Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अक्षरमा रचनाहरु

प्रभातफेरी अनलाइन ३३१४ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)
अक्षरमा रचनाहरु

मोहन दुवाल । नेपाली साहित्यमा सुपरिचित नाम हो । वि.सं.२०२० सालदेखि नेपाली साहित्यमा प्रवेश गरेका दुवालको पछिल्लो कृति अक्षरमा रचनाहरु प्रकाशित भएको छ । विषय विविधता समावेश गरेका लेख रचनाहरुको सङ्ग्रहको रुपमा ‘अक्षरमा रचनाहरु’ आएको छ ।
नेपालमा बहुदलिय व्यवस्थाको पूर्नस्थापना पछिका समयावधीमा विभिन्न पत्रपत्रिकाहरुमा समय सन्दर्भमा लेखिएका विभिन्न ५९ वटा लेखहरु यसमा सङ्ग्रहित रहेका छन् । प्रस्तुत लेखहरुमा आफ्नो विचार,दर्शन लगायतका बैचारिक लेखहरु परेका छन् । कतै उनी आम नेपालीका दुःख, पीडा र दर्दहरुमा दुखेका छन् त कतै देशको यो वेथितीप्रति आक्रोशको आवाज बुलन्द गरेका छन् ।उनमा राष्ट्रभक्तिको उच्चभाव देखिएको छ । नेपालको सामाजिक, साँँस्कृतिक विशेषताको बारेमा उनले बोलेका छन् । यसमा राजनीतिक घट्ना परिघट्नाहरुको सन्दर्भ उठाएर ठीक वेठिक के हो भन्ने बारेमा पनि लेखेका छन् । उनी विचारमा प्रष्ट छन् ।
लामो समयसम्म शिक्षकको भूमिका निर्वाह गरेका दुवालले नेपालको शैक्षिक क्षेत्रको दुर्गती र त्यहाँ देखापरेका विकृति र विसंगतीको साँङ्गोपाङ्गो चित्रण पनि यस पुस्तकमा पढ्न पाइन्छ । उनी कवि कमलो मनका छन् फुलको सौन्दर्यतामा रमाएका छन् यहाँ भने मान्छेको कुदृष्टीमा फूल रिसाएको अभिब्यक्ति दिएर मान्छेको निष्ठुरीताको पक्ष उल्लेख गरेका छन् ।
हाम्रा आफ्नै प्रचलित संस्कार र संस्कृतिहरुका विकृत पक्षहरुको बारेमा पनि उनले वोलेका छन् । देशको भयावह, राजनीतिमा भित्रिएका विकृति उजागर गर्ने यत्न गरिएको छ यो कृतिमा । विगतको दरवार हत्याकाण्डमा कविमन दुखेर पोखिएको छ । नेवारी साहित्य, नेपाली साहित्य,नेवा संस्कृति आदिको बारेमा पनि महत्वपूर्ण आलेख समावेश गरिएको छ । वृद्धको शान्ति भूमी अशान्ति छाउँदा कविमन दुःखी बनेको छ । भत्भती पोलेको छ दुवालको मन गरिवी र अभावले आक्रान्त नेपाली जनताको सकसमा ।नेताहरु नीति प्रधान नभएर व्यक्ति प्रधान भएसँग असहमत छन् उनी । नयाँ नेपालमा परिवर्तनको अनुभूति गर्न नसकेका दुवाल विगतको संविधानसभाको सन्दर्भमा पनि वोल्छन् । जनमतको सबैले कदर गर्नुपर्नेमा उनको जोड छ । विरालो थुनेर श्राद्ध गर्ने परिपाटी समयानुकुल शंसोधन हुन अपरिहार्य भएको बताउँछन अक्षरमा विचार मार्फत दुवाल ।
नेपाली भाषा साहित्यका निरन्तर साधक मोहन दुवालको यो पछिल्लो कृति राजनीति,दर्शन,नेपाली तथा नेवारी भाषा साहित्य, विकास, राष्ट्र र राष्ट्रियता, शान्ति, सुव्यवस्था, माओवादी आन्दोलन, शिक्षा, महिला लगायतका विविध विषयमा उनको दृष्टिचेतले पोतिएका रचना गर्भहरु रहेका छन् । जुन महत्वपूर्ण छन् । ओजिला छन् । विषयवस्तुमा गहिरो भाव व्यक्त भएका छन् । विचारले अव्बल छन् । भावनाले भरिपूर्ण छन् । निष्कर्षमा भन्दा पठनिय छन् । जनमत वाङ्मय प्रतिष्ठानले यसलाई प्रकाशन गरेको हो । हार्दिक बधाई मोहन दुवाललाई । (प्रदीप)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0