Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षामा विभेद आवश्यक छैन

प्रभातफेरी अनलाइन ४१३१ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ २५, मंगलबार (४ साल अघि)
Post Thumbnail

विशेषतः निजामति कर्मचारीले आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा अध्ययनको लागी पठाउने गरेका छन् । कर्मचारीहरुले मात्रै नभएर सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले समेत नीजिमै आफ्ना बालबालिकालाई पढाउने गरेका छन् । निजामति कर्मचारी, सामुदायिक विद्यालयमा शिक्षक, राजनीतिक दलका जिम्मेवार नेतृत्वहरु साथै उच्च ओहदामा रहेर मुलुकको मार्गनिर्देशक समेतले सामुदायिक विद्यालयलाई वास्ता नगर्दै गुणस्तरीय शिक्षाको नाउमा नीजि बिद्यालयमा आफ्ना बालबालिकाहरुलाई पठन पाठन गर्न पठाउने गर्दा नीजि विद्यालयहरु फस्टाउंदै जाने र सामुदायिक विद्यालयहरु धारासायी अवस्थामा पुगेको हो । सम्बन्धित निकायले सामुदायिक विद्यालयमा चासो नदिदा शिक्षाको गुणस्तर खस्कंदै गएपछि नेपाली सेना र नेपाल प्रहरीले छुट्टै विद्यालय सञ्चालन गर्दै आफ्ना छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा दिन थाले । सेना, प्रहरी, कर्मचारी, राजनीतिक उच्च ओहदामा आसिनहरु साथै हुनेखाने बर्गले सामुदायिक विद्यालयमा वास्ता नगर्दा समस्या आएको हो ।
विगत लामो समयदेखी नीजि विद्यलयहरु संञ्चालनमा आएपनि तीन दशक अगाडीदेखी नीजि विद्यालय फस्टाउंदै जाने सामुदायिक विद्यालय धारासायी हुदै जाने अवस्था आयो । जसका कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु नहुंदा विद्यालय मर्ज गर्ने अभियान सुरुगरेको छ राज्यले । सामुदायिक विद्यालय सञ्चालन भएको ठाउहरुमा पनि कतिपय विद्यालयमात विद्यार्थीको संख्या र शिक्षक संख्या करिव वरावरी रहेका छन् । तर थोरैको संख्यामा विद्यार्थीहरु हुंदा पनि आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा थप समस्या भएको हो । यतिखेर सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु भनेको धेरैजसो हुंदा खाने वर्गहरु मात्रै छन् । हुनेखाने बर्गले निजिमा अध्यापन गराउने गरेका छन् । सरकारी ढुकुटीबाट ठुलो लगानी भएपनि सामुदायिक विद्यालय सुधारको लागि खासै राम्रो निति नल्याउंदा सरकारी लगानीको खासै सदुपयोग हुन सकेको छैन ।
सामुदायिक विद्यालय सुधार गर्नसके सेना, प्रहरीले संञ्चालन गरेको विद्यालयको खासै आवश्यक रहन्न । विद्यालय सुधारको लागि पहल गर्नुको बदला सम्बन्धित पक्षले कर्मचारीका छोराछोरीको पठन पाठनको लागि छुट्टै विद्यालय संञ्चालन गर्ने योजना ल्याउनु भनेको सामुदायिक विद्यालयलाई निमिट्यान्न पार्नु हो । निजामती कर्मचारीका सन्तानलाई गुणस्तरीय शिक्षाको अवसर दिन सबै प्रदेशमा निजामती विद्यालय खोल्ने सरकारको घोषणा राम्रो होईन । निजामतीका छोराछोरीलाई छुट्टै स्कुल सञ्चालन गर्दा सार्वजनिक शिक्षाको गुणस्तर झनै खस्कनेमा दुईमत छैन । ‘सरकारले ध्यान सार्वजनिक शिक्षामा दिनुपर्छ, पेसागत रूपमा विद्यालय खोल्ने कुरा सरकारको प्राथमिकतामा पर्ने विषय होइन, कर्मचारीको छुट्टै स्कुल नहुँदा केही बिग्रँदैन,’ । राज्यबाट सुविधा लिनेभन्दा पनि केही नहुने अभिभावकका छोराछोरीका बारे सरकारले ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । बजेटमा सबै प्रदेशमा निजामती विद्यालय स्थापना गर्ने र प्रदेशसँगको साझेदारी र सहकार्यमा धनकुटा र दिपायलमा सञ्चालित निजामती विद्यालयको स्तरोन्नति गर्ने उल्लेख छ । यस्तो योजनाले सामुदायिक विद्यालयहरु पुर्ण रुपमा बन्द हुन्छ, त्यसैले कर्मचारीका छोराछोरीका लागि छ्ट्टै विद्यालय होईन सामुदायिक विद्यालयमा सुधार आवश्यक रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0