Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

न्यायालयको वेथिति अन्त्य गर

प्रभातफेरी अनलाइन १९१५ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (४ साल अघि)
Post Thumbnail

नेपालको न्याय क्षेत्रका बारेमा नेपाली जनता निश्पक्ष न्याय पाउनेमा आशाबादी थिए । कोही पनि व्यक्ति अन्याएमा परेभने आफु अन्याएमा परेको भन्दै न्यायको लागि न्यायालयमा पुग्ने गर्दथे । सम्पुर्ण नेपाली जनताको मन मतिस्कमा न्यायालय निस्पक्ष छ, सो स्थानमा शक्तिको आधारमा केही नहुने कानुनी आधारमा न्याय पाउने आसामा रहिरहेका नेपाली जनता पछिल्लो समयमा आएर न्यायालयको अवस्थाले गर्दा दिक्क भएका छन् । न्यायाधिसहरु विचमा भएको तिक्तता साथै कानुन व्यवसायीहरु विचमा भएको आरोप प्रत्यारोप साथै कुटाकुटको स्थितिले गर्दा नेपाली जनताले जुन भरोसा गरेका थिए त्वो विस्वास गुम्न पुग्यो । विगतमा यदा कदा कसै कसैले कानुन व्यवसायीले आर्थिक लाभको लागि दोहोरो रोल खेले भन्दै गर्दा जनतालाई खासै विस्वास थिएन । तर हालको अवस्थामा आएर सर्वोच्चका कानुन व्यवसायीहरुको एक आपसमा भएको आरोप साथै कुटाकुटको अवस्थाले गर्दा न्यायालयको मात्रै नभएर कानुन व्यवसायीहरुको समेत विस्वास गुमेको छ ।
पछिल्लो समयमा आएर न्यायालयका सर्वोच्च निकाय सर्वोच्च अदालतमा भएको घटनाहरुले गर्दा न्यायालयकै साख खस्किएको छ । सर्वोच्च अदालतले आफ्नो अधिकार क्षत्रभन्दा बाहिर गएर निर्णयहरु गर्ने गरेको दलहरुले पनि सार्वजनिक रुपमै भन्ने गरेको पाईएको छ । न्यायाधिसहरुले आफ्नो विभिन्न प्रकारका स्वार्थ पुर्तीको लागि दलका नेताहरुको इसारामा चल्नेगरेको आरोप लाग्दै आएको छ । संबिधानमा उल्लेख भएको बिषयलाई आफ्नो अनुकुलमा व्याख्या गर्दै तोडमोड गर्ने साथै माग दावि भन्दा बाहिर गएर निर्णय गर्ने कार्यले नेपालको न्यायलयको साख खस्कि
एको हो । नेपालि जनताले विगत बर्षहरुमा न्यायाधिसहरु तथा कानुन व्यवसायिलाई ठुलै इज्जत गर्ने गरेका थिए । प्राय सवै नेपालीले “नेपालमा न्यायालय र लोकसेवा निश्पक्ष छ ।” भन्ने गरेका थिए । तर आजको अवस्थामा आएर जनताले न्यायालय प्रति गरेको विस्वास गुमेको छ ।
न्यायालयमा भएको बेथितिको अन्त्यको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरु निकै कस्सिएर अगाडी बढेको अवस्था रहेको छ । तर प्रधानन्यायाधिसको विरोध गर्दै गर्दा न्यायालयहरुमा हुने गरेको कमि कमजोरीहरु एक पछि अर्को गर्दै सतहमा आएको छ । न्यायालयमा हुने कर्तुतको विरोधमा सवै एकै किसिमले उत्रिनुको बदलामा गुट उपगुटको अवस्थामा पुगेका छन् । विरोधको क्रममा एक पक्षले कालो पट्टी लगाएर उत्रिएका छन् भने अर्का पक्षले सोतो पट्टि । त्यतिमत्रै नभएर कतिपय कानुन व्यवसायीहरुले कालो सेतो दुवै खालको पट्टि समेत बाँधेर विरोधमा उत्रिएका छन् । जुन दृश्यले थप अन्योलता दर्साउछ । न्याय अन्याय छुट्ट्याउन सक्ने कानुन व्यवसायी आफैले फरक फरक तरिकाले आन्दोलित हुनुले कानुन व्यवसायीहरुमा निखारता नभएको प्रष्टिएको छ । नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।
न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिको संकेत देखा परेको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएका छन् । कानुन व्यसायीहरुको अाँनदोलनले न्यायालयमा बेथिति बढेको प्रष्टिएको छ । यसरी न्यायालयमा बेथिति बढ्नु साथै न्यायालय कसैको स्वार्थको लागि प्रयोगहुनु भनेको नेपाली जनताको लागि दुखद पक्ष हो । नेपालमा न्यायालय निश्पक्ष साथै स्वतन्त्र रहेको आभास हुनेगरी पछिल्लो समयमा देखिएको न्यायालयको बेथितिलाई सदाको लागि बन्द गर्ने वातावरण बनाउन जरुरी रहन्छ । त्यसैगरी कानुनव्यवसायीहरुले पनि आफ्नो कालोकोटको मान सम्मान र इज्जतलाई कुनैपनि प्रकारको स्वार्थबाट अलग राखेर अगाडी बढ्न आवश्यक रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0