Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दिगो विकासका लागि साझेदारीमा काम गर्न लायन्स तयार छ ः गर्भनर आचार्य

प्रभातफेरी अनलाइन ७५१३ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ११, शुक्रबार (१ साल अघि)
दिगो विकासका लागि साझेदारीमा काम गर्न लायन्स तयार छ ः गर्भनर आचार्य

बिपशना शाक्य

काभ्रे । “सर्भिस फर अ स्माइल” डिष्ट्रिक गर्भनरको यो वर्षको नारालाई सार्थक बनाउने प्रतिबद्धतासहित जुटेका लायनहरुप्रति काभ्रे जिल्लामा रहेका डिष्ट्रिक ३२५ बि१ एम.डी. ३२५ नेपालसँग आबद्ध ७ वटा लायन्स क्लबहरुको संयुक्त पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रे आइपुग्नुभएका डिष्ट्रिक गर्भनर विश्वेश्वर आचार्यले लायनको पहिचान खुल्ने काम गर्दैनौं भने सर्वसाधारण भन्दा हामी कसरी फरक भयौं त ? त्यसैले निम्न स्तरका नागरिकहरुको दिगो विकासका लागि ५०/५० प्रतिशतको साझेदारीमा डिष्ट्रिक काम गर्न तयार भएको बताउनुभएको छ ।

सम्बोधनकै क्रममा गर्भनर आचार्यले– जसको नमूना, नमूना भिलेजलाई लिन सक्छौं । हामीले परनिर्भरतावादी संस्कारबाट निम्न आयस्तर भएका आम नागरिकहरुलाई उठाउने हो भने राहत होइन, उद्यमशीलतातर्फ आकर्षित गर्नुको विकल्प छैन । अब लायनले राहतमुखी कार्यक्रमलाई विस्तारै छोडौं । तत्काल आकस्मिक कुनै त्यस्ता परिस्थितिजन्य घटनाबाहेक अन्य अवस्थामा राहत भन्ने शब्द नै प्रयोग नगरौं । कम्तिमा पनि आफैं जिउनुपर्छ भन्ने संस्कारको विकास गरौं । म आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना जगाऔं । त्यसका लागि प्रत्येक लायनले आ–आफ्नो स्थानबाट फरक फरक किसिमले प्रस्तुत हुने जमर्काे गरौं । त्यस्तै जीवनस्तरलाई जीवनोपयोगी बनाउनका लागि लायन्स क्लबले नमूना किसिमले समाजमा आफूलाई प्रस्तुत गर्नुको विकल्प छैन । नेपालको भूगोल र यहाँको आर्थिक अवस्थालाई मनन गरेर कमजोर आर्थिक अवस्था भएका आम नागरिकको जीवनमा दिगो खुशी ल्याउन सक्नु नै लायन्सको प्रमुख उद्देश्य सम्झिँदै कार्यक्षेत्रमा समर्पित हुनु आजको आवश्यकता हो ।

यसका लागि हामीले साना तथा मझौला उद्यमतर्फ आकर्षित बनाउने योजनाहरु लायन्स क्लबले अपनत्व लिने गरी अगाडि बढाउनु प¥यो । लायन्सका बारेमा अझै पनि हाम्रो समाजले राम्रोसँग बुझ्न सकेको छैन । त्यसैले बेला बेलामा लाग्ने आरोपहरुलाई मिथ्या सावित गर्नका लागि स–सानो काम नै ठूलो हुन्छ भन्ने सन्देश प्रवाह गर्न सक्नुप¥यो । यसका लागि प्रत्यक्ष रुपमा देखिने र प्रभाव पार्ने खालका कामहरुमा जागरुक बनौं भन्नुहुँदै गर्भनर आचार्यको थप कथन थियो– पैसा मात्र ठूलो कुरा होइन, मन पनि ठूलो हुनुपर्छ । आजको पद हस्तान्तरण कार्यक्रमतर्फ इंकित गर्दै गर्भनर आचार्यको टिप्पणी थियो– आफू भए ठिक, अरु भए बेठिक भन्ने र गर्ने संस्कारबाट हामी लायनहरु माथि उठ्नुपर्ने अवस्थामा पूर्वजहरुले देखाएको गतिविधिलाई सचेत गराउन पछि पर्नु भएन । जिम्मेवारी बहन गर्न त तयार हुनुहुन्न भने तपाईंबाट समाजले के अपेक्षा र आशा राख्ने ? आजको यो महत्वपूर्ण चाडमाथिको तपाईंहरुको बुझाइमा परिवर्तन हुन आवश्यक छ । अन्यथा हामी लायन र राजनीतिककर्मीहरुमा के नै फरक रह्यो र ! त्यसैले तत् तहमा रहनुहुने जिम्मेवार नेतृत्वहरुले आफ्नो दायित्व, जिम्मेवारी, कर्तव्य सोही अनुरुप निर्वाह गर्नु आजको आवश्यकता हो । जिम्मेवारी लिनुहुन्छ भने पालना पनि त्यही अनुरुप गर्नु सिक्नुस् भन्नुहुँदै आगामी यात्रामा यस किसिमको आभाष डिष्ट्रिकले महसुस गर्ने वातावरण नबनोस् भन्दै वर्ष २०२१/२२ का पिभीएसटीहरुको कार्यकालको सफलताको शुभकामना सहित शपथ खुवाउनुको साथै गर्भनर पिनबाट कार्यक्रमका प्रमुख अतिथि एवं डिष्ट्रिक गर्भनर आचार्यले सम्मान गर्नुभएको थियो । क्रमश…

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0