Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राहत वितरणमा देखिएको बेथिति अन्त्य गर

प्रभातफेरी अनलाइन ४४२९ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
Post Thumbnail

राहत भन्ने शब्दनै यस्तो हो, जुन शब्द सुन्ने वित्तिकै समस्यामा परेकालाई सघाउने हो । खान नपाउनेलाई खान दिने, लाउन नपाउनेलाई लाउन दिने, उपचार नपाएर तड्पीएकाहरुलाई उपचार गर्ने, संकटमा परेकाहरुलाई संकट मुक्त गर्ने हो । समस्यामा परेकाहरुलाई सघाउनुनै ठुलो पुण्य सम्झंदै आफ्नो गाँस काटेर सघाउने मनसायका साथ दानविरहरुले दान दिने मनसाय व्यक्त गर्दै राहत प्रदानको लागि मार्ग पहिल्याउने गरेको धेरै उदाहरणहरु रहेका छन् । २०७२ सालमा गएको विनासकारी भूकम्पले तहस नहस पारेको ११ जिल्लामा राज्यले साथै बिभिन्न संघसंस्था साथै दानविरहरुले राहतको लागि निकै सहयोग गरे । सो समयमा राहतको निकै आवश्यक थियो । घर भक्तिएकाहरुको अन्नपात, लत्ताकपडा पुरेको थियो, भने घर नभक्तिएकाहरुले पनि घरभित्र बस्ने अवस्था थिएन । आर्थिक रुपमा सम्पन्न भएकाहरुलाईपनि त्रिपालको अवश्यकता थियो । जसको कारण धेरैले राहत सामाग्री लिए ।
भूकम्प गएकोे ठिक ५ बर्षपछि विश्वमा महांमारीको रुप लिएको कोरोना भाईरसको चपेटामा विश्वभरकै जनताहरु परे । जसको कारण मुलुकमा लकडाउन भयो, जस्ले गर्दा गरिखाने बर्ग (आज कमाउने आजै खाने) मजदुरहरुले मजदुरी गर्न नपाउंदा विहान बेलुकिको छाक टार्न पनि समस्या भयो । मुलुकका बिभिन्न शहरहरुका सडकलाई आफ्नो जिवन धान्ने माध्यम बनाएर मजदुरी गर्दै आफ्नो परिवार पाल्दै आएका मजदुरहरुले मजदुरी गर्न नपाउंदा आधा पेट खाएर वाच्न विवश छन् । कतित दिनको एक छाकको भरमा बाच्न विवश छन् । त्यस्तो दृश्य ग्रामिण बस्तिमा पनि नभएको होईन । यस्तो हृदयविदारक समस्याहरुलाई मध्यनजर राख्दै कतिपय मनकारी दानविरहरुले राहतको व्यवस्था गर्दै त्यो चह¥याई रहेको घाउमा मलहम पट्टी लगाउने कोशिस गरेको हो । तर विडम्बना लक्षित बर्गले भन्दा दरिद्र स्वभाव भएका हुने खाने बर्गले राहत सामाग्री कुम्ल्याउन पछि परेनन् ।
नोकरीबाट राम्रो आम्दानी तथा खेतीबाट उत्पादन भएको खाद्यान्न आफुले खाई नसकेरे बजारमा लगेर बिक्रि गर्नेहरु राहत लिनको लागि लालायित हुने दृश्य वास्तबमै असान्दर्भीक देखिन्छ । राहत सामाग्री वितरण गर्दै गर्दाको अवस्थामा कसैले त्यति धेरै सम्पन्न परिवारले राहत लिन धाउनु राम्रो हो र भन्दै गर्दा उनिहरुबाट हतारमा उत्तर आउछ हामी नेपाली हैन र ? सरकारले दिएको राहत खुशिका साथ दुईहातमा थापेर लिईन्छ ! तर वास्तबमा पछिल्लो समयमा सरकारी तहबाट भन्दा व्यक्ति साथै संघसंस्थाले राहत उपलब्ध गराउंदै आएको छ । सामान्य मध्यम बर्गकाहरुले पनि छाक टार्न नपाउनेहरुका लागि भनेर राहत उपलब्ध गराएको हुन्छ तर राहत उपलब्ध गराउने भन्दा राहत लिन लाईनमा बसेकाहरु धनाढ्य हुने दृश्यले राहत उपलब्ध गराउनेहरुको मन खिन्न भएको पाइन्छ । जसका कारण राहत उपलब्ध गराउन तयार रहनेहरुको मन मरेको छ । जसको असर विहान बेलुकिको छाक टार्न नपाउनेहरुमा पर्न गएको छ ।
कोरोनाको महांमारीको कारण जिवन धान्नै धौ धौ परेकाहरुको पहिचान गरी राहत वितरण गर्न आवश्यक रहन्छ । जस्ले राहत उपलब्ध गराउंछ उस्ले खान नपाएर एक छाकको भरमा बाँचिरहेको छ, उसको लागि अर्पण गरेको हुन्छ । राहत सामाग्री उपलब्ध गराउनेले मानव भएर अप्ठेरोमा परेका मानवलाई सघाउन अग्रसर रहेको हुन्छ । उसले कुनै बर्ग, जात, विचार हेरेको हुदैन तर वितरण गर्ने पक्षले निष्पक्षता साथै लक्षित बर्गको पहिचान गर्न नसक्दा राहत बितरणको नाउमा बिकृति फैलिएको छ । वास्तवमै राहत वितरण कार्यलाई पारदर्शिता गर्ने हो भने घरमा रहेको भकारीमा खाद्यान्न कुहियाउने, चक्रबर्ती व्याजमा ऋण लगानी गर्ने साथै मासिक रुपमा राम्रो तलव बुझ्ने र पेन्सन बुझ्नेहरु लगायतका धनाढ्यहरुले राहत लिएमा कारवाही गर्ने हो भने मात्रै ति खान नपाएर छटपटाई रहेका वास्तविक पिडित ले राहत पाउने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0