Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गणकमाथि नै प्रश्नै प्रश्न किन ?

प्रभातफेरी अनलाइन ४०१५ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
Post Thumbnail

जनगणना २०६८ का बारेमा मलाई राम्रैसँग स्मरण छ, म जुन घरमा बस्थें त्यो घरको ११ परिवारका झण्डै ४५ भन्दा बढी जनगणनामा छुट्नु भएको तथ्यले घच्घच्याइरहेको छ । राज्यकोषको अरबौं रुपैयाँ खर्चेर १०÷१० वर्षमा लिइने तथ्यांक पनि सतहीमा रहनु कतिको न्याय संगत होला ?
कस्ता क्षमता भएका गणकहरु नियुक्ति गर्छ यो तथ्यांक कार्यालयले ! खोजीको विषय भएको छ । यो वर्ष पनि गणकहरु जनगणना होइन, गणना गर्न आएका जसरी अत्यन्तै झारा टार्ने किसिमले प्रस्तुत भएको पाइएको छ । म स्वयं यसको सिकार भएको मात्र हो कि अरु पनि कौतुहलतामा रुमलिरहँदा गाउँ, बस्तीहरुमा अरु पनि त्यसैगरी पिडित भएको र राज्यले जुन तथ्यांक लिन खोजिरहेको छ, त्यसको बारेमा गणकहरुमा रत्तिभर चासो नरहेको स्थानीयहरुले गुनासो पोखिरहेका छन् । यिनै विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरुमा गणकहरुमाथि प्रश्नैप्रश्न खनिएका छन् । राज्यले जुन लगानी गरेर तथ्यांक खोजिरहेको छ, त्यो यो पटक पनि पूरा हुने छाँटकाँट छैन । भन्ने गरिन्छ, आगो लिन आएर जसरी गणकहरु घरमा आएर फर्किनुलाई कसरी बुŠने ? सचेत नागरिकले किन यस्तो भनेर प्रश्न गर्दा तपाईंहरुको सरोकारको विषय होइन भनेर रुखो जवाफ दिनुले गणकहरु कति सक्षम छन् भन्ने कुरा भनिराख्नु नपर्ला ।
सरकारले घरघरमा गएर गणना गर्नका लागि जुन किसिमको प्रविधिको प्रयोग गरेर तथ्यांक लिन भनिरहेको छ, त्यो नितान्त कागजी बाघ मात्र सावित भएको छ । व्यवहारतः कतै त्यस्तो भेटिएको छैन । राज्यको अरबौं रुपैयाँ फेरी पनि बालुवाको पानीझैं हुने सम्भावना बढेर गएको छ । यो अवस्थामा सरकारले आफ्नो ल्याकतले नभ्याएपछि यसपटकको जनगणनामा केन्द्रीय तथ्यांक विभागको सूचना, सूचनामा मात्रै सीमित हुने देखिएको छ । यसले जुन किसिमको समस्या फेरि पनि सिर्जना हुने देखिएको छ । राम्रा होइन, हाम्रालाई दोहन गर्ने अवसरको रुपमा तथ्यांक कार्यालयले गणकहरु छनौट गरेको उनीहरुको गतिविधिले प्रष्ट्याएको छ ।
गणकहरुको गैर जिम्मेवारीपनको जवाफदेहिता सम्बन्धित तथ्यांक कार्यालयले दिन जरुरी छ । घरघरमा समेत नपुगी बिच बाटैबाट टिपोट लिएर निस्कनुले उनीहरुको नियत भनांै या राम्रा र हाम्रा बिचको विभेदकारी संस्कार प्रष्टिएको छ । अझ केन्द्रीय तथ्यांक विभाग भनौं या जिल्ला तथ्यांक कार्यालयले छनौट गरेका गणकहरुका बारेमा जति नै कोरेपनि अपुगै रहने देखिएको छ । यस्ता घटनालाई हेर्ने हो भने यो पटक पनि परिणाममुखी तथ्यांक सार्वजनिक हुनेमा शंका उपशंका उब्जनु स्वभाविक देखिएको छ । त्यसैले गणकहरुका बारेमा सरोकारवाला निकाय गम्भीर बनोस् र सत्यतथ्य यथार्थ तथ्यांक उतार होस् भन्ने चाहना आम नागरिकको रहेको छ ।
तथ्यांक कार्यालयले जुन किसिमको गणकहरु छनौट गरेको छ, त्यसप्रति प्रश्नहरु अनगिन्ती उत्पन्न भएका छन् । मुलुकमा दक्ष र क्षमतावान् जनशक्ति हुँदाहुँदै राम्रालाई छोडेर हाम्रालाई स्थान दिनुले ति दक्ष र क्षमतावान् युवाहरुप्रति पक्कै पनि तथ्यांक कार्यालय निरिह सावित भएको उसले छनौट गरेको गणकहरुको व्यवहारले पुष्टि गर्दछ । राजनीतिक रुपमा दलहरुले युवाहरुलाई क्षमताको आधार नभई व्यवहारतः गोजीबाट निकालेर राख्ने संस्कारलाई तथ्यांक कार्यालयले निरन्तरता दिएको ठम्याई हाम्रो छ । यस किसिमको ति दल र नेताहरुको व्यवहारलाई तथ्यांक कार्यालयले अनुशरणको रुपमा लिनु र कार्यकर्ता भर्तीको केन्द्र बनाउनुले पनि यस पटकको जनगणना पनि अनौपचारिकतामै सीमित हुने विश्लेषकहरुको दाबी छ । जुन किसिमको विभेदपूर्ण व्यवहार तथ्यांक कार्यालयले देखायो, त्यसबाट उ अछूतो छैन भन्ने पुष्टि गरेको छ । तथ्यांक कार्यालयले छनौट गरेका गणकहरुले दिएको जवाफ हाँस्यास्पद मात्र छैन कि गैर जिम्मेवारी समेत भएको हाम्रो ठम्याइ छ । तसर्थ, सम्बन्धित सरोकारवाला निकायले बेलैमा त्यसतर्फ ध्यान पु¥याओस् भन्दै ति गणकबाट राज्यले खोजेजस्तो तथ्यांक सार्वजनिक नहुनेमा हाम्रो बुझाइ छ । जुन किसिमका गतिविधि देखिएका छन्, ति व्यवहारतः गणनासँग मेल खाँदैनन् भन्ने निष्कर्षमा हामी छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0