Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्रष्टा पदयात्रा डाँडापाखा हेर्ने रहर

प्रभातफेरी अनलाइन २३६१ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (१ साल अघि)
स्रष्टा पदयात्रा डाँडापाखा हेर्ने रहर

प्रदीप सापकोटा
पनौती–१, काभ्रे

 

मान्छेहरु विभिन्न उद्देश्यले प्रेरित भएर यात्रा गर्छन् । यो कुनै नौलो कुरा होइन । मानव सभ्यताको शुरुदेखि यात्राको प्रचलन चलिआएको छ । तर सबै यात्राले कृतिजन्माउँदैन । नेपाली साहित्यमा एक स्वतंत्र रुपले स्थापित बनेको विधा हो नियात्रा ।
केही स्रष्टाहरु हरेकमहिनाको पहिलो शुक्रवार पदयात्रामा निस्कन्छन् । यसै क्रममा काठमाडौं उपत्यका र यसको आसपासका विभिन्न ऐतिहासिक स्थल, गुम्बा, मन्दिर, तिर्थाटन, बनजंगल, डाँडापाखा लगायतका स्थानहरुमा पदयात्रा गरी त्यहाँ देखेका मनोरम दृष्य, ऐतिहासिक खोजविन गर्छन् र फुर्सदमा लेखवद्द गर्छन् । त्यसैको परिणाम ‘डाँडापाखा हेर्ने रहर’ जन्मन्छ ।
काठमाडौं आसपासको सबैभन्दा अग्लो स्थान फूलचोकी जुन ९ हजार तीन फीट अग्लो डाँडा हो त्यहाँदेखि सुन्दरीजलसम्मको यात्राको बर्णन छ । लाँकुरी भन्ज्याङ र शृङ्गिीऋषि देखि जनकपुरी छाता गरी २० वटा विभिन्न स्थानहरुको धार्मिक, ऐतिहासिक, प्राकृतिक लगायतका कुराहरु समेटिएको यो यात्रा संस्मरणमा १६ जना विभिन्न यात्रीहरुले आ–आफ्नो शैलीमा पस्केका यात्रा संस्मरणहरु मिठास युक्त छन् । गोदावरीको १२ बर्षे मेलादेखि शृङ्गीऋषिको बारेमा जानकारी पाउन सकिन्छ । काठमाडौं आसपासमा रहेका उपत्यका घेर्ने सबै डाँडाहरुको नाम र तिनको उचाई पनि यहाँ उल्लेख गरिएको छ । यसैगरी चन्द्रागिरि र भालेश्वरको ऐतिहासिक र साँस्कृतिक पक्षहरु समेत पुस्तकले जानकारी दिन्छ । शिवपूरी डाँडाको नाम कसरी रह्यो भन्ने इतिहासको बारेमा जान्न चाहानेको जिज्ञासा मेटाउन पुस्तक सहयोगी छ । यस्ता थुप्रै जानकारी यसमा पाइन्छ ।
पदयात्राको क्रममा देखिएका प्राकृतिक मनमोहक छटा, सौन्दर्यहरु, विभिन्न सुनिएका धार्मिक कहावतहरु र साँस्कृतिक जानकारीहरुले पुस्तक भरिएको छ । यसमा नियात्राकारहरुले निजात्मकता भरेका छन् । मिठासपूर्ण र रोचक छ यात्रा संस्मरण । स्रष्टाका भावना पोखिएका छन् यहाँ । यहाँ यात्राको बर्णन मात्र गरिएको छैन् । आफैं नायक बनेर लेखेका छन् स्रष्टाहरुले यहाँ । यात्राका प्रतिकूल र अनुकुल दुवै परिस्थितिहरुको वारेमा यहाँ शब्दहरु खिपिएको छ । सबैको आ आफ्नै विशेषता छ लेखनीमा ब्यक्तिपरक । यात्राको चित्रण बडो मिठो ढंगले गरिएको छ । विभिन्न ऐतिहासिक कुराहरुको तिथिमिति सहित उल्लेख गरिएको छ । प्राकृतिक कुराहरुको उचाई, दुरी लगायतको तथ्याङ्क नै पेश गरिएको छ । त्यसैले यस कृतिमा उल्लेख गरिएका कुराहरु विश्वासनिय लाग्छन् । सत्यको नजिक लाग्छन् । कुनै दृष्यले नियात्राकार खुशी भएका छन् । कुनै दृष्यमा दुःखी । कतै पाठकहरु रमाउँछन् पढेर । कतै ज्ञानवर्धक जानकारी पाउँछन् । नियात्राकारहरुले स्थानीय समाजको चित्रण गरेका छन् । भूगोल र मन्दिरहरुको जानकारी दिएका छन् ।
प्रायः स यात्रा संस्मरणहरु आत्मपरक नै देखिन्छन् । स्पष्ट भाषाशैली, मिठासपूर्ण शब्दहरुको प्रयोग, आपसमा गरिएका सम्बादहरु समावेश गरिएको साँच्चै पठनिय लाग्छ । नगरकोट सरर र टोखावाट तार्केश्वर कवितात्मक छ ।
पदयात्रा–२०७३, काठमाडौंले प्रकाशनमा ल्याएको यो कृतिको सम्पादन डिल्लिराज अर्यालले गरेका छन् । संस्कृतिविद, साहित्यकार शितलगिरी संयोजक रहेको यो साहित्यिक संस्थाले यस्तै पठनिय कृति अगाडी ल्याओस । शुभकामना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • नेपाली साहित्यकाशमा उदाउँदै एउटा चम्किलो तारा

    नेपाली साहित्यकाशमा उदाउँदै एउटा चम्किलो तारा

  • नवलपरासीका समुदायमा विचरण गर्दा

    नवलपरासीका समुदायमा विचरण गर्दा

  • अक्षरमा रचनाहरु

    अक्षरमा रचनाहरु

  • सीतलपाटीमा पाएको माया

    सीतलपाटीमा पाएको माया

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0