प्रभातफेरी अनलाइन २८६५ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (४ साल अघि)
सुमन थापा संगम, काठमाडौं
अकस्मात
झरेर सपना टुक्रिएपछि
असंख्य टुक्राहरुमा
फुलमाया
तिम्रो आँखाको डिलबाट
छातीको मैदान हुँदै
स्वयं झरेकी तिमी
अल्झिएकी थियौ मजेत्रोका हत्केलाहरुमा ।
ह्रदयको ताल फुटेर
अनवरत बगिरहेको बिरहको बाढी
रोक्न सामथ्र्य राख्ने बाँध नभएर
जीवनको किनारमा उभिएर
काँपिरहेकी थियौ
तिम्रो पीडाको नमिठो सुसेली
सुनिरहेथें मैले त्यो साँझ ।
फूलमाया !
बतासको झोक्कामा ठोकिएर
फूलका नरम पातहरु काँपे जसरी
नकाँप तिमी
जीर्ण भित्ताहरु भत्किए जसरी
नभत्क तिमी
पहिरोसँगै खसेको ढुङ्खा जसरी
हिलो र बाढीसङ्खै नखस फुलमाया ।
स्वीकृतिमा
शिर हल्लाएकी थियौ तिमीले यहि ठाउँमा
र आज बर्षाैंपछि त्यही स्थितिमा
भक्कानिएर रुँदैछौ फेरी उसैको सम्झनामा
जसले तिम्रो छाँयालाई समेत कुल्चिएर गयो
जसले तिम्रो भावनामा
आगो सल्काएर गयो
नरोउ फूलमाया तिमी ।
फूलमाया !
उसको रिसले भत्किएकै थियौ तिमी तर
जोगाइ राखेको तिम्रो
अटल सपना डग्मगाउन नदेउ
जुनीभरलाई संगालेर
उपहार स्वरुप मायाको चिनो
दिएकी थियौ आफ्नै मुटु रक्ताम्य भएर
बगिरहेको छ आज
धोकाको खोलामा ।
फूलमाया
उ फर्किनेछ एकदिन
तिम्रो बिश्वासको भर्याङ समाएर
तिमी रोकिनुपर्छ
तिमी जस्तै
कैयौं टुक्रिएका ह्रदयहरुको
बिश्वासिलो मल्हम बनेर ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |