काभे्र जिल्लाको छुट्टै पहिचान भएको बनेपा नगरपालिकामा फोहोर मैलाको उचित व्यवस्थापन नहुंदा जिल्लाकै बदनाम हुने गरेको छ । काभे्र र आसपासका जिल्लाहरुको समेत प्रमुख व्यापारीक केन्द्रको रुपमा परिचित बनेपा नगरपालिकाले फोहोर मैलालाई उचित व्यवस्थापन गर्नुको बदलामा बनेपा नगरको मुटुमा रहेको चारदोवाटोमा फोहोरको डंगुर थुपार्ने दृश्यले बनेपा नगरका जनप्रतिनिधि के कती सक्षम रहेछन् भन्ने प्रमाण जुटेको छ , अरनिको राजमार्ग हुदै यात्रा गर्ने यात्रुलाई । अरनिको राजमार्गमा यात्रा गर्ने यात्रीहरुले बनेपा नगरको मुटुमा थुप्रीएको फोहोर, सो फोहोरका कारण फैलिएको दुर्गन्ध नियाल्दै यात्रा गरी रहंदा नगरका जनप्रतिनिधिलाई किन सरम नभएको होला ? काभे्रको पहिलो नगरपालिकामा पाको उमेरका नगरप्रमुख भएको नगरको हविगत सोचनिय बनेको छ ।
मुलुकमा भएको राजनीतिक फेरवदलका कारण लामो समयसम्म स्थानिय तहमा जनप्रतीनिधि बिहिन बन्न पुग्यो । सो समयमा बनेपामा फोहोरको खासै डंगुर देखिदैन थियो, स्थानिय तहको निर्वाचनमा प्रमुख नारा बनेपा बजारको उचित व्यवस्थापन साथै फोहोर मैला रहित बनेपा बनाउने नारालाई नगरवासिले विश्वास गर्दै लक्ष्मी नरसिंह वादेको नेतृत्वमा जनप्रतीनिधिहरु चुनिए । तर नगरवासिहरुको दुर्गन्ध रहित बनेपामा बस्नपाउने आशा निराशामा परिणत हुनपुग्यो । विगतमा जनप्रतीनिधि नहुंदाको अवस्थामा कर्मचारीले नगर हाक्दाको अवस्था भन्दा दयनिय अवस्थामा बनेपाको बजार व्यवस्थापन साथै फोहोरको डंगुर प्रमाणको रुपमा रहेको छ । नीजि तथा भाडाका सवारी साधनको अव्यवस्थित पार्कीङ्गले जिल्लाको पहिलो नगरपालिका कुरुप बन्दै छ । बार्षिक रुपमा फुटपाथको साथै मुल सडकको दायाँबाया कालोपत्रे गर्नको लागि बजेट व्यस्थापन गरीन्छ तर गुणस्तरीय कार्य नहुदा समस्या जिउंका तिउ ।
बनेपाको पुलबजार बर्षातको समयमा सधै डुवानमा पर्ने गरेको छ, जसले गर्दा बर्षात हुनासाथ अरनिको राजमार्गमा संचालित सवारी साधनहरुको हविगत टुलुटुलु नियालि रहेका छन् जनप्रतीनिधिहरु । पुण्यमाता खोलामा रहेको पुलको भाग पुरीदै जानुले बर्षातको पानी पुलमा नअट्दा सडकमा लथालिंग भएर डुवान हुन्छ । पुलबजारमा रहेको ढलको व्यवस्थापन राम्रो नहुदा थप समस्या परिरहेको छ । यस्तो जटिल समस्याको बिषयमा समेत कुनै चासो छैन जनप्रतीनिधिलाई । प्रदेशकै छुट्टै महत्व रहेको चण्डेश्वरी मंन्दिर र जिल्लाकै पहिलो अस्पताल शिरमेमोरियल अस्पताल जाने मुल सडकको दायाँ बायाँ व्यवसायीहरुले प्रदर्शनको लागि सामाग्रीहरु राख्दा सडक अवरोध हुने गरेको छ ।
अस्पतालमा उपचारको लागि बिरामी बोकर ओहोर दोहोर गर्ने एम्बुलेन्सले बाटो नपाएर समस्या झेलि रहेको छ । चारदोबाटोबाट भित्र जाने चण्डेश्वरी मार्गलाई एकतर्फी गर्दा समस्या समाधान हुन्छ तर त्यति गर्न पनि बनेपा नगरका जनप्रतीनिधिहरु सक्ष्यम नहुंदा समस्या भईरहेको छ ।
बनेपा नगरको लथालिङ्ग अवस्थामा रहेको फोहोरमैला व्यवस्थापन, निर्धारित स्थानमा सवारी पार्किङ्गको व्यवस्थापन, मुल सडकको दायाँबायाँ रोपाई गर्नमिल्ने गरी भएको हिलाम्य,पुलबजारको डुवानको अवस्था समेतलाई बनेपा नगरले तत्काल व्यवस्थापन गर्न जरुरी रहन्छ । नगरमा रहेको समस्याहरुलाई उचित व्यवस्थापन गर्न नसके नगरवासिको नजरमा जनप्रतीनिधि असफल भएको प्रमाणित हुन्छ । नगरवासिको हितको खातिर कार्य गर्न निर्वाचित जनप्रतीनिधिहरुले निष्पक्ष्य कार्य गर्न अति जरुरी रहन्छ । त्यसैले नगरवासिहरुको पिडालाई आत्मसाथ गर्दै नगरवासिको हितको खातिर कार्य गर्न जरुरी रहन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |