Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनप्रतिनिधिको कर्तव्य जनताको सेवा गर्नु हो, कर्मचारीको वकालत गर्ने होईन

प्रभातफेरी अनलाइन ४९१३ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)
Post Thumbnail

जनप्रतिनिधिको कर्तव्य जनताको सेवा गर्नु हजनताबाट निर्वाचित जनप्रतीनिधिहरु भनेको जनताको समस्यामा साथ दिनको लागि चुनिएको हो । मुलुकमा आमुल परिवर्तनको खातिर चलेको द्वन्दका कारण १६ बर्षसम्म स्थानिय तहले जनप्रतीनिधिहरु पाएन । जसका कारण अनताहरुको समस्या सामाधानको लागि नीकै कठिन भयो । लामो समयपछि नेपाली जनताले पुर्ण अधिकार सहितको जनप्रतीनिधि पाउंदा निकै खुसियाली मनाए । सिंहदरवारको अधिकार गाउंमै आउंदै गर्दा नेतृत्व सम्हाल्न आएका जनप्रतीनिधिहरुबाट जनताले ठुलो आशा राख्नु अस्वभाबिक होईन । वास्तबमै जनप्रनीधिको कारण जनताको हरेक समस्या सहजढंगबाट समाधान हुदै आएको छ । विकास निर्माणको कार्यमा निकै ठुलो योगदान पुर्याएका छन् । सिंहदरवारको अधिकार गाउंमै आएको पहिलो कार्य सम्पादनमा विभिन्न खाले समस्या झेल्दै जनताको स्थानिय तहको हितको लागि जनप्रतीनिधिहरुले निकै ठुलो त्याग गरेको छ ।
जनताले निकै लामो समयपछि पाएका जनप्रतीनिधिहरुको कार्यकाल करिव सकिनै लागेको छ । चार बर्ष सम्म जनतामा घुलमिल गर्दै गरेको सफल साथै ऐतिहासिक कार्यको साख जोगाउने समय यो अन्तिम बर्षले गर्छ । विगतका बर्षहरुमा आफुले गरेका राम्रा कार्यहरुको मुल्यांकन गर्दै अन्तिम बर्षमा पनि सोही ढंगले अगाडी बढ्न जरुरी छ । स्थानिय तहको निर्वाचन नजिकदै गरेको भन्दै जनताको काममा पक्षपाति ढंगको व्यवहार भयो भने विगत चार बर्षको योगदान सखाप हुन्छ । विगतमा दलगत विचारबाट माथि उठेर जसरी निश्पक्ष्य ढंगबाट कार्य गरेको थियो त्यसैलाई निरन्तरता दिन सकेमा मात्रै आगामी दिनहरुमा पनि आम जनताले सकारात्मक ढंगबाट सघाउनेमा कुनै शंका रहन्न ।
स्थानिय तहमा धेरै कार्यालयहरु हुन्छन्, कुन कार्यालयबाट जनतालाई कस्तो सेवा दिएको छ भन्ने बिषयमा नियाल्नु अति आवश्यक हुन्छ । स्थानिय तहमा रहेका विद्युत, खानेपानी, बैंक, सहकारी, प्रहरी प्रशासन, सामुदायिक विद्यालय, संस्थागत विद्यालय, दुरसंचार, बिभिन्न एनजिओ आईएनजिओ लगाएतले जनतालाई के केसरी कुन ढंगबाट सेवा दिदैछन् भन्ने बिषयमा नियाल्नु जरुरी रहन्छ । यस्ता कार्यालयहरुले जनतालाई के कस्तो ढंगबाट सेवा दिएका छन् भनि मसिनो ढंगबाट अध्ययन नगरी जनप्रतीनिधिहरुको छेउछाउमा चाकडी चाप्लुसी गरेकै आधारमा काखि च्याप्ने कार्य सकारात्मक हैन । पछिल्लो समयमा आएर विद्युत प्राधिकरणले सेवाग्राहिहरुको मन जित्न सकेको छैन । त्यसैगरी दुरसंञ्चार प्रतिपनि सेवाग्राहीहरु खुसि छैनन् ।
स्थानिय तहका जनताले भोगेका समस्याहरुको बिषयमा जनप्रतीनिधिहरु चनाखो हुनु जरुरी रहन्छ । जनताहरुले लिने सेवामा कतिपय कर्मचारीहरु आर्थिक मुखि साथै गैह्र कानुनी ढंगबाट अगाडी बढेका गुनासाहरु रहेका छन् सेवाग्राहीको । आफु जोगिनको लागि अरु कसैको नाउमा रकम जम्मा गराएर आर्थिक असुल्ने गरेको धेरै उदाहरणहरु रहेका छन् । यस्तो अवस्थामा जनप्रतीनिधिहरुले जनताको समस्याको बिषयमा ध्यान दिन जरुरी रहन्छ । तर कतिपय जनप्रतीनिधिहरुले त्यस्ता कर्मचारीहरुकै पक्ष लिने गरेको पाईन्छ । जनताको हित विपरित कार्य गर्ने गराउने कर्मचारीहरुको पक्षमा वकालत गर्नुको पछाडी केही रहस्य हुन सक्छ । पहिलोत अन्जानको आधारमा र अर्को चाकडीको आधार त्यस्तै उनीहरुको कार्यसंपादनको अध्ययन नहुनु र जनताको आवाजलाई वास्ता नगर्नु । त्यसैले जनताको हितमा कार्य नगर्ने कर्मचारीको पक्षमा जनप्रतीनिधिले वकालत गर्नु राम्रो होइन ।ो, कर्मचारीको वकालत गर्ने होईन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0