Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीमा विपक्षीले माओवादीलाई कमजोर सम्झिनु पराजित मानसिकता हो ः नेता दोङ

प्रभातफेरी अनलाइन २९२७ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (४ साल अघि)
पनौतीमा विपक्षीले माओवादीलाई कमजोर सम्झिनु पराजित मानसिकता हो ः नेता दोङ

काभ्रे । नेकपा (माओवादी केन्द्र) पनौतीको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पूर्व उर्जा राज्यमन्त्री एवं नेकपा माओवादी काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज) ले पनौतीमा माओवादीलाई कमजोर आँक्नु विपक्षीहरुको पराजित मानसिकता भएको बताउनुभएको छ ।


सम्बोधनका क्रममा प्रमुख अतिथि दोङको कथन थियो– सिंगो मुलुक माओवादी एजेण्डामा अगाडि बढिरहँदा पनौती कमजोर सम्झिनु प्रतिगामीहरुको भुल भएको खुलासा गर्नुहुँदै भ्रष्टाचारका अनुयायीहरुले माओवादीका बारेमा औंला ठड्याउने हैसियत नरहेको टिप्पणी गर्नुहुँदै एमाले, कांग्रेससँग नजिक रहेका मतदाताहरुलाई यथार्थतामा आउन र मुलुकका एजेण्डाहरुको संरक्षण गर्न आग्रह गर्नुभएको छ । नवनिर्वाचित नगर समितिलाई शुभकामना दिनुहुँदै फलामे अनुशासनमा रहेर २०६४ लाई एकपटक फेरि स्मरण गराउने किसिमले प्रस्तुत हुन पनि निर्देशन दिनुभएको थियो । आफूलाई माओवादी भन्ने हिम्मत नराख्ने कदाचित माओवादी हुन नसक्ने चर्चा गर्नुहुँदै माओवादी आन्दोलन हो, विचार हो, एजेण्डा हो, समावेशी संघीयताको सम्भाव हो । त्यसैले माओवादीका एजेण्डाहरुलाई संरक्षण गर्नुपर्ने दायित्व पनि माओवादीकै भएकोले निर्वाचित कार्यसमितिले १२ वटै वडामा त्यहि किसिमको सन्देश प्रवाह गर्दै स्थानीय सत्तालाई ब्यालेटद्वारा कब्जा गर्न समेत नेता दोङले कार्यक्रममा निर्देशन दिनुभएको थियो ।
विपक्षीहरुका कपोकल्पित भ्रमहरुलाई चिर्दै प्रत्येक मतदातामाझ जान र जनतासँग एकाकार हुन पनि नेता दोङले निर्देशन दिनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष रुकु चौलागाईंको कथन थियो– एकपटक जनताका माझ अतितका कमी कमजोरीहरुलाई आलोचनात्मक रुपमा प्रस्तुत गर्दै क्षमा माग्न कार्यकता तथा नेतृत्वलाई निर्देशन दिनुभएको थियो । जसरी २०६४ सालामा पहिलो पार्टीको रुपमा पनौतीमा स्थापित माओवादीलाई निरन्तरता दिन यो कार्यसमिति सफल हुने धारणा समेत अध्यक्ष चौलागाईंले कार्यक्रममा राख्नुभएको थियो ।


पनौती नगरको दोस्रो नगर सम्मेलनबाट हस्तबहादुर तामाङको अध्यक्षतामा ६५ जनाको नगर समिति निर्विरोध निर्वाचित भएको छ । नगर समितिको उपाध्यक्षहरुमा श्यामकृष्ण मानन्धर, सुशिला सुवाल र इन्द्र कुमार श्रेष्ठ, सचिवमा माधव हुमागाई, सह सचिवमा सन्त वहादुर तामाङ र कोषाध्यक्ष सन्त वहादुर तामाङ (भूमिडाँडा) लगायत ६५ सदस्य नगर समिति निर्विरोध निर्वाचित भएको छ ।
बाजागाजा सहित पनौती बजार परिक्रमा गरी नगर सम्मेलनमा जुटेका प्रतिनिधिहरुले पनौती नगरमा नेकपा माओवादी केन्द्रले नगरको चाहना साथै संगठनको हितको खातिर कार्य गर्ने बिषयमा राम्रो बहस चलाएका थिए । उद्घाटन सत्र समापन पछि बन्द सत्रमा पार्टीको हालको अवस्था, भावि योजना, नगरमा निर्वाचित अन्य पार्टीका जनप्रतिनिधिहरुले पक्षपाती ढंगबाट गरेको विकास निर्माण, बिचारको आधारमा भएको बिभेद लगाएतको बिषयमा लामो वहस गर्दै त्यस्ता कार्यको अन्तको लागि माओवादी केन्द्रले खेल्नुपर्ने भुमिकाको बिषयमा वहस भएको थियो ।
नगरको बन्द सत्र सुरु भएपछि लगातार ६ दिन सम्म चलेको बहसबाट नगरवासिको हितको खातिर कार्य गर्न सक्ने सक्षम नेतृत्व चयनको लागि जिल्ला अध्यक्ष चौलागाईको महत्वपूर्ण भूमिका रहेको स्रोतले उल्लेख गरेको छ । सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाईको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले माओवादी केन्द्र पनौतीका चर्तित नेतृत्वहरु र बन्द सत्रका सहभागी प्रतिनिधिहरुसँगको लामो छलफल पश्चात पनौतीलाई सशक्त रुपमा हाँक्नसक्ने व्यक्तित्वको रुपमा हस्तबहादुर तामाङको नेतृत्वमा ६५ सदस्यीय नगर समिति निर्विरोध निर्वाचित भएको छ ।
पनौती वडा नं ३ र ४ का इञ्चार्ज रमेश हुमागाईबाट संञ्चालन गरेको उक्त कार्यक्रममा सुदर्शन प्रधानाङ्ग, शेखरदास श्रेष्ठ, सुसिला सुवाल, जि.एन.सापकोटा, सन्त तामाङ, कुमार कार्की, राम थीङ, इन्द्र श्रेष्ठ, कमल सापकोटा, श्यामकृष्ण मानन्धर, श्याम श्रेष्ठ, सूर्य तामाङ लगाएतका बक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । जनमुक्ती सेनाका कमान्डर माधव हुमागाईबाट स्वागत मन्तव्य राखि सुरु भएको उक्त कार्यक्रममा जनमुक्ती सेनाका कमाण्डरहरु एवं सहिद परिवारहरुलाई सम्मान गरिएको थियो भने सोही अवसरमा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नवप्रवेशिहरुलाई स्वागत गरिएको थियो ।
नगर अधिवेशनपूर्व वडाहरुको अधिवेशनबाट निर्वाचित वडा अध्यक्ष लगायत कार्यसमितिलाई सम्मान गर्दै कार्यक्रमका अतिथिहरुबाट स्वागत गरिएको थियो । जसमा निर्वाचित वडा अध्यक्षहरुबाट रिपोर्टिङ गरिएको थियो । उक्त रिपोर्टिङमा वडा नं. १ का वडा अध्यक्ष लोकनाथ सापकोटा, २ का नारायण सापकोटा ३ का विदुर थापा, ४ का शेखरमान श्रेष्ठ, ५ का सहदेव श्रेष्ठ, ६ का कमल सापकोटा, ७ का सुदर्शन प्रधानाङ्ग, ८ का कुमार केसी, १० का रामहरि भण्डारी, ११ का मानबहादुर तामाङ र १२ का ताराबहादुर खड्काले आ–आफ्नो वडाको वस्तुगत स्थितिका बारेमा प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पनौती नगरका इन्चार्ज होमबहादुर खुलालले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0