विनिता थोकर
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पनौती नगर समितिको आयोजनामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं पूर्व श्रम राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले यहि अवस्थामा एमसीसी संसदबाट पास नहुने ठोकुवा गर्नुभएको छ ।
राष्ट्रिय राजनीतिमा सो विषयलाई लिएर माओवादी केन्द्रप्रतिको धारणा राख्ने क्रममा इन्चार्ज दोङले आठौं महाधिवेशनमा सो विषयमा गहन छलफल भएको र यो अवस्थामा एमसीसी संसदबाट पास हुन नसक्ने ठहर कार्यकर्ता तहबाट उठेको हुँदा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित जनचाहनालाई उपेक्षा गरेर राष्ट्रको हित विपरितमा नजाने निर्णय गरेर बताउनुहुँदै ६ दिनसम्म चलेको बहसले एमसीसी विश्व अर्थतन्त्र, विश्व बजार र समाजवादका बारेमा गहिरो अध्ययन, छलफल र बहसबाट निचोड निक्लेको बताउनुभएको छ ।
पार्टीले जुन नीति अख्तियार गरेको छ, त्यो नीति अुनसार कार्यकर्ताहरु परिचालित हुने र समाजवाद उन्मुख अर्थतन्त्र अगाडि बढाउनका लागि विश्वबजारमा माओवादीको भूमिका कस्तो हुने ? र त्यसले विश्व अर्थतन्त्रलाई कस्तो प्रभाव छोड्ने भन्ने सवालमा बहस भएको हुँदा जुन किसिमले अर्थतन्त्र चलेको छ, त्यसमा माओवादी केन्द्रको कुनै विश्वास नभएको निचोड निक्लिएको नेता दोङले कार्यक्रममा प्रष्ट्याउनुभएको थियो ।
नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिपादन गरेको समाजवाद र माओवादी केन्द्रले अंगीकार गरेको समाजवाद फरक रहेको चर्चा गर्नुहुँदै कार्यकर्ता तहबाट सो सम्बन्धमा नेपाली जनहरुलाई बुझाउनुपर्ने तर्क गर्नुभएको छ । कहिल्यै पनि नेपाली कांग्रेस र नेकपा एमाले जस्तो हुन नसक्ने नीति सहित माओवादी केन्द्र अगाडि बढेको स्मरण गराउनुहुँदै जनयुद्ध शुरु हुँदाका दिनहरुका बारेमा चर्चा गर्नुहुँदै ४ थान भरुवा बन्दुकबाट शुरु भएको जनयुद्धले २ सय ३८ वर्ष लामो इतिहास बोकेको राजतन्त्र मात्र ढलेन, त्यसका अवशेषहरु समेत माटोमा मिलेको स्मरण गराउनुहुँदै माओवादी विचार, सिद्धान्त, आन्दोलनका बारेमा कमजोर नआँक्न पनि नेता दोङले कार्यकर्ताहरुलाई प्रशिक्षित गराउनुभएको थियो । पार्टी एकीकरणतर्फ इंकित गर्दै नेता दोङको कथन थियो– जुन उद्देश्यसहित पार्टी एकता भएका थियो, त्यो एकतालाई केही भ्रष्टहरुले भ¥याङ्गको रुपमा प्रयोग गरेर त्यसको अवशेष मेट्ने काम भयो । जहाँ आशा गरिएको थियो, त्यहाँ भरोसा नै टुट्यो । त्यहाँ विचारको नाश भयो, संगठनको नाश भयो र अड्को थाप्ने संस्कारको विकास भयो । जसले पार्टी एकतालाई अनन्तसम्म टिक्न दिएन र आज नेपाल कम्युनिष्ट पार्टीको अवस्था यथार्थमै भन्नुपर्दा धरासयीमा पु¥याउने काम ७० करोडका बिल्ला भिर्नेहरुले गरे । यो इतिहासमा कालो अक्षरमा लेखिएको दिनका रुपमा पाउनेछौं । जति नै गुलिया भाषणहरु गरेपनि कम्युनिष्ट आन्दोलनलाई साम्राज्यवादीहरुको पोल्टामा पु¥याउने काम ७० करोडका हिमायतीहरुले गरेकै हुन् । यसको हिसाब किताब काभ्रेली जनताले गर्नेछन् भन्ने उद्घोष नेता दोङले कार्यक्रममा गर्नुभएको थियो ।
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मिना तामाङ (रञ्जिता) को कथन थियो– गलत संस्कारको अन्त नभएसम्म नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने बताउनुभएको छ । यदि पार्टीलाई अगाडि बढाउने हो भने हामीभित्र मौलाएको अहम्तावाद अन्त हुनुपर्छ । आफू भए ठिक अरु भए बेठिक भन्ने संस्कारबाट हामी माथि उठ्नुपर्छ । तब मात्र पार्टी माथि उठ्न सक्ने उद्घोष नेता तामाङको थियो ।
त्यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको कथन थियो– जनयुद्धका सुरुवाती दिनहरु सम्झौं, जतिबेला १९ जना योद्धा भएर शुरु गरिएको युद्ध आज यो अवस्थामा आइपुगेको छ । हाम्रो बाटो परिवर्तन भएको हो, लक्ष्य र उद्देश्य परिवर्तन भएको छैन । जबसम्म हामी हाम्रो विचार, संगठन, उद्देश्यमा प्रतिबद्ध हुन्छौं, अनुशासनमा बाँधिन्छौं तब उपलब्धी प्राप्त गर्छाैं तर अहिले हामीमा यि सबै कुराहरु हामी छोड्दै गएका छौं । हामीसँग प्रतिबद्धता छैन, अनुशासन छैन, नेताको जीवनशैलीका बारेमा लोभिएका छौं तर आफ्नो धरातल बिर्सिएका छौं । जबसम्म आफ्नो धरातल बलियो बनाउँदैनौं, तबसम्म संगठन अगाडि बढ्न सक्दैन ।
अन्य पार्टी र हाम्रो माओवादी पार्टी संरचना फरक छ । त्यसैले उनीहरुको र हाम्रो बिचमा तुलना गर्न मिल्दैन । जबसम्म हामीमा यसको बारेमा चेतना फैलिँदैन, तबसम्म हाम्रा उद्देश्यहरु प्राप्त हुँदैनन्, लक्ष्यमा पुग्न सक्दैनौं । त्यसैले विचारप्रतिको प्रतिबद्धता आजको आवश्यकता हो । अन्यायका विरुद्ध, विभेदका विरुद्ध हामी जनतासँग हातेमालो गरेर अगाडि बढ्न सक्दैनौं, तबसम्म संगठन, संगठन हुन सक्दैन । त्यसैले हामीले हाम्रो लडाईको चरित्र बदलेका हौं, लडाईं बदलेका छैनौं । हरेक मोर्चामा आ–आफ्नो जिम्मेवारीलाई पूरा ग¥यौं भने समाजवादी आन्दोलनको बाटो समात्ने छौं । हामीले हाम्रो जिम्मेवारी पूरा ग¥यौं भने यो लडाईं जित्नेछौं । त्यसैले विचारमाथिको प्रतिबद्धतालाई आत्मसाथ गरौं । आफू–आफू बिचमा हिलो छ्यापाछ्यापको संस्कार अन्त्य गरौं । तब मात्र माओवादीको एजेण्डाहरुले स्थान प्राप्त गर्नेछ ।
नेतृत्व, संगठन, विचार र बैठकबीच सामञ्जस्यता कायम गर्दै संगठनलाई चुस्त, दुरुस्त रुपमा अगाडि लैजाने प्रण गरौं । यति गर्न सक्यौं भने मात्रै हामीले नेपाली जनतामाथि न्याय गरेको पुष्टि हुनेछ भन्ने तर्क अध्यक्ष पौडेलको थियो ।
कार्यक्रममा नेकपा माओवादी बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङ छिन्ताङ, प्रदेश सदस्य होमबहादुर खुलाल, जिसस रमेश हुमागाईं, पनौती नगर अध्यक्ष हस्तबहादुर तामाङ, सुशिला सुवाल, इन्द्रकुमार श्रेष्ठ, लोकनाथ सापकोटा, जयराम आचार्य, विदुर थापा, सहदेव श्रेष्ठ, कमल सापकोटा, सुदर्शन प्रधानाङ्ग, मानबहादुर लामा, ताराबहादुर खड्का, नकुल परियार, प्रल्हाद शर्मा हुमागाईं लगायतका नेतृत्वले पार्टीका समसामयिक विषयका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन माधव हुमागाईंले गर्नुभएको थियो भने अध्यक्षता नगर अध्यक्ष हस्तबहादुर तामाङले गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |