Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बजार अनुगमनलाई निरन्तरता देऊ

प्रभातफेरी अनलाइन १८९२ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार (४ साल अघि)
Post Thumbnail

बजार अनुगमनलाई निरन्तरता नदिदा साथै भेगीयरुपमा अनुगमन गर्न नसक्दा काला बजारीयाहरु मौलाउने गरेका गुनासोहरु आउने गरेका छन् । जिल्लाको प्रमुख व्यापारीक केन्द्रमा मात्रै आक्कल झुक्कल अनुगमन गर्दा महंगि खासै नियन्त्रण हुन सकेको छैन । बिशेष गरेर चाडपर्व नजिकदै गर्दा बजारमा कृतिम अभाव सृजना गरेर लुट मच्चाउने कार्य मात्रै नभएर मिसावट गर्ने कार्यले समेत तिव्रता पाएको गुनासो छ । नापतौलमा मर्काउने, गुणस्तर हिन सामाग्री मिसावट गर्ने, मनलाग्दि ढंगबाट मुल्य निर्धारण गर्ने, नक्कलि विलको प्रयोग गर्ने, गुणस्तरहिन सामाग्रीलाई गुणस्तर युक्त सामाग्रीको ट्याग लगाउने जस्ता कार्यहरु गरेर उपभोत्ताहरुलाई ठग्ने कार्य भएको छ ।
वजार अनुगमन गर्दा जिल्लाको हरेक व्यापारीक केन्द्रहरुमा गर्न जरुरी रहन्छ । प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको बनेपा बजार, पनौती बजारमा मात्रै अनुगमन गर्दा खासै प्रभावकारी हुन सक्दैन । जिल्लामा रहेको अरनिको राजमार्ग वि.पि राजमार्गको आसपासमा रहेका स—साना व्यवसायीहरु सम्म अनुगमन गर्न जरुरी छ । राजमार्गका छेउछाउमा संञ्चालन भएको व्यवसायीहरुले उपभोक्ताहरुलाई दिने सेवा सुबिधा, गुणस्तरको साथै मुल्यको बारेमा अनुगमन गर्न जरुरी रहन्छ ।
दोलालघाट बजारमा स्थानिय लोकल माछा भनि बिक्रि गर्ने माछा, मिठाई पसलहरुमा बिक्रि गर्ने मिठाईहरुमा हुनुपर्ने गुणस्तरता, दुध डेरीहरुमा बिक्रि गर्दै गरेको दुध साथै दुधजन्य परिकारहरुमा प्रयोग हुने केमिकलहरुको बारेमा अनुगमन गर्न जरुरी रहन्छ । त्यसैगरी अनुगमनको क्रममा डाक्टरसहितको टोलि साथमा लिएर मेडिकलहरुमा समेत अनुगमन गर्न जरुरी रहन्छ । मेडिकल संञ्चालकहरुले आफुहरुले पाएको अनुमती अनुसारको सामाग्री विक्रि वितरण गरे नगरेको साथै मुल्यसुचि बडापत्र राखे नराखेको अनुगमन गर्न जरुरी रहन्छ ।
बजार अनुगमन गर्ने क्रममा विगतमा मात्रै किराना पसलहरुलाई मात्रै प्राथमिकता दिने गरीने चलन रहेको छ । तर अनुगमन गर्दा सवै क्षेत्रलाई समेट्न जरुरी रहन्छ । पेट्रोलिएम व्यवसाय देखि वजारमा रहेको हर प्रकारको व्यवसायमा अनुगमन गर्दै उपभोक्तालाई राहत दिन जरुरी रहन्छ । पछिल्लो समयमा होटल व्यवसायहरुले मनोपलि ढंगबाट आफुखुसि असुल्ने गरेको धेरै जनगुनासाहरु आएका छन् । त्यस्ता स्थानहरुमा माुल्य सुची राखिएको या नराखिएको निरिक्षण गर्न उत्तिकै जरुरी रहन्छ । अनुगमन गर्दा बिषयगत बिशेज्ञ सहितको टोलिले समय समयमा अनुगमन गर्न जरुरी रहन्छ । अनुगमन गर्नु एक दिन अगाडीनै अनुगमन टोलि आउंदै छ भन्ने जानकारी गराएर गरिएको अनुगमनको कुनै अर्थ रहन्न, त्यस्तो अनुगमन देखावटी मात्रै हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0