगी हुने भएकोले त्यसको निम्ति यी बेडहरू उपयोगमा ल्याउनेछन् ।) हस्तान्तरण गर्ने क्रममा उक्त भनाइ राख्नुभएको हो ।
यो संकटको अवस्थामा अस्पतालले संक्रमित नागरिकहरुलाई पु¥याएको सहयोगको बारेमा चर्चा गर्नुहुँदै जब–जब मुलुकमा विपद् आइपर्छ, तब–तब नागरिकहरुले शीर मेमोरियल अस्पताललाई सम्झने गर्छन् । मुलुकका कुनाकन्दरामा रहेका आम नागरिकले शीर मेमोरियललाई स्मरण गर्ने गरेको आफूले पाएको खुलासा गर्नुहुँदै विपद्को समयमा नागरिकको स्वास्थ्यप्रति शीर मेमोरियल अस्पतालले राखेको चासो र उपचारको बारेमा चर्चा गर्ने शब्द नै नभएको सदस्य प्रधानको कथन थियो । यस किसिमबाट स्थापित गरेको अस्पतालको साखलाई हामी कमी हुन दिनेछैनौं । अस्पतालले होस्टे गर्छ भने हामी हैंसे गरेर अगाडि लग्नेछौं । यो हाम्रो प्रण हो । कोरोनाविरुद्धको लडाईंमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुलाई कुनै किसिमको नैराश्यता नआओस् । पूरा जोस जाँगरका साथ कार्यक्षेत्रमा खट्न सकिने वातावरण अस्पताल प्रशासनले बनाइदिनुपर्छ । त्यसका लागि के कुराको आवश्यक पर्छ, त्यो जुटाइदिने जिम्मेवारी आपसका निम्ति समाज (एक अर्काका लागि सामाजिक) तयार रहेको खुलासा गर्नुहुँदै अस्पतालले आफ्ना समस्याहरु खुलेर मागोस् भन्नुहुँदै इतिहास बोकेको अस्पतालले त्यो इतिहास नगुमाओस् भन्दै सहयोगका हात लिएर आएका छौं । आशा छ, अस्पतालले आफ्नो इतिहास जीवन्त राख्नका लागि स्वास्थ्यकर्मीहरुलाई उर्जाशील बनाएर अग्रमोर्चामा उभ्याउने छ ।

रोगले भन्दा भोकले नमरोस्

स्मरण रहोस्, ‘रोगले भन्दा भोकले नमरुन्’ भन्ने उद्देश्यका साथ महामारीको यो समयमा दैनिक रोजगारी गुमाएर न्यूनतम आवश्यकता पूरा गर्न नसक्ने बनेपा नगरभित्र रहेका ५ सय घर परिवारसँग आबद्ध रहेका श्रमिकलाई राहत तथा औषधी वितरण गर्न नेपाली कांग्रेस बनेपा नगरले फुड बैंकको स्थापना गरिएको कुरा फुड बैंकका संयोजक एवं ने.का. नगर सचिव महेशकुमार कर्माचार्यले सोही अवसरमा जानकारी गराउनुभएको थियो ।

उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शीर मेमोरियल अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुन्दर थापा मगरको तर्क थियो– यो महामारीको अवस्था जुन किसिमको सहयोग आएको छ, त्यसको महत्वको बारेमा वर्णन गर्ने कुनै शब्द नै नभएको धारणा राख्नुहुँदै पर्याप्त सुविधाको अभावको कारण सुरुदेखि आजसम्मको तथ्यांक हेर्ने हो भने १६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएको पिडा राख्नुहुँदै आज प्राप्त यि सुविधा सम्पन्न आइसियु बेडहरुबाट त्यस किसिमका अवस्थामा पुगेका बिरामीहरुले ज्यान गुमाउने छैन भन्ने विश्वास अस्पताल परिवारले लिएको बताउनुभएको छ । ढिलै भएपनि राम्रै कामको सुरुवात भएको छ । नीजि स्तरबाट जुन किसिमको सह्रानीय एवं अनुकरणीय कार्य भएको छ, यसका लागि अस्पताल परिवार सम्पूर्ण सहयोगी हातहरुप्रति कृतज्ञता ज्ञापन गर्दछ । आशा छ, आगामी दिनहरुमा पनि नागरिकहरुका अपेक्षाहरुलाई सम्मानका साथ सम्बोधन गर्नेछौं र सहयोगी हातहरुलाई उच्च सम्मान प्राप्त हुने गतिविधि अस्पतालले गर्नेछ ।
विशेष गरी बनेपा नगरपालिका, प्रो नेपाल इटाली, आपसको निम्ति समाज, नेपाल पत्रकार महासंघ, सिंगापुर रेडक्रस, आनी छोइङ डोल्मा फाउण्डेशन, प्रारम्भ सामाजिक संस्थाप्रति उच्च आदर सम्मान अस्पताल परिवारको तर्फबाट व्यक्त गर्न चाहन्छु भन्नुभएको छ ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले राज्यले चासो दिएन भन्ने जनगुनासोतर्फ नगरपालिकाको ध्यान खिचिएको स्मरण गराउनुहुँदै शीर मेमोरियल अस्पताललाई १० बेडको आइसियु सहितको सुविधा सम्पन्न कोभिड वार्डको व्यवस्था गर्ने जमर्काे सहित नगरपालिका लागिपरेको छ । जसका लागि विभिन्न दातृ निकायहरुले चासो दिनुभएको छ । छिट्टै सिगाच्छे नगरपालिकाले यो विषयमा आफू सरिक हुने मेल प्राप्त भएको छ । यसले पनि सकारात्मक सन्देश दिएको छ । हाम्रा लागि यो सुखद खबर पनि हो । त्यसैगरी आपसको निम्ति समाजले जुन अनुकरणीय योगदान पु¥यायो, त्यसका बारेमा विशेषतः वडा नं. १३ का वडा अध्यक्ष सूर्यनारायण नापित र आदरणीय व्यक्तित्व प्रचण्डराज प्रधान चर्चाका पात्र बन्नुभएको छ । जसले बेड नपाएर मृत्युसँग पौठाजोरी खेलिरहेकाहरुका लागि राहत मिलेको छ । अतित के भए, त्यसतर्फ नजाऔं, आज जुन अवस्थामा छौं, त्यसतर्फ गम्भीर बनेर स्वास्थ्य जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको धारणा अधिकृत उप्रेतीले राख्नुभएको थियो ।
उक्त कार्यक्रममा आपसको निम्ति समाज (Society for each other) का अध्यक्ष जया राजभण्डारीले स्थापनाकालदेखि नै मानवीय सेवामा समर्पित भएको स्मरण गराउनुहुँदै मुलुकमा आइपर्ने कुनै पनि किसिमका विपद् विरुद्ध अग्रमोर्चामा संस्थालाई उभ्याउन पाउँदा आफूहरु अत्यन्तै आत्मसन्तुष्टि साथै गौरवान्वित महसुस हुन्छ तर त्यो बिचमा देखिने हृदयविदारक पिडाले भावव्हिल बनाउँदाका क्षण सम्झँदा अत्यन्तै दुःख लाग्छ । अहिले कोरोनाले धेरै मानवीय क्षति गरायो । त्यसले आफूलाई अत्यन्तै दुःखी बनाएको छ । यो महामारीका विरुद्ध यो या त्यो, म वा तँ नभनी महामारीका विरुद्ध आ–आफ्नो ठाउँबाट डटेर सामना गरौं । जोसँग जे छ, त्यसैलाई उपयोग गर्दै संकटको घडीबाट आफू, आफ्नो परिवार, समाज र मुलुकलाई मुक्त गरौं । यो अभियानमा अग्रमोर्चामा रहने तपार्इं स्वास्थ्यकर्मीहरु विशेषतः डाक्टर र नर्सहरुको लागि केही समस्या छ भने फेरि पनि सहयोग गर्ने चाहना छ भन्न पछि पर्नुभएन अध्यक्ष राजभण्डारी ।
उक्त हस्तान्तरण कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष सूर्य नारायण नापित, पुकार श्रेष्ठ लगायतका वक्ताहरुले अहिलेको समसामयिक विषयमा चर्चा गर्नुहुँदै सहयोग गर्ने हातहरुका लागि सम्मान व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी, पनौती नगरपालिकाका पूर्व नगर विकास अध्यक्ष राजेशकुमार श्रेष्ठ, नेपाली कांग्रेस बनेपा नगर अध्यक्ष राम जोशी, बनेपा नगर नेपाली कांग्रेस उपसभापति ईश्वरी बादे, बनेपा नगर कांग्रेस सचिव महेशकुमार कर्माचार्य, नगर सचिव निलकमल शाही, नगर कोषाध्यक्ष अमन पोटे, वडा नं. ८ का सभापति धर्म मानन्धर, वडा नं. ५ का ने.का. सभापति उत्तमप्रसाद भट्टराई, नगर सदस्य रमेशजंग मगराती, महासमिति सदस्य समुद्रकाजी श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।
पछिल्लो समय निजी स्तरबाट शीर मेमोरियल अस्पताललाई सद्भावपूर्ण सहयोगहरु जुट्दै आएका छन् । जस अन्तर्गत करिब १४ लाखको हाराहारीका दुई वटा आइसियु बेड, एउटा भेन्टिलेटर, २ वटा अक्सिजन कन्सन्ट्रेटर र २० थान पीपीई उपलब्ध भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0