Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्युत प्राधिकरणको लापर्वाही अन्त्य गर

प्रभातफेरी अनलाइन ६२१८ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ २२, मंगलबार (४ साल अघि)
Post Thumbnail

नेपाल विद्युत प्राधिकरणको कमजोरीले गर्दा सेवाग्राहीहरुले सास्ति मात्र पाएनन् जिवन गुमाउनु पर्नेको पनि संख्या पनि एक पछि अर्को गर्दै थपिदै छ । विद्युत प्रवाह भईरहेको तारहरु जमिनमा लत्रनै खोज्दापनि वास्ता नगर्दा कोशिपारी क्षेत्रमा दुईजनाले ज्यान गुमएको विदितै छ । पहाडि लोकमार्गसंग भएको सम्झौता अनुसार विद्युत प्राधिकारणले लापर्वाही गरी समयमा काम नगर्दा घटनाहरु घटेको हो । चौरीदेउराली गाउंपालिक अध्यक्ष दिनानाथ गौतमले पाँचखाल स्थित विद्युत प्राधिकरणको कार्यालयमा आएर कोशिपारी क्षेत्रमा विद्युतको तार खतराको अवस्थामा रहेकोले तत्काल सुधार्न अनुरोध गर्नुभएको थियो । तर प्राधिकरणले सुनुवाई नगर्दा हालैमात्रै एकको जन गएको छ । प्राधिकरणले सेवाग्राहीको समस्याको बिषयमा चासो दिनुको बदला आर्थिक फाईदाको मार्ग अवलम्बन गर्दा प्राधिकरण कर्मचारीबाट पिडित भएकाछन् जनताहरु ।
बर्षाको समयमा दिनमा १५ टपक सम्म बत्ति अउने जाने गर्दापनि खासै चासो देखाएको पाइन्न । कर्मचारीको व्यवहार जता काफल पाक्यो यतै चरी नाचीरहेको छ । कर्मचारीहरु कान्छि नानिकै पछि लाग्दा कान्छि नानि नचाउन नसक्नेहरु समस्यामा परेका छन् । अघोषित ढंगको लोडसेडिङ्गले गर्दा पाँचखाल र आशपासका स्थानियले निकै सास्ति खेप्दैछन् । दिनमा १८ पटक सम्म वत्ती जाँदापनि चुपचाप बस्नुको विकल्प छैन । समय समयमा भोल्टेज हाई आएर सेवाग्राहिहरुको विभिन्न उपकरणहरु समेत ध्वस्त भएका छन् । हिजो मात्रै करेन्ट लागेर पाँचखालमा एकजनाले ज्यान गुमाउनु परेको छ । यस्तो हुदा पनि मौन बस्दैछ प्राधिकरणका कर्मचारी । पाँचखाल प्राधिकरणका कर्मचारीले सार्नु पर्ने स्थानको पोल सार्न मान्दैनन् । तर हाईडेन्सिटि लाईन मुनि घर वनेका छन् । प्राधिकरणले त्यस्ता घरहरुका माथि भएको तारलाई आन्तरिक रुपमा चोचोमोचो मिलाएर सुटुक्ट सार्ने गरेका छन् ।
बनेपा, पनौती, खोपासी सडक विद्युत प्राधिकरणकै कारण दयनिय अवस्थामै छ । सडकमा रहेको पोल सार्नको लागि टेण्डर भईसकेको छ । एक बर्ष अगाडीनै टेण्डर भएपनि काम नहुदा उक्त सडक कालोपत्रै हुन सकेको छैन । जसका कारण दैनिक रुपमा हजारौ हजार जनताले सास्ति खेप्दै छन् । सडक समयमा कालोपत्रै हुन नसक्दा हिलाम्ले अवस्थामा छ । पुराना ग्राहकहरुको पोल ढलेमा केही चासो दिएर आर्थीक उपार्जनको लागि पुग्नेगरेपनि नयाँ ग्राहकहरुले सेवा लिन चाँहादा खासै चासो देखाएको पाइन्न । प्राधिकारणका कर्मचारीहरुको मनन्थितिमा नयाँपन आउन नसके सेवाग्राही र कर्मचारी विच सम्बन्ध थप चिसिदै जाने भएकोले समयमै सचेत हुंदै प्राधिकारण कर्मचारीले गर्दै आएको लापर्वाहिको अन्त्य गर्नु पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0