प्रभातफेरी अनलाइन ३८१२ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
कहिल्यै नदेखेको अन्जान शहर थियो
यतै कतै हराउँछु कि भन्ने डर थियो
तपाईं जस्लाई भगवान् भनेर पुज्नु हुन्छ
त्यो पत्थर भित्रको पनि पवत्थर थियो
कति हतार गर्छस् ए नदि एकछिन पख
पुग्न त तँलाई आखिर त्यही सागर थियो
सुन्दा अचम्म लाग्छ तर यो सत्य हो
खबरमा खबर हराएको खबर थियो
तँ कस्तो ठाउँमा आइपुगिस् ए प्रयत्ना
छेउमा न कुनै घाट थियो न घर थियो
प्रयत्ना वाईबा
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |