Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दीक्षित हुनेमा उल्लेख्य छात्राको संख्या

प्रभातफेरी अनलाइन १११३ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ६, मंगलबार (४ साल अघि)
Post Thumbnail

काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले हालै गरेको दीक्षान्त समारोहमा छात्रभन्दा छात्राहरुको उपस्थिति बाक्लो रहेको तथ्यांकले देखाएको छ ।
यसबाट के कुरा पुष्टि हुन्छ भने विस्तारै शैक्षिक जनशक्तिमा पुरुषहरु पछि पर्दैछन् भन्ने संकेत दिन्छ । यसो भनिरहँदा छात्राहरुको संख्या वृद्धि हुनु नराम्रो होइन तर जनसंख्याको आधारमा ४९÷५१ प्रतिशतको आधारलाई हेर्दा र दीक्षान्त समारोहमा प्रस्तुत गरिएको तथ्यांकलाई हेर्ने हो भने समस्याको रुपमा देखा परेको छ ।
त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको ४७औं दीक्षान्त समारोहमा कुल २६ पदकमध्ये ६१ प्रतिशत छात्राले पाएका छन् । कतिले १ त कतिले २÷३ सम्म पाएका छन् । यसरी प्राप्त पदकको तथ्यांकलाई मानिरहँदा नेपालको शैक्षिक गुणस्तरको बारेमा प्रश्न चिन्ह नउठ्ला भन्न सकिन्छ ? त्यसैले सरोकारवाला निकायले गम्भीर ध्यानाकर्षण दिन ढिला भइसकेको बौद्धिक वृत्तमा चर्चा चलेको छ । त्रिभुवन विश्वविद्यालय गोल्ड मेडेलिस्ट र पिएचडि उपाधि प्राप्त विद्यार्थीलाई मात्र बोलाएर गरिएको दीक्षान्त समारोहमा यो वर्षमा झण्डै ३० हजार विद्यार्थीहरुले ट्रान्सक्रिप्ट लगेका छन् । यसरी ट्रान्सक्रिप्त लानुपर्ने अवस्था कोभिड नै प्रमुख कारण हो । अन्यथा सम्पूर्ण विद्यार्थीहरुलाई सामूहिक बोलाएर सामूहिक रुपमा दीक्षित हुन पाउने अधिकार सबैको थियो । यस वर्ष मात्रै यो अवस्था सिर्जना हुन गएको हो । यो समस्या त्रिभुवन विश्वविद्यालयमा मात्र होइन काठमाडौं विश्वविद्यालय लगायत मुलुकका अन्य विश्वविद्यालयहरुमा पनि रहेको छ ।
यस वर्ष त्रिभुवन विश्वविद्यालयबाट दीक्षित हुनेको संख्या अघिल्लो वर्षको दाँजोमा ५० प्रतिशत कम छ । स्नातकदेखि पिएचडि सम्म गरी ४७औं दीक्षान्त समारोहमा २९ हजार ७ सय २९ विद्यार्थी दीक्षित भएका तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष यो संख्या ५९ हजार विद्यार्थी दीक्षित भएको छ । यसरी झण्डै २० हजारको हाराहारीमा दीक्षित हुने विद्यार्थीहरुको संख्या घट्नुको पछाडि त्रिभुवन विश्वविद्यालयले कोभिडलाई कारण देखाएको छ भने यसको आलोचकका रुपमा बौद्धिक वृत्तहरुले विश्वविद्यालयहरुको कमजोरीका कारण यो अवस्था आएको चर्चा गरिरहेका छन् । यसमा पनि ६१ प्रतिशत छात्राहरुको मात्रै बाहुल्यता रहनुले नेपालमा युवाहरु कहाँ छन्, के गरिरहेका छन् भनिराख्नु नपर्ला । त्यसैले सम्बन्धित निकायले यस विषयमा गम्भीरताका साथै कुरा उठाओस् र यस किसिमका कमी कमजोरीका लागि जिम्मेवार रहेका जो कोहिलाई पनि कठघरामा ल्याउने साहस गरोस् भन्ने ठम्याई हाम्रो छ ।
तसर्थ यो मुलुकबाट शैक्षिक गुणस्तरयुक्त जनशक्तिको पलायन दिनप्रतिदिन हुने संकेत देखिएको छ । आज मुलुकका कुना कन्दरामा लास उठाउने युवाहरु पाइँदैन । यो सबै राजनीतिक रुपमा अकर्मण्यताको पराकाष्टको रुपमा लिनुपर्ने हुन्छ । त्यसैले सम्बन्धित सरोकारवाला निकाय यस किसिमका तथ्यांकहरुप्रति गम्भीर बन्दै जसको जहाँ जे कमीकमजोरी भएका छन्, त्यसलाई सुधार गरेर शैक्षिक माफियाबाट मुलुकलाई अलग राख्नको लागि जिम्मेवार बनौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0