Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लथालिंगे अवस्थामा रहेको बनेपाको व्यवस्थापन गर

प्रभातफेरी अनलाइन ३७६४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
Post Thumbnail

काभ्रे जिल्लाको छुट्टै पहिचान भएको बनेपा नगरपालिकामा फोहोर मैलाको उचित व्यवस्थापन नहुंदा जिल्लाकै बदनाम हुने गरेको छ । काभे्र र आसपासका जिल्लाहरुको समेत प्रमुख व्यापारीक केन्द्रको रुपमा परिचित बनेपा नगरपालिकाले फोहोर मैलालाई उचित व्यवस्थापन गर्नुको बदलामा बनेपा नगरको मुटुमा रहेको चारदोवाटोमा फोहोरको डंगुर थुपार्ने दृश्यले बनेपा नगरका जनप्रतिनिधि के कती सक्षम रहेछन् भन्ने प्रमाण जुटेको छ , अरनिको राजमार्ग हुदै यात्रा गर्ने यात्रुलाई । अरनिको राजमार्गमा यात्रा गर्ने यात्रीहरुले बनेपा नगरको मुटुमा थुप्रीएको फोहोर, सो फोहोरका कारण फैलिएको दुर्गन्ध नियाल्दै यात्रा गरी रहंदा नगरका जनप्रतिनिधिलाई किन सरम नभएको होला ? काभे्रको पहिलो नगरपालिकामा पाको उमेरका नगरप्रमुख भएको नगरको हविगत सोचनिय बनेको छ ।
मुलुकमा भएको राजनीतिक फेरवदलका कारण लामो समयसम्म स्थानिय तहमा जनप्रतीनिधि बिहिन बन्न पुग्यो । सो समयमा बनेपामा फोहोरको खासै डंगुर देखिदैन थियो, स्थानिय तहको निर्वाचनमा प्रमुख नारा बनेपा बजारको उचित व्यवस्थापन साथै फोहोर मैला रहित बनेपा बनाउने नारालाई नगरवासिले विश्वास गर्दै लक्ष्मी नरसिंह वादेको नेतृत्वमा जनप्रतीनिधिहरु चुनिए । तर नगरवासिहरुको दुर्गन्ध रहित बनेपामा बस्नपाउने आशा निराशामा परिणत हुनपुग्यो । विगतमा जनप्रतीनिधि नहुंदाको अवस्थामा कर्मचारीले नगर हाक्दाको अवस्था भन्दा दयनिय अवस्थामा बनेपाको बजार व्यवस्थापन साथै फोहोरको डंगुर प्रमाणको रुपमा रहेको छ । नीजि तथा भाडाका सवारी साधनको अव्यवस्थित पार्कीङ्गले जिल्लाको पहिलो नगरपालिका कुरुप बन्दै छ । बार्षिक रुपमा फुटपाथको साथै मुल सडकको दायाँबाया कालोपत्रे गर्नको लागि बजेट व्यस्थापन गरीन्छ तर गुणस्तरीय कार्य नहुदा समस्या जिउंका तिउ ।
बनेपाको पुलबजार बर्षातको समयमा सधै डुवानमा पर्ने गरेको छ, जसले गर्दा बर्षात हुनासाथ अरनिको राजमार्गमा संचालित सवारी साधनहरुको हविगत टुलुटुलु नियालि रहेका छन् जनप्रतीनिधिहरु । पुण्यमाता खोलामा रहेको पुलको भाग पुरीदै जानुले बर्षातको पानी पुलमा नअट्दा सडकमा लथालिंग भएर डुवान हुन्छ । पुलबजारमा रहेको ढलको व्यवस्थापन राम्रो नहुदा थप समस्या परिरहेको छ । यस्तो जटिल समस्याको बिषयमा समेत कुनै चासो छैन जनप्रतीनिधिलाई । प्रदेशकै छुट्टै महत्व रहेको चण्डेश्वरी मंन्दिर र जिल्लाकै पहिलो अस्पताल शिरमेमोरियल अस्पताल जाने मुल सडकको दायाँ बायाँ व्यवसायीहरुले प्रदर्शनको लागि सामाग्रीहरु राख्दा सडक अवरोध हुने गरेको छ । अस्पतालमा उपचारको लागि बिरामी बोकर ओहोर दोहोर गर्ने एम्बुलेन्सले बाटो नपाएर समस्या झेलि रहेको छ । चारदोबाटोबाट भित्र जाने चण्डेश्वरी मार्गलाई एकतर्फी गर्दा समस्या समाधान हुन्छ तर त्यति गर्न पनि बनेपा नगरका जनप्रतीनिधिहरु सक्ष्यम नहुंदा समस्या भईरहेको छ ।
बनेपा नगरको लथालिङ्ग अवस्थामा रहेको फोहोरमैला व्यवस्थापन, निर्धारित स्थानमा सवारी पार्किङ्गको व्यवस्थापन, मुल सडकको दायाँबायाँ रोपाई गर्नमिल्ने गरी भएको हिलाम्य,पुलबजारको डुवानको अवस्था समेतलाई बनेपा नगरले तत्काल व्यवस्थापन गर्न जरुरी रहन्छ । नगरमा रहेको समस्याहरुलाई उचित व्यवस्थापन गर्न नसके नगरवासिको नजरमा जनप्रतीनिधि असफल भएको प्रमाणित हुन्छ । नगरवासिको हितको खातिर कार्य गर्न निर्वाचित जनप्रतीनिधिहरुले निष्पक्ष्य कार्य गर्न अति जरुरी रहन्छ । त्यसैले नगरवासिहरुको पिडालाई आत्मसाथ गर्दै नगरवासिको हितको खातिर कार्य गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0