Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“ठिक बेला ठिक ठाउँमा उपयुक्त सेवा दिन चुकेनौं, यो नै सफलताको राज हो” ः डा. माकजु

प्रभातफेरी अनलाइन ७९६९ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १९, मंगलबार (४ साल अघि)
“ठिक बेला ठिक ठाउँमा उपयुक्त सेवा दिन चुकेनौं, यो नै सफलताको राज हो” ः डा. माकजु

काभ्रे । जुलाई २९ लाई कोभिड डेका रुपमा मनाउने क्रममा धुलिखेल अस्पतालको सभाकक्षामा उपस्थित दिग्गज व्यक्तित्व एवं सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले कोभिड–१९ का विरुद्ध उत्कृष्ट कार्य सम्पादन गरेबापत राष्ट्रपतिद्वारा गरिएको सम्मानमा आफ्नो कुनै हक नलाग्ने नितान्त काभ्रेली त्यसमा पनि धुलिखेल अस्पतालको हक रहेको स्मरण गराउनुहुँदै म सम्मानित भएको होइन, त्यो सम्मानबाट काभ्रे सम्मानित भएको बताउनुभएको छ ।
कोरोनाका २ वर्ष धुलिखेल अस्पतालले मुलुककै नमूनायोग्य काम गरेर देखाएको चर्चा गर्नुहुँदै यो सबै सहकार्यको नमूना भएको समेत अभिव्यक्ति दिँदै धुलिखेल अस्पतालले स्वास्थ्यको क्षेत्रमा जुन किसिमको योगदान पु¥याएको छ, त्यसका बारेमा चर्चा गर्ने कुनै शब्दहरु नरहेको डा. झा को कथन थियो । आफ्नो आगमनको सुरुवातीमा डेंगुले आक्रान्त पार्नै लाग्दा त्यसलाई ओझेल पार्दै कोरोनाले आधिपत्य जमाउँदै दोस्रो लहरसम्म आइपुग्दा धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिका अनुकरणीय छ । हामीले कोरोना नियन्त्रणका लागि जुन सोचको विकास गरियो त्यो नेपालमै पहिलो भयो । तत्पश्चात् मात्र स्वास्थ्य मन्त्रालय लगायतका सरोकारवाला निकायको ध्यान गयो आइसोलेसनमा । त्यसैले पनि कोभिड नियन्त्रणको अभियानमा काभे्रको धुलिखेल अस्पतालको अग्रणी भूमिका छ । धुलिखेल अस्पतालले सेवाकै कुरा गर्ने हो भने सिंगो मुलुक समेटेको छ । सोलु, रौतहट हुँदै कर्णालीसम्मका जनतालाई महामारीको अवस्थामा मलमपट्टि लगाएको छ । यहाँसम्म की डाक्टरसाबहरुको लगनशीलता र व्यवहार अनि बोली, जुन बोली जति नै संकट आइपरे पनि चिन्ता नलिनुस् हामी व्हिलचियरमा राखेर भएपनि उपचार गर्छाैं भनेको शब्द मेरा लागि अमृतवान् बनेर गडेको डा. झाले कार्यक्रममा भावुकताका साथ राख्नुभएको थियो ।
सम्बोधनकै क्रममा डा. झाको थप कथन थियो– धुलिखेल अस्पताललाई सफल बनाउन पर्दा पछाडिका हिरोहरुको महत्वपूर्ण भूमिका छ । त्यसैले उहाँहरुको योगदानलाई अस्पतालले उच्च सम्मान गर्नेछ भन्ने विश्वास आफूले राखेको समेत कार्यक्रममा खुलासा गर्न डा. झा पछि पर्नुभएन ।
उक्त समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको तर्क थियो– कोभिडले विज्ञानलाई नै चुनौती दिने किसिमले प्रस्तुत भएको स्मरण गराउनुहुँदै यो अवस्थामा धुलिखेल अस्पतालले खेलेको भूमिका अनुकरणीय सावित भएको छ । यथार्थमा भन्ने हो भने कोभिड–१९ ले विज्ञानलाई आच्छु–आच्छु बनाएकै हो । यो अवस्थामा सरोकारवाला पक्षले जुन किसिमको भूमिका निर्वाह गर्नुभयो, त्यो चर्चा गर्न लायक छ । जसको प्रतिबिम्ब बनेर धुलिखेल अस्पताल अगाडि आएको छ । विज्ञहरुसँग जति ज्ञान केही गरे पनि अरुको हुन सक्दैन । त्यसैले अर्ध सूचना घातक भनिएको हो । जो कोहिले स्वास्थ्यको बारेमा डाक्टरमाथि भरोसा गर्नुको विकल्प छैन र विकल्प थिएन पनि भन्नुहुँदै प्रजिअ पोखरेलले धुलिखेल अस्पताल नेपालको परिप्रेक्ष्यमा यो महामारीमा अग्रदस्तामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सावित भएको छ । आगामी यात्रा स्वास्थ्यको क्षेत्रमा आफूलाई अझै उच्च अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्नसक्ने विश्वास आफूले राखेको पोखरेलले बताउनुभएको थियो ।


कार्यक्रममा धुलिखेल अस्पतालका प्रमुख डा. रामकण्ठ माकजु श्रेष्ठले समिक्षा कार्यक्रममा उठेका जिज्ञासाहरु मेटाउने क्रममा कोभिड डे किन र के का लागि भन्ने सवाल मेटाउँदै धुलिखेल अस्पतालले किन कोभिड डे मनाउने प्रयास ग¥यो भन्ने सवाल उठ्नु नौलो होइन तर यसले नेपाली जनहरुमा निकै ठूलो तरङ्ग छोडेर गएको छ । इतिहासमा कहिल्यै नमेटिने चोटहरु दिएर गएको छ । जति नै मलमपट्टि गरेपनि खाटा नलाग्ने घाउहरु लगाएर गएको छ । यो अवस्थामा सक्दो दियौं, केही गुमायौं । मन मष्तिष्क र ज्ञानलाई हत्केलामा राखेर महामारी विरुद्धको लडाईंमा होमियौं, अझै पनि लडाईं सकिएको छैन । फेरि पनि हामी प्रत्येक सरोकारवाला निकायले सावधानी अपनाउ चुक्यौं भने स्थिति झनै जटिल र भयावह बन्न सक्छ । तसर्थ, महामारीका विरुद्ध लड्न सहयोगी हातहरुको त्यतिकै खाँचो छ, जो हिजो थियो । आज कोभिड डे त्यतिकै स्मरण गरिएको होइन । आगामी यात्रा झनै कठिन छ भन्नका लागि जोडिएको भन्नुहुँदै डा. माकजुको थप कथन थियो– ठिक बेला ठिक ठाउँमा उपयुक्त सेवा दिन चुकेनौं, यो नै सफलताको राज हो । राज्यले स्वास्थ्यको क्षेत्रमा ल्याएको विधि र नीतिलाई आ–आफ्नो तह र तप्काबाट नीतिगत कार्यान्वयन गर्नु प्रत्येक स्वास्थ्य निकायको दायित्व रहेको स्मरण गराउँदै आउँदा दिनका बारेमा प्रत्येक नागरिक सचेत रहन पनि आग्रह गर्नुभएको थियो ।


त्यस्तै काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजुको तर्क थियो– कल्पना नगरिएको कुराले उग्र रुप लिनु नै महामारी हो भन्दा फरक पर्दैन । यात्राका २५ बसन्तमा धुलिखेल अस्पतालले सधैंजसो महामारीमै बिताएको स्मरण गर्नुहुँदै यस किसिमका घटनाबाट पाठ सिक्दै आगामी यात्रालाई सहज बनाउन तर्फ लाग्नु नै धुलिखेल अस्पतालको गुण भएको बताउनुभएको छ । धुलिखेल अस्पताल सफल हुनुका पछाडि प्रत्येक घटनालाई शिक्षाका रुपमा लिने र त्यसका विरुद्ध कसरी सफलता प्राप्त गर्न सकिन्छ भनेर सामूहिकतामा विश्वास गर्ने भएकै कारण आज यहाँहरुको चर्चाको शिखरमा पुगेको छ । जसले आज आफ्नो पहिचान दियो । तसर्थ पनि स्वास्थ्य क्षेत्रमा आइपर्ने कुनै पनि चुनौतीको सामना गर्नु धुलिखेल अस्पतालको पहिचान हो ।
जहाँ इच्छा त्यहाँ उपाय भनेझैं धुलिखेल अस्पतालले शुभारम्भमा खेपेका स्मरणयोग्य चुनौतीका बारेमा जति नै चर्चा गरेपनि अपुग रहने डा. कोजुको भनाइ छ । यात्राका २५ बसन्तमा अनुत्तरित अनगिन्ती प्रश्नहरु खडा नभएका होइनन् । ति चुनौतीहरुलाई चिर्दै समाधान गर्दै जानु सामान्य थिएन नै । पत्रकारकै पनि दर्जनौं प्रश्नहरुको जवाफ अझै दिन बाँकी होलान् । अस्पतालले प्रदान गर्ने सेवा सुविधाका सवालमा जति गुनासाहरु आएका छन्, त्यति नै सेवा गुणस्तरीय हुन पुगेको छ । हुन त काम गर्ने सवालमा छिटफुट कमीकमजोरी भएनन् होला भन्न सकिन्न तर पनि त्यस किसिमका कमी कमजोरीबाट पाठ सिक्दै अबका दिनमा फेरि ति कमजोरीहरु नदोहोरिउन् भन्ने प्रतिबद्धता समेत डा. कोजुले कार्यक्रममा व्यक्त गर्न पुग्नुभएको थियो ।
उक्त समिक्षा कार्यक्रममा डा. रामबहादुर गुरुङ, डा. शिवओम चौरसिया, डा. आभा श्रेष्ठ, डा. दिपेश ताम्राकार, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, सूचना अधिकारी दिपेन पोखरेल, परिचारिका अनिशा न्यौपाने, रेसिडेन्ट पारामेडिक्स सृजेश पराजुली र परिचारिका रश्मी महर्जनले कोभिड डे र कोरोनाका बारेमा आ–आफ्नो अनुभव राख्नुभएको थियो ।
कार्यक्रमको पूर्व सन्ध्यामा अस्पतालका प्रमुखहरु र कर्मचारी बिचमा समिक्षा गरिएको थियो भने सम्बन्धित विभागीय प्रमुखद्वारा उक्त अवसरमा आ–आफ्ना विभागका रिपोर्टिङ समेत गर्नुभएको थियो । उक्त समिक्षा कार्यक्रममा कोभिडका १ वर्ष नामक वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0