Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मकरमेलाको नाममा चरम अनियमितता भएको छ ः सभापति भण्डारी

प्रभातफेरी अनलाइन १९८६ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २७, मंगलबार (४ साल अघि)
मकरमेलाको नाममा चरम अनियमितता भएको छ ः सभापति भण्डारी

काभ्रे । नेपाली कांग्रेस पनौती नगर ४ नं. वडा समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेस पनौती नगर सभापति रामशरण भण्डारीले मकरमेलाको नाममा पनौती नगरपालिकाले चरम अनियमितता गरेर बताउनुभएको छ ।
चुनाव खर्च उठाउने माध्यमको रुपमा मकरमेलालाई बनाएकोमा आपत्ति जनाउँदै बिना योजना, बिना अनुगमन, आफ्ना आसेपासेहरुलाई पैसा बाँड्ने काम भएको आरोप लगाउनुभएको छ । कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै त्रिवेणीघाट देखि दुधमिलसम्म पुण्यमाता किनारमा बनाइएको नहरले पनौतीको पहिचान देखिएको बताउनुभएको छ । त्यहाँ निर्माणमा प्रयोग गरिएका सामग्री र त्यसको गुणस्तरको बारेमा चौतर्फी आलोचना भएतापनि नगरको तर्फबाट कुनै सुनुवाई नगरिएको र उल्टो पेलेर जाने काम भएको सभापति भण्डारीको आरोप थियो ।
पनौती नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतका नेतृत्वहरुको निर्देशनमा जुन किसिमका गतिविधिहरु भएका छन्, ति निन्दनीय छन् । यसले पनौतीको पहिचानलाई प्रश्न चिन्ह उठाएको र यो गतिविधिले नेकपा एमालेको भविष्यमाथि नै प्रश्न चिन्ह खडा गरेको बताउनुभएको छ । भ्रष्टाचार गर्नेभन्दा अरु केही देखेको छैन पनौती नगरले । पाइला–पाइलामा भ्रष्टाचार भएका छन् । अहिले मकरमेलाका नाममा जुन किसिमको अनियमितता भएको छ, यसको लेखाजोखा पनौतीवासीले गर्नेछन् । निर्वाचनको वर्ष भएको कारण आफ्ना कार्यकर्ता मात्र नभनौं, जो कोहिलाई पनि आफूखुशी संरचना बनाउन छुट दिएको छ । जसले विश्व सम्पदा सूचीमा सूचीकृत हुने अवस्थामा रहेको पनौतीको प्राचीन ऐतिहासिक महत्व दर्शाउने संरचनाहरु ओझेलमा पर्ने भएका छन् ।
जुन किसिमको आँखा चिम्लेर सहमति दिएर कुर्सी बचाइराख्ने काम नगर प्रमुखबाट भएका छ, त्यो निन्दनीय मान्नुपर्छ । मतदाता रिझाउने नाममा पनौतीलाई कुरुप बनाउनु निन्दनीय भएको चर्चा गर्नुहुँदै सभापति भण्डारीको थप कथन थियो– पर्याप्त मात्रामा खोपहरु उपलब्ध हुँदाहुँदै जनतालाई खोप नलगाएर विभिन्न किसिमको परिपञ्च खडा गरेर सरकारलाई नराम्रो देखाउने नियत नगरले प्रष्ट गरेको पाइएको छ । यि र यस्ता किसिमका गतिविधिका बारेमा खबरदारी गर्नु नेपाली कांग्रेसको दायित्व भएको भण्डारीको कथन थियो । यो गलत परिपाटीका विरुद्ध अब पनि बोल्दैनौ भने कहिले बोल्ने ? मकरमेलाको नाममा जुन किसिमको अनियमितता भएको छ, यि बनेका संरचनाहरुको गुणस्तरियताको बारेमा हामीले खबरदारी गरेर अपराधिक मानसिकताग्रस्तहरुलाई न्यायको कठघरामा उभ्याउनुको विकल्प नरहेको चर्चा गर्नुहुँदै यसको हिसाब किताब नगरवासीले गर्ने सभापतिको कथन थियो ।
सम्बोधनकै क्रममा मकरमेलाको नाममा जुन किसिमको लथालिङ्ग अवस्था सिर्जना गरिएको छ, यसले नेकपा एमालेको नियत प्रष्ट भएको चर्चा गर्नुहुँदै मतदाता परिचयपत्र बनाउन आउने मतदाताहरुलाई अधिकारबाट बञ्चित बनाउन जुन किसिमको फारम लुकाउने काम गरेर विभेदको सिर्जना गरेको छ, त्यसको हिसाब किताब नेपाली कांग्रेसले पक्कै गर्नेछ भन्नुहुँदै नेकपा एमालेले जनताको माझ जाने अधिकार समेत गुमाइसकेको अहिलेको अवस्थामा नेपाली कांग्रेसले त्यस्ता खालका गतिविधिको भण्डाफोर गरेर नगरवासीलाई सुसूचित बनाउनुपर्ने अवस्था आएको बताउनुभएको छ । जब उमेर पुगेका मतदाताहरुलाई उसले प्रयोग गर्न पाउने मताधिकारबाट बञ्चित गराउन खोज्नु जस्तो निन्दनीय अपराध अरु के हुन सक्छ भन्दै प्रतिप्रश्न गर्न समेत सभापति भण्डारी पछि पर्नु भएन । उहाँले विकास निर्माणका नाममा किसानहरुलाई राज्यबाट प्रदान गरिएका अनुदानहरुको नाममा जुन किसिमको बेइमानी भएको छ, त्यो बेइमानी रोक्न सभापति भण्डारीले नगरपालिकालाई चुनौती दिनुभएको छ । कृषि अनुदानका नाममा, पशुपंक्षी अनुदानका नाममा वितरण भएका ति पाडापाडी वितरण हुन् या गाई वितरण वा बोका वितरण वा कृषि औजार र नगद अनुदान समेतमा कुनै पनि पारदर्शिता छैन । यति हुँदाहुँदै पनि भोटसँग अनुदान साट्न खोज्नु कहाँसम्मको निर्लज्ज काम हो ! त्यसको बारेमा नगरवासी सचेत हुनुपर्ने सभापति भण्डारीको आग्रह थियो ।
एमालेको निकृष्ट चरित्रले नगरवासीलाई स्तब्ध तुल्याएको दुखेसो पोख्नुहुँदै महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेस पनौती नगरका प्रत्यासी उपप्रमुख अञ्जु रञ्जितको कथन थियो– नेपालका कुनै पनि पालिकामा पनौतीको जस्तो अनियमितता भएको इतिहास छैन होला । चुनावको मुखमा जुन किसिमका संरचना बनेका छन्, त्यहाँ कुनै मापदण्डको सम्बन्ध छैन । खोला मिचिएका छन्, सार्वजनिक गौचरणहरु मिचिएका छन्, पाटीपौवाको अस्तित्व मेटिएको छ तर नगर अर्धचेत अवस्थामा लगाम लाएको घोडा जसरी आफ्ना गौंडेहरुलाई पोसिरहेको छ । यसको पछाडि आसन्न स्थानीय निर्वाचन नै एक मात्र गन्तव्य एमालेले देखेको नेतृ रञ्जितको ठोकुवा थियो ।
यथार्थमा मकरमेलालाई एउटा बहाना बनाएर चरम किसिमको अनियमितता भएको छ । अनावश्यक कर्मचारीहरुको भर्ती गरिएको छ । भन्नैपर्दा पनौती नगरपालिका कार्यालय मातहत एमाले कार्यकर्ता भर्ती केन्द्रको रुपमा परिचित हुन पुगेको छ । यस किसिमका अस्वभाविक, अराजनीतिक र विवेकहीन गतिविधिको खुलेर प्रतिवाद गर्नुको विकल्प नेपाली कांग्रेससँग नरहेको बताउनुहुँदै राज्य दोहनको जुन श्रृंखला छ, त्यसलाई रोकिँदैन भने नेपाली कांग्रेस प्रतिवादमा उत्रिन तयार रहेको पनि नेतृ रञ्जितले कार्यक्रममा उद्घोष गर्नुभएको छ ।
सम्बोधनकै क्रममा नेतृ रञ्जितले आसन्न निर्वाचनलाई लक्षित गर्दै अनियमितताको जुन जालो बिछ्याईएको छ, त्यो चिर्नुपर्ने दायित्व नेपाली कांग्रेसको रहेको खुलासा समेत कार्यक्रममा गर्नुभएको छ । यदि अहिलेको अवस्थामा यस किसिमका गलत क्रियाकलापका बारेमा नेपाली कांग्रेसले नगरवासीलाई सुसूचित गराउनु पहिलो दायित्व रहेको खुलासा समेत नेतृ रञ्जितले गर्नुभएको छ ।
कार्यक्रममा पूर्व वडा सभापति कुमार हुमागाईं, विनोद बञ्जारा, निर्वाचन क्षेत्र नं. १ ‘ख’ सचिव पदका उम्मेदवार अर्जुन बञ्जारा, सहसचिव सुरेन्द्र बञ्जारा, महेश थापा, सुनिल थापा, राजेश्वर बञ्जारा लगायतले वडा कांग्रेसको अवस्थाको बारेमा चर्चा गरेका थिए । सोहि अवसरमा विभिन्न विधामा योगदान पु¥याउने कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो भने विभिन्न क्लबहरुलाई खेलकुदका सामग्रीहरु समेत वितरण गरिएको थियो ।
त्यसैगरी वडाभित्र विभिन्न टोल, उपसमितिहरु गठन गरिएको थियो । जस अन्तर्गत दुल मिल टोल समिति संयोजकमा दिपक बञ्जारा, तरुण संयोजककमा नवराज लामा, किसान संयोजकमा टंक बञ्जारा, महिला संयोजकमा सुमित्रा थापा, चामखर्क टोल संयोजकमा प्रकाश महत, नेवि संघ संयोजकमा समिर बञ्जारा, सल्लाहकार समिति संयोजकमा मोहनकाजी श्रेष्ठ चयन गरेको वडा सचिव सुनिल थापाले जानकारी गरएका छन् ।
सो कार्यक्रम नेपाली कांग्रेस वडा नं. ४ को वडा कार्यालय शुभारम्भथार्थ गरिएको थियो । सोको अध्यक्षता वडा सभापति महेश थापाले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0