प्रभातफेरी अनलाइन ४००४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)
रचना मोक्तान “यात्री”
यादहरु कहिले
आकाशगंगा झैं
गुजुल्टिएर आयो
यादहरु कहिले
चौरमा कनिका छरे झैं
असरल्ल भएर आयो
यादहरु कहिले चक्रवात झैं
हुनहुनाएर आयो
यादहरु कहिले बाढी झैं
उर्लिएर आयो
यादहरु कहिले तामे ढुकुर झैं
कुर्लिएर आयो
यादहरु कहिले गोमन झैं
फणा फिंजाएर आयो
म चाहन्थें यादहरु
मरुभूमि जस्तै
सुख्खा यो हृदयमा
सिरसिरे बतास बनेर आओस्
म चाहन्थें यादहरुसँगै उ पनि
नीलो समुद्रमा पौडिरहने
मानिस जस्तो बुद्धिमान प्राणी
डल्फिन बनेर आओस्
तर उ त
समुद्रको सानो माछा जति
शिकार गरेर अघाउने
विशाल ह्वेल बनेर पो आयो
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |