Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनियमितताको अखडा बन्दै विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र

प्रभातफेरी अनलाइन १४६२११ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)
अनियमितताको अखडा बन्दै विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र

बनेपा । धरासायी भएको विद्युत् प्राधिकरणलाई नाफाको पनि चरम उत्कर्षमा पु¥याएर बहिर्गमनको शिकार हुन पुगेका कुलमानलाई यतिखेर नेपाल विद्युत् प्राधिकरणका ग्राहकदेखि इमान्दार कर्मचारीहरुले पलपल सम्झिरहेको प्राधिकरणका कर्मचारी निकट स्रोतले बताएको छ ।
जब कुलमानको बहिर्गमन भयो, त्यहिँबाट फेरि अनियमितताका ज्वारभाटाहरु सल्बलाउन थालेको सहजै अनुमान गर्न सकिन्छ । जसको पछिल्लो उदाहरण नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपा शाखा बन्न पुगेको छ । कमिशनको चक्करमा गुणस्तरहिन सामानको प्रयोग हुँदा अप्रिय घटनाहरु दिनप्रति दिन घट्न पुगेका छन् । पछिल्लो समयमा जति पनि विद्युत्सँग सम्बन्धित दुर्घटनाहरु भएका छन्, त्यसमा गुणस्तरहिन सामानकै कारण विपद् आइपरेको यथार्थ रहेको स्रोतको दाबी छ । यसको चुरो भनेकै कार्यालय प्रमुख, बनेपा नो लाइट इन्जिनियर र स्टोप किपरबिचको साँठगाँठलाई लिन सकिन्छ ।
कार्यालय प्रमुख सरुवा भई आएर पदभार ग्रहण गर्नु पूर्व सबैभन्दा पहिला कुन शीर्षकमा कति बजेट छ भनेर खोतल्ने काम भयो । यसले पनि कार्यालय प्रमुखको नियतमाथि प्रश्न उठ्नु नौलो होइन, उसको नियतबारे थप भनिराख्नु पर्दैन भन्छ स्रोत । मन्त्री परिषद्को निर्णय बेगर चलाउन नहुने काम रातारात सल्टिन्छ भने भन्नुस्, त्यहाँ के आर्थिक चलखेल भएनन् ? जब कि सिंगल फेजको पोल सार्नलाई जनताले वर्षाैं धाउँदा पनि हुन्न । त्यहाँ ११ हजार भोल्टेजको पोल र तार रातारात नै बाटै परिवर्तन गरिन्छ । यसबाट प्रष्ट हुन्छ, बनेपा शाखामा के भइरहेको छ ! अझ अर्काे, सर्वसाधारणले रुख–रुखबाट तार तानेर राज्यलाई राजश्व तिरिरहेका छन् । त्यो अवस्थामा लाइन सुधार गरिदिनुस् भन्दा चासो दिइन्न तर भू–माफियाले विधि प्रक्रिया पूरा गर्नुपर्दैन ! एक कल फोनकै भरमा जग्गा प्लटिङ्गमा सहजै विद्युतीकरण हुन्छ । यसबारे तपाईं आफैंले देख्नुभएको, भोग्नुभएको छ भन्छ स्रोत ।
स्रोतको दाबी छ, अझ सबैभन्दा अनियमितता त गाडी मर्मत, सम्भारका नाममा भएको छ । उदाहरणका लागि बजारमा ५ रुपैयाँ पर्ने कुनै सामानको बिल ५ सय देखि १ हजारसम्म बनेका घटनाहरु त सार्वजनिक नभएका होइनन् । त्यस्तै मजदुर, कर्मचारीहरुका लागि प्रयोग हुने सेफ्टी बुट वा सुरक्षा कवचमा मनोमानी ढंगको बिल अनुमोदन भएका छन् । ९ सय पर्ने सामानको ९ हजारसम्मको बिल बनाएको तथ्य आर्थिक प्रशासनमा पक्कै भेटिनुपर्छ । यस किसिमका अनियमितता हुँदा पनि कुनै निकायले चासो दिएको पाइँदैन । लाग्छ, यो मुलुक “निराजुकै मुलुक” रहेछ भन्ने बल्ल महसुस हुन लागेको छ भन्छन् पिडित कर्मचारीहरु ।
अनियमितता गर्न हुन्न ! राम्रो काम गर्नुपर्छ भन्ने राष्ट्र सेवक कर्मचारीहरुको मनोबल गिराउने काम कार्यालय प्रमुखबाटै हुँदै आएको छ । जो कमिशनमा लिप्त छ, उसैलाई काखी च्याप्दै इमान्दार, कर्मठशील कर्मचारीहरुलाई मनोवैज्ञानिक हिसाबबाट तनाव दिने मात्र काम भएको छैन त्यस्ता इमान्दार कर्मचारीहरुलाई लाखापाखा लगाउने काम समेत भएको स्रोतको दाबी छ । अनियमितताको पनि हद हुन्छ, काममा जाँदा गाडी दुर्घटना हुन्छ, त्यसको सम्पूर्ण खर्च स्वयं चालकलाई तिर्न बाध्य बनाइन्छ तर सोही शीर्षकमा भित्रभित्रै बिल मिलान गर्ने काम समेत भएको पिडितले बताएका छन् । जनताको काममा जान गाडी पाइँदैन तर प्रमुखलाई विलासितामा झुम्नको लागि गाडी सधैं हुन्छ, जो प्राधिकरणको नियम विपरित छ । तर कसले सुनिदिने ! यस्तो अवस्थामा हामीले कसरी काम गर्न सक्छौं ? भन्नुस् त भन्दै प्रतिप्रश्न गर्छन् पिडित कर्मचारीहरु । हाकिमको मनोमानी ढंगले काज सरुवा हुन्छ । विभागीय सरुवा भएकाहरुलाई थमौती गरिन्छ । यो सबै कमिशनको खेल र विद्युत् प्राधिकरणलाई जनताको नजरमा अलोकप्रिय बनाउने रणनीति भन्दा अरु केही नभएको पिडित कर्मचारीहरुको गुनासो छ ।
यो समाचार आएपछि पनि हामीमाथि दबाब नआउलान् भन्न सक्दैनौं । कार्यालय प्रमुख माधवेन्द्र यादव, इन्जिनियर सुनिल यादव र स्टोर किपर हरिनारायण चौधरी, यि तीन चम्काले एउटा गल्ती छोप्न अर्काे गल्ती नगर्लान् भन्न सकिन्नँ । यो उनीहरुको परम्परा नै भएको छ । यस किसिमको गतिविधि देख्दा विद्युत् प्राधिकरण फेरि पहिल्यैकै अवस्थमा नपुग्ला भन्न सकिन्न भन्छ स्रोत ।
स्मरण रहोस्, यो पंक्तिकारले पनि विद्युत् प्राधिकरणलाई नोक्सान पुग्नु भनेको आफ्नै रगत, पसिनामाथिको शोषण हुनु हो भन्ने महसुस गरेर पटक–पटक आइपर्ने घटनाक्रमलाई सचेत नगराएको होइन तर त्यो आग्रहलाई गम्भीर रुपमा नलिई दिँदा अन्ततः अप्रिय घटना घट्यो भन्दा पनि हुन्छ । त्यसबाट प्राधिकरणलाई लाखौंको नोक्सान पनि पु¥यायो । त्यतिबेला ८ वटा पोल, ६ मिटर नाङ्गो तार र त्यसका लागि आवश्यक पर्ने अन्य सामग्रीहरुको मेमो बन्यो, घटनास्थलमा ८ वटा पोल पुग्यो तर त्यहाँ २ वटा पोल मात्र प्रयोग भए । बाँकी ६ वटा पोल र ६ सय मिटर नाङ्गो तारको अतोपत्तो छैन । यसले पनि मिलेमतोमा कति अनियमितता हुँदो रहेछ भन्ने तथ्य पुष्टि गर्दछ । यस किसिमका गतिविधिले पनि प्राधिकरणको छविमा प्रश्न चिह्न उठाएको छ ।
यि तमाम् आरोपहरुका बारेमा नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपा शाखाका प्रमुख यादवसँग जिज्ञासा राख्दा यि कुनै पनि आरोपहरु तथ्यपरक छैनन् । आरोप लगाउन सकिन्छ, यसमा तुक हुनुपर्छ । असहमति हुन सक्ला तर आरोपले कुनै अर्थ राख्दैन । आफू कार्यालयमा हाजिर हुन आउँदा कार्यालय अस्तव्यस्त अवस्थामा थियो, जसलाई व्यवस्थित गर्न केही कदमहरु चालिएको हो । त्यो क्रममा त्यस्ता अनियमिततामा रम्नेहरुलाई आँच पुगेको हुन सक्ला तर आफूले कुनै किसिमको अनियमितता नगरेको प्रमुख यादवले जिकिर गर्दै बाँकी कुरा सूचना अधिकृतसँग सम्पर्क गराउँछु भन्दै फोन राख्ने हतारमा पुगे तर सूचना अधिकृतले पंक्तिकारलाई सम्पर्क गर्न मनासिव देखेनछन् ।
हेक्का रहोस्, बनेपा– पनौती– खोपासी सडकको यो दुर्दशा निम्त्याउन पनि प्राधिकरण जिम्मेवार रहेको सरोकारवालाहरुको ठम्याई छ । यदि विद्युत् प्राधिकरणले टेण्डर सम्झौता बमोजिम समयमै काम गरिदिएको भए ढिलामा वैशाखमै सडकको काम सम्पन्न हुने निर्माण कम्पनीसँग सरोकार राख्ने व्यक्तिहरुले गुनासो गरेका छन् । जसका कारण आज प्रत्येक नागरिकको आँखामा हामी दोषी हुन पुगेका छौं भन्दै गुनासो पोख्छन् निर्माणसँग सरोकार राख्ने व्यक्ति ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0