Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्वारेन्टाईलाई व्यवस्थित गर

प्रभातफेरी अनलाइन ३८२० पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
Post Thumbnail

बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण लाई फैलन नदिनको लागि क्वारेन्टाईनलाई व्यवस्थित गर्न जरुरी रहन्छ । रोजगारी तथा अध्ययनको लागि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने क्रममा आएका नेपालीहरुका कारण साथै भारतिय नागरिक लुकिछिपि नेपाल आउने क्रममा रोगको संक्रमन बढेको पाईन्छ । विदेशबाट स्वदेश फर्कनेहरुका कारण रोगको संक्रमण बढ्न नदिनको लागि क्वारेन्टाईको व्यवस्था गर्न जरुरी रहन्छ । क्वारेन्टाईनमा बस्नको लागि सुबिधा नभएको साथै संक्रमण हुने डरले गर्दा क्वरेन्टाईनमा बस्न रुचाउदैनन् ।
मुलुकका अधिकांश स्थानहरुमा क्वारेनटाईन कक्षको व्यवस्थापन गर्नको लागि विद्यालय रोजिएको छ । विद्यालयको कक्षा कोठामा बनाइएको क्वारेन्टाईन कक्षमा ५—७ जना सम्म राख्ने गरेको छ । जसले गर्दा समस्या समाधान हुनुको साटो जटिल समस्या निम्तन सक्ने प्रवल संभावना रहेको छ । विदेशबाट आएकाहरुलाई राखेको क्वारेन्टाईनमा धेरै जना हुंदा ति मध्य एकलाई संक्रमण भएको रिपोर्ट आउनासाथ सोही कोठामा रहेका अन्य समेत त्रसित हुने गरेका छन् । त्यतिमात्रै नभएर क्वारेन्टाईनमा बसेको ११÷१२ दिनको दिन एउटै कोठामा रहेका ५—७ जना मध्य १ जनाको पोजेटिभ देखिना साथ सोहि कोठामा रहेका अन्य समेत घरजान पाउने अवस्था बाट बञ्चित हुन्छ ।
एउटै कोठामा रहेका धेरै मध्ये एकजनालाई पोजेटिभ देखिएपछि सो कोठामा रहेका अन्यलाई पनि सर्ने संभावना रहन्छ । नेपालमा कोरोना संक्रमणको सुरुवाति देखि हाल सम्मको अवस्थालाई मध्यनजर राख्दा क्वारेन्टाईन कक्षमा बसेर घरगएकाहरु लाई रोग लागेको धेरै उदाहरणहरु रहेका छन् । क्वारेन्टाईन कक्षमा सामान्यतया १४ दिन बस्नुपर्नेमा एउटै कोठामा बसेका मध्य कसैलाई रोग देखा पर्दा बाध्यताबस थप बस्नुपर्ने अवस्था समेत आउने गरेको छ । जसले गर्दा क्वारेन्टाईनमा बस्नेहरुलाई पिडा हुनेमात्रै नभई आर्थिक व्ययभार समेत बढ्ने गरेको छ । सामान्यतया १४ दिन सम्म क्वारेन्टाईमा राखेर घरपठाउनु पर्नेमा पुन थप गर्नुपर्दा उसको खानपानमा आउने खर्च बड्नु स्वभाविकै हो । त्यतिमात्रै नभएर ठाउँको अभाव समेत हुने गरेको छ ।
आर्थिक व्ययभार कम गर्ने साथै कोरोनाको संक्रमणलाई फैलन नदिनको लागि पहिलो प्राथमिकता क्यारेन्टाईन कक्षलाई व्यवस्थि ढंगबाट व्यवस्था मिलाउन जरुरी रहन्छ । क्वारेनटाईनमा बस्नेहरुलाई समुहमा नभई छुट्टै छुट्टै वस्ने वातावरण मिलाउन जरुरी छ । विदेशबाट आएकाहरुलाई रोग देखा पर्ने क्रम बढेकोले एउटै कोठामा धेरैलाई राख्दा संक्रमन फैलने संभावना बढ्छ । कोरोना पोजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा राखेर उपचार गर्दा एउट कक्षमा एक भन्दा बढि राख्दा पनि खासै फक पर्दैन । संक्रमणको अवस्था हेरेर रोगको वर्ग छुट्याएर एउटै प्रकारको संक्रमण भएकाहरु धेरैलाई एउटै कोठामा राखेर उपचार गर्न जति सहज हुन्छ क्यारेन्टाईनमा एक भन्दा धेरैलाई राख्नु राम्रो होईन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0