प्रभातफेरी अनलाइन ३९९९ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार (४ साल अघि)
खिम पुन,बागलुङ
हाल–कतार
ऊ जस्तो माग आयो गयो सोही बनेर
मुखुण्डोमा पो आयो कोही,कोही बनेर
म सागर होमिएँ मित्रको विश्वास राखी
पछाडी बाट क्या झम्टियो गोही बनेर
उकालो चढ्न धेरै चुनौती हुन्छ भन्थे
चढेँ एक्लै भन्यौ आज आरोही बनेर
कसैको लागि सारा खुशी त्यागेर आफ्नो
कतै जाँदैछु टाढा म निर्मोही बनेर !
पूरानो एक शालिक ढलेकै ठाउँ सामू
पुनः कोही मरेको छ विद्रोही बनेर
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |