logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

सौन्दर्यमा आमा

प्रभातफेरी अनलाइन३०५० पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार(४ साल अघि)
सौन्दर्यमा आमा

लघुकथालाई आख्यानको लघुत्तम विधा मानिन्छ । सरल, छोटा, प्रतिकात्मक, प्रभावपूर्ण कथानक अभिब्यक्ति भएको लघुकथा राम्रो मानिन्छ । नेपाली भाषा साहित्यको लघुतम विधाको रुपमा लघुकथाले स्थान बनाइसकेको छ ।
जननी, धर्ती, ममताकी प्रतिमूर्ति आदि जे जे उपमा बनाएर बुझेपनि आमा शब्द आफैंमा महान छ । निस्वार्थको पर्याय हुन् आमा । आमा शब्द कति धेरै बलशाली छ । ब्यापक छ । आमाको ममता तुलना नै अरु केही वा कोहीसँग हुन सक्दैन् । यसैले आमाको महिमा बडो उचों छ । यस्तो महत्वपूर्ण ब्यक्तिको बारेमा अनेकानेक बिम्ब प्रयुक्त गरि ‘सौन्दर्यमा आमा’ भरिएको छ ।
‘सौन्दर्यमा आमा’ लघुकथा संग्रहभित्र ११२ वटा श्रष्टाका सृजनाहरुमा आमालाई सजाइएको छ । आमालाई केन्द्रभागमा राखेर बनेका यी लघुकथाहरुमा आमाको गरिमा, सम्मान, आमाको माया, भोगाई, ब्यवहार आदिको बारेमा चर्चा गरिएको छ । आमालाई बिभिन्न प्रतीक, बिम्बहरु वा आमासँग सम्बन्धित कुराहरुमा रचनाहरु बगेका छन् । आमाको महिमा, आमाको महानता, आमाको ममत्व र आमाको मनसँग कथाहरु जोडिएका छन्।कतै आमाको ममत्वको छहारी पस्किएको छ त कतै आमालाई छोराछोरीले गर्ने दुब्र्यवहारको फेहरिस्त उजागर गरिएको छ। आमालाई सम्मान गर्न जोड दिइएका कथानकता छन् कुनैमा भने कुनैमा आमाले दशधारा दुध पिलाएर आफुले दुःख, कष्ट सहेर आफ्ना सन्तानको सुखको लागि गरेका दुखहरुका कथा छन् ।
साँच्चै आमा करुणाकी खानी हुन् । आमाको महिमा ब्यक्त गर्ने शब्द पनि दुनियाँमा छैन्।आमा जति दयालुभाब,आमा जति सहिष्णुताकी प्रतिमूर्ति दुनियाँमा कोही हुन सक्दैन् । यस्ती आमाको बारेमा विभिन्न रुप र दृष्टिकोणले भरिभराउ कथाहरुले सजिएको छ सौन्दर्यमा आमा।आमाको बारेमा सकारात्मक मात्र हैन् आमालाई हेंला गर्ने, विदेश पलायन भएपछि भुल्ने, दुःख र पीडामा राख्ने सन्तानहरुका कथा पनि छन् यसमा। आमा भूगोल, जात भाषा वा संस्कृतिको भएपनि आमा नै हो ।
आमाको बारेमा धेरै कथाकारहरुको एउटै कृति तयार बनेको सायद यो पहिलो लघुकथा संग्रह हुनुपर्छ। साहित्यकार ममता मृदुलले सम्पादन गर्नु भएको यो कृति आमालाई केन्द्रीयतामा राखी तमाम समकालिन समाजका यथार्थहरुको प्रकटिकरण गरिएको कार्य निश्चय नै सह्रायिन छ । लघुकथा समाजले प्रकाशित गरेको यो लघुकथासंग्रह निश्चय नै पठनिय बनेको छ ।