Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सम्बन्ध

प्रभातफेरी अनलाइन ६९८५ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)
सम्बन्ध

सजना गोले, काभ्रेपलाञ्चोक

मैले आकाशलाई हेरिरहेँ
सोचे यति फराकिलो चिज अरु के होला !!
फेरि एक पट्क आफू माथिको पहाडलाई हेरेँ
कसरी निर्धक्क उभिएर बस्न सकेको होला
त्यो पहाड !!!

र आफू बाँचेको भूगोल हेरेँ
ओहो !! यहाँ कसरी बाँधेको होला
सम्बन्धको घेरो
कस्तो होला सम्बन्ध बाँधिने विश्वासको धागो
कस्तो होला सम्बन्ध सिउनी त्यो सियो
बनाएकै छैन सायद आज सम्म दुनियाँले

यहाँ त सबन्ध जोड्ने तोड्ने
अझ भनौ
सम्बन्धकै बेचबिखन हुने यो शहरमा
मैले सम्बन्धको परिभाषा खोज्नु भनेको
गुलेलीले आकाशको तारालाई ताक्नु जस्तै हो

जब ठोकिन्छ कसैको आवाज हृदयमा
मुटुमा पसारिन्छ शब्दहरू
अनि सम्झिँदो रहेछ सम्बन्ध
तोकिदिदो रहेछ यहाँनेर सम्बन्धको सिमा
न त भत्काउन मिल्ने
त चिन्नै मिल्ने

सम्बन्ध सिलाई रहनु त्यति सजिलो कहाँ छ र
विवेकले सियौ भने
मैले बुझेको आकाश भन्दा फराकिलो त्यही हुनेछ
त्यसै उभिएको होइन त्यो पहाड
उ भित्र सम्बन्धको गाढा रंग पोतिएको छ
अझ भनौ सम्बन्धमा प्रेम होइन विश्वास हुनुपर्छ

अब यति हेक्का राख्नु प्रिय !!
प्रेम र सम्बन्धको तादात्मयता मिलाउन सक्यौ भने
विश्वासको धागो कहिले पुरानो हुँदैन
कुनै रङ मिसिएको हुँदैन
न म्याद नै सकिन्छ
न त मक्किएर जाने डर

जसरी बालियो हुन्छ
हृदयका धागोहरू
उसरी नै टिकिरहन्छ
जीवनको एक फेहरिस्त
एउटा जीवन्त सम्बन्धहरू ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0