Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कम्युनिष्ट आन्दोलनमा सहकार्यको विकल्प हुँदैन ः नेता लालध्वज

प्रभातफेरी अनलाइन ६३९६ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २७, बुधबार (४ साल अघि)
कम्युनिष्ट आन्दोलनमा सहकार्यको विकल्प हुँदैन ः नेता लालध्वज

काभ्रे चापखोला । नेकपा माओवादी केन्द्रको केन्द्रीय सर्कुलर अनुसार श्रावण मसान्तभित्र स्थानीय पार्टी कमिटी पुनर्गठन गरिसक्नुपर्ने प्रावधान अनुसार शनिबार दर्जनौं वडा कमिटीहरु पुनर्गठन भएका छन् ।
सोही क्रममा काभ्रेको चापखोला जुन जनयुद्धकालको आधार इलाकाको रुपमा आज पनि परिचित छ । त्यहीँ आइपुग्नुभएका माओवादी केन्द्रका प्रखर वक्ता केन्द्रीय सदस्य सूर्यमान दोङ (लालध्वज) ले अब पार्टीलाई नयाँ चिराबाट उठाउनुको विकल्प छैन । त्यसका लागि कम्युनिष्ट पार्टीको मात्र नभई वामपन्थीहरुसँगको सहकार्य अपरिहार्य छ । मुलुकमा जुन घटना घट्यो, त्यसपछि माओवादीलाई जनताले आफ्नो भरोसाको रुपमा हेरेका छन् । माओवादीका प्रत्येक गतिविधिका बारेमा नेपाली जनताले सूक्ष्म ढंगबाट अध्ययन सुरु गरेका छन् । त्यसैले अब माओवादीले लिने प्रत्येक गतिविधि जनतासँग जोडिएको हुन जरुरी छ । जनयुद्धको पृष्ठभूमि बोकेको यो चापखोला जसले आफ्नो भूमिगत कालमा राजधानी केन्द्रित सेल्टरको रुपमा साधन बन्यो । तसर्थ पनि यो भूमिप्रति अन्य भूमिको दाँजोमा अझ बढी लगाव हुनु स्वभाविक हो । यहाँ विचारको सेल्टर थियो, आन्दोलनको सेल्टर थियो, साँस्कृतिक र बहुआयामिक योजनाको सेल्टर थियो । यहाँका भिर, पाखा–पखेरा देखि घर कटेरा अनि आमाबुबा, दाजुभाइ, दिदीबहिनीसँग माओवादीको गहिरो नाता जोडिएको छ । यति हुँदाहुँदै पनि बाघको छालामा स्यालको रजाइँ हुनु दुर्भाग्य हो ।
जनयुद्धबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नु पार्टीको दायित्व मात्र थिएन । जुन उद्देश्यसहित यो मुलुकलाई स्थिरतातर्फ लग्नका लागि नेपाली जनताले मत दिएका थिए, त्यसको अवमूल्यन ओलिजीले गर्नुभयो । इतिहासमा पनि नेपाली जनताले यो गल्तीलाई क्षमा दिने छैनन् । जुन प्रयत्नले एकता गरेर अगाडि गएका थियौं, त्यसलाई धुजाधुजा पार्ने काम ओलिजीले गर्नुभयो । घर झगडालाई लिएर पार्टीलाई सिध्याउने काम भयो । त्यसबाट पार्टी बचाउन ठूलो संघर्ष माओवादीले ग¥यो तर उहाँहरुको आन्तरिक किचलोको कारण मुक्तिकामी जनताका आशा र भरोसामाथि बज्रपात हुन पुग्यो । त्यो नेपाली जनतामा मात्र सीमित थिएन, माओवादीको एजेण्डा तुहाउने खेलमा विदेशी शक्तिको पनि चलखेल थियो । जसका कारण आज मुलुक राजनीतिक रुपमा दयनीय अवस्थामा पुगेको नेता लालध्वजले टिप्पणी गर्नुहुँदै जुन दिन कम्युनिष्टहरु बिचको एकता घोषणा भयो, त्यहीँबाट एकता तुहाउने षड्यन्त्र सुरु भएको तथ्य उहाँहरुका गतिविधिले पुष्टि गर्दछ ।
हुन त नेकपा एमालेभित्रको प्रवृत्तिका बारेमा माओवादी जानकार नभएको होइन तर समयचक्रसँग अब त त्यस किसिमको गल्ती गर्दैन कि भन्ने सोचेर विश्व इतिहासमा कम्युनिष्टहरुको इतिहास सुनौलो अक्षरले लेख्ने र समाजवाद उन्मुख अग्रसर हुने योजना सहित एकताको ढोका खोलिएको थियो । प्रतिक्रियावादी र साम्राज्यवाद अनि विस्तारवादीहरुलाई त्यो पाच्य थिएन, जसका कारण एकताले मूर्त रुप लिन नपाउँदै भत्किन पुग्यो । फेरि पनि माओवादी केन्द्र यसबाट पाठ सिकेर विश्व कम्युनिष्ट आन्दोलनमा नेपालीहरुको योगदानलाई सुनौला अक्षरले लेख्ने सपना बोकेर अगाडि बढेको छ । त्यसका लागि निरन्तर प्रयास गरिरहन्छ । फेरि पनि यो मुलुकमा एकीकृत कम्युनिष्ट पार्टी बनाएरै छाड्ने अठोट नेता लालध्वजले कार्यक्रममा खुलासा गर्नुभएको छ ।
जुनसुकै हदकण्डा अपनाएर भएपनि कम्युनिष्ट एकतालाई अगाडि बढाउने योजना सहित माओवादी जनताको माझमा फर्किएको छ । नेपाली जनताको चाहना मर्न दिने छैन, यो माओवादीको प्रतिबद्धता हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ । एमाले र माओवादीलाई जुन किसिमको हदकण्डा अपनाएर साम्राज्यवादी दलालहरुले छुट्याइदिएका छन्, व्यवहारिक रुपमा त्यो छुटिएको छैन र छुटिँदा पनि छुट्टिँदैन । त्यसैले कठिन यात्रामा अवरोध त आइहाल्छ नि, त्यो स्वभाविक पनि हो । त्यसबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प पनि माओवादीमा छैन । माओवादीले उद्घोष गरेको समाजवाद नै हो त ! त्यहाँ पुग्न तत्काल सक्षम छैन भन्ने त थाहा छ नि, त्यसै दुई पाइला अगाडि एक पाइला पछाडि गर्दै लक्ष्य प्राप्त गर्नुछ । यो अभियानमा माओवादी एकपटक चुक्यो, अब यो गल्ती हुन दिने छैनौं । नेपाली जनताको आशा र भरोसा मर्न दिने छैन । माओवादी विचार हो, सिद्धान्त हो, साँस्कृतिक हो, आन्दोलन हो, कार्यदिशा हो । परिस्थिति अनुसार आफूलाई रुपान्तरण गर्ने हैसियत माओवादीले राख्दछ तर एमाले ओलि यात्राविहिनको अहंकार हो । उसले बोकेको अहंकारकै कारण आज कम्युनिष्ट आस्थामाथि चोट पुगेको छ । त्यो चोटमा मलमपट्टि लगाउने जिम्मेवारी माओवादीको काँधमा आएको छ । विगतमा जालीझेलीहरुले माओवादीलाई फसाउने काम भयो । माओवादी कहाँ–कहाँ चुक्यो ? गम्भीर समिक्षा गर्दै अगाडि बढ्नुको विकल्प माओवादीसँग नभएको नेता लालध्वजको कथन थियो ।
प्रशिक्षण कार्यक्रममा उठेका जिज्ञासा र आरोपहरुलाई सम्बोधन गर्ने क्रममा नेता लालध्वजको थप कथन थियो– समाजवादी क्रान्तिको बाटोमा भिम न्यौपानेजस्ता व्यक्तित्वहरुको आवश्यकता पर्दछ । त्यसैले त्यस्ता निष्ठावान् व्यक्तिहरुलाई सँगसँगै लैजानका लागि माओवादी हदैसम्मको लचिलो हुन तयार छ । जसको हृदयमा छलछाम, जालझेल छैन त्यो कम्युनिष्ट हुनसक्छ । जसको उदाहरण पनौती नगर प्रमुख भिम न्यौपानेलाई लिन सक्छौं । एमाले हो तर उहाँ निष्ठावान् कम्युनिष्ट पनि हो । त्यस्ता व्यक्तिप्रति माओवादी सधैं उदार रुपमा प्रस्तुत हुन्छ । जसको उपस्थितिबिना समाजवादी क्रान्ति अधुरो हुनपुग्छ । त्यस्ता प्रतिष्ठित, इमान्दार लाखौं लाख कार्यकर्ता एमालेमा अझै पनि भुलवस् रहनुभएको छ । उहाँहरुलाई गोलबन्द गर्ने दायित्व पनि माओवादीकै भएको हुँदा एमाले भनेर पनि हुँदैन । त्यहाँभित्र निष्ठावान् व्यक्तित्वहरु हुनुहुन्छ, जो बिना समाजवादी यात्रा अधुरो रहन्छ ।


झुटको खेतीमा जीवन देख्नेहरु कम्युनिष्ट बन्न सक्दैनन् । जो ओलिवादको बाटो पहिल्याएका छन् । त्यसमा पनि केही राम्रा मान्छेहरु हुनुहुन्छ । त्यसैले उहाँहरुलाई गलत बाटोतर्फ जान रोक्ने दायित्व माओवादीको काँधमा आएको छ । यदि माओवादीले यसतर्फ गम्भीर रुपमा सोचेन भने भोलि यो मुलुक अझै बर्बादीतर्फ नजाला भन्न सकिन्न । माओवादीले जुन उद्देश्य राखेर जनयुद्ध सुरु ग¥यो, त्यो एउटा विचार थियो । समाजवादी क्रान्तिको बाटो पछ्याएको थियो । त्यो जिम्मेवारी पूरा गर्नु छ । त्यसका लागि जनयुद्धको जगमा टेकेर अगाडि बढ्ने क्रममा शान्ति प्रक्रियालाईं टुंगोमा पु¥याउने संविधान सभा, संघीयता, धर्म निरपेक्षता लगायतका धेरै विषयहरु अझै पनि अधुरो छन् । तिनीहरुलाई पूर्णता दिने र बाँकी कामलाई बिचमै छोड्न हुन्न भन्ने उद्देश्यका साथ माओवादी फेरि पनि जनताको माझमा आफ्ना योजना लिएर आएको छ तर यात्राका क्रममा वामपन्थीहरुको सपना साकार पार्नुको साटो धमिराहरु प्रवेश गरेर तहसनहस बनाउने पात्रको रुपमा ओलिका कुकीर्ते र जालझेलका कारण कम्युनिष्ट आन्दोलनमा फेरि एक पटक धक्का पुगेको छ । झुटको खेतीमा जीवन देख्नेहरुको संगत अब माओवादीले गर्ने छैन । नीतिगत भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्दै आफ्ना एजेण्डाहरुलाई सार्थक रुपमा अगाडि बढाउनुको विकल्प पनि छैन । राष्ट्रिय राजनीतिमा काभ्रे जिल्लालाई जुन किसिमको दाग लागेको छ, त्यसलाई मेटाउने दायित्व माओवादी कार्यकर्ताको काँधमा आएको छ । अबको राजनीतिक यात्रा शुन्य सहनशीलताबाट अगाडि बढ्नेमा दुइमत नरहेको स्पष्ट पार्दै नेकपाभित्रका भ्रष्टहरुकै कारण आज नेपालको कम्युनिष्ट आन्दोलन धराशयी अवस्थामा पुगेको छ । त्यसैले भ्रष्टाचारीहरुलाई निषेध गर्ने संस्कारको विकास गर्नु माओवादी केन्द्रको एउटा महत्वपूर्ण अंशको रुपमा जिम्मेवारी थपिएको छ । एउटै थलोमा बस्न नसक्ने अवस्थाकै कारण पनि कुटनीतिक रुपमा टुक्र्याउने काम जालीझेलीहरुले गरेरै छाडे । यथार्थमा भन्ने हो भने अब एमालेको कुनै अर्थ छैन । त्यहाँ इमान्दार, निष्ठावान् कार्यकर्ताहरुको स्थान छैन । त्यसको विकल्पको रुपमा निष्ठावान् एमाले कार्यकर्ताहरु माओवादीमा गोलबन्द हुन जरुरी छ । आज गाउँबस्तीमा जुन किसिमको झ्याली पिटिएको छ, त्यो पानीको फोका बराबर हो । त्यसैले यहाँहरुलाई स्मरण गराउन चाहन्छु, जनताको माझ ति भ्रमका जालहरु चिर्नका लागि हामी निष्ठावान् कार्यकर्ताहरु दत्तचित्त भई नीतिगत रुपमा समर्पित हुनुको विकल्प नरहेको स्मरण गराउँदै अर्काे एक प्रसंगमा नेता लालध्वजको कथन थियो– अहिले राष्ट्रिय राजनीतिक घटनाक्रममा एमालेभित्रको नेपाल समूहलाई प्रतिपक्षमा रहने अधिकार छैन । त्यसैले ऊ सरकारमा जानैपर्छ । जसको कारण जनयुद्ध र ०६२÷६३ को १९ दिने जनआन्दोलनबाट प्राप्त सीमित अधिकारको संरक्षण गर्ने अभिभारा उसको काँधमा आएको छ । अबको मार्ग प्रशस्त भनेकै राष्ट्रिय सहमतिको सरकार हो । जसले गणतन्त्रको संरक्षण गर्नेछ, त्यहाँ ओलि बाहेक देशभक्तहरु अट्न सक्नेछन् । कुरो नबुझी एमाले बन्नु भएकाहरुले एकपटक गम्भीर रुपमा सोच्न र निर्णयमा पुग्न नेता लालध्वजले आग्रह गर्नुहुँदै माओवादीमा गोलबन्द हुनको लागि नगर प्रमुख न्यौपानेतर्फ इंकित गर्दै रक्षात्मक कवचको रुपमा आफू अग्रदस्तामा रहने हुँकार दिँदै माओवादी फराकिलो सोच भएको हुँदा न्यौपानेजस्ता इमान्दार, कर्तव्य निष्ठावान्, अग्रजहरुका लागि परिवर्तनको ढोका सधैं खुल्ला रहनेछ । यदि माओवादी मर्न तयार नभएको भए आज गणतन्त्र नआउने ठोकुवा गर्दै मरे म¥यौं नभनेको भए तपाईंहरुको त्यो हैसियत राजाले खाइदिन्थ्यो । त्यसैले नि तपाईंहरु जस्तो नेतृत्व छलछाम र झुटको पगरीभित्र रम्न हुँदैन भन्न पछि परेनन् नेता लालध्वज ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0