प्रभातफेरी अनलाइन२७७८ पटक पढिएको | २०७८ आश्विन ५, मंगलबार
सरस्वती चौलागाईं, मेलम्ची–२, सिन्धुपाल्चोक
हाल ः गोकर्णेश्वर न.पा. ५, काठमाडौं ।
जिन्दगी आफैंले लेख्न मिल्ने भए,
हिँडाउने, डोर्याउने को देख्न मिल्ने भए,
मानव चोला लिएकाहरुको आज यो जगतमा,
सन्तुलनको बर्खिलाप गरी गरी
अमरताको शंखघोष गर्थे होला,
लेख्नेले लेखेको मन नपरेर के भो,
खुल्ला किताबमा जसले जे गरे नि के भो,
मानवता, आत्मियता विहिन बनाउनेहरुले जगतमा,
नातागोता अनि सम्बन्धको बर्खिलाप गरी गरी
नर–नारी बाहेक छैन भन्दै कुकर्मको राजको महल कोथै होला ।
ऐन कानून बन्छन्, हुन्छन् लागू पर्खालको तगारो बन्दै यहाँ,
न्याय खोज्न जाने बाटो किन बन्द हुँदै छ सोधे कहाँ कहाँ,
सत्य खोजको जवाफ विलिन पार्दै हिँड्छ आज मान्छे,
उज्यालो बाटो मार्दै हिँड्छ आज मान्छे भने
सेवामा तिनै गुपचुप नीति लागू गर्थे होला ।
कसैले दिएको अर्तीका वाणीहरु मन नपरेर के भो,
खुल्ला किताबमा जसले जे गरे नि के भो,
नारी पुजित लोक पुजित भन्ने कुरालाई बलात्कार गर्दै,
तस्करी र कुकर्मीका स्वरुपलाई फूल भारी पार्दै,
न्याय मार्ने निर्माताबाट निर्दाेषीले कस्तो आशा गर्थे होला ?