प्रभातफेरी अनलाइन२८२२ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार(४ साल अघि)
प्रदीप सापकोटा
काभ्रे जिल्लाको पनौती नगर आफैंमा ऐतिहासिक विविधता र प्राकृतिक सौन्दर्यको खानीले भरिपूर्ण नगर हो । यस नगर क्षेत्रमा भएका सयौं कलाकृति,मठमन्दिर,देवालय लगायतका कुराहरुको बारेमा कैयन कृतिहरु प्रकाशित भैसकेका छन् । रोशीखोला र पुण्यवतीको बीचमा अवस्थित पनौती विविधि देवीदेवताले बास गरेको पुण्यभूमी हो । १२ बर्षे ऐतिहासिक र धार्मिक दृष्टिले पवित्र मकर मेला यहि आउँदो माघ महिनाबाट पनौतीमा लाग्छ ।मेला भर्न देश विदेशका लाखौं दर्शनार्थीहरुको आगमन हुन्छ यहाँ ।
डा.सुमन ताम्राकार पेशाले चिकित्सिक भएपनि इतिहास,कला संस्कृतिको बारेमा अत्यन्तै जानकार र चासो राख्ने श्रष्टा हुन् । उनले पनौतीका विभिन्न चाडपर्वहरु र ऐतिहासिक मकरमेलाको बारेमा जानकारी दिन पनौतीका चाडपर्वहरु र मकरमेला प्रकाशन गरेका छन् । यस कृतिले यस क्षेत्रका प्रचलित मौलिक चाडपर्वहरुको वारेमा स्पष्ट जानकारी दिन्छ । पुरानो साहित्यको बारेमा पनि तेजानन्द ,देखिका चर्चा गरिएको छ । इतिहास र संस्कृतिका विद्यार्थीहरुको लागि पनौतीजात्रा,धल्चा हालिगु,माधःहालिगु,पनौतीको समग्र परिचय सहित पनौतीको जात्रा,नमोबुद्ध,मकरमेला,नवदुर्गा नाचका वारेमा पौराणिक किंवदन्तीहरु,रैथाने बाजाहरु बारेमा खोजमूलक सामाग्रीहरु समेत समेटिएको प्रस्तुत किताव पठनीय कृति बनेको छ ।
केही बर्ष अघि गरिएको राज्यको पुर्नसंरचनासँगै पनौती नगर पनि अलिक फराकिलो भएको छ । अतःयस पुस्तकको आगामी संस्करणमा पनौती नगरका सबै भूगोल समेटेर खोज कार्य गरि पुस्तकमा थप चाडपर्व,जात्रा र संस्कृतिको वारेमा लेखनी गर्नु आवश्यकता खट्केको देखिन्छ ।
जे होुस यस कृतिमा पुर्नसंरचना भन्दा पहिलेको पनौती र यसको सेरोफेरोको धार्मिक महत्व, इतिहास,पुरातत्व र संस्कृतिको बारेमा स्पष्ट जानकारी दिने गरी शोध गरि लेखिएको हुँदा पनौतीका प्राचिनता,यहाँको सांस्कृतिक वैभवता, चाडपर्व, बाजागाजा, नाच, जात्रा लगायतका बारेमा जानकारी राख्ने संस्कृतिविद,विद्यार्थी लगायत पनौतीको बारेमा जिज्ञासु सबैमा यस कृतिको उपदेयता रहेको छ ।