Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पृथ्वी

प्रभातफेरी अनलाइन ९९० पटक पढिएको प्रकाशित मिति: २०७८ माघ १४, शुक्रबार (४ साल अघि)
Post Thumbnail

– हेमन्त गिरी

देश कसले बनायो ?

मानिस भन्छ– मैले बनाएँ !

झण्डा कसले बनायो ?

मानिस भन्छ– मैले बनाएँ !

नक्सा कसले बनायो ?

मानिस भन्छ– मैले बनाएँ !

सीमाना कसले बनायो ?

मानिस भन्छ– मैले बनाएँ !

पृथ्वी कसले बनायो ?

यो भन्न पनि पछि पर्दैन मानिस– मैले बनाएँ !

धेरै थोक बनाउछु भनेर दावी गर्छ मानिस

इतिहास बनाउछु भन्छ,

इमारत बनाउँछु भन्छ,

भूगोललाई भाग लगाउँछु भन्छ,

भूमिमा हुकुम चलाउँछु भन्छ !

मानिस यत्ति मात्र भन्न सक्दैन–

जे बनेको थियो त्यसलाई बिगार्दिन !

पृथ्वीलाई अब थप फोहोर बनाउँदिन !

मानिस बन्नु अघि

धेरैथोक बनिसकेका थिए पृथ्वीमा !

मानिस बन्यो

अनि

पृथ्वी माथि नै औंला उठायो !

कहाँ कहाँ पस्छन

के के चलाउँछन

कता कता कोतर्छन

के के कोट्याउँछन

मानिसका औंला जत्तिका फोहोर पदार्थ

यो पृथ्वीमा अरु के होलान ?!

यो मौसममा औंलाहरुले

मगजको मलद्वार कोट्याइरहेछन

र

आफै सुंघिरहेछन

अनि भनिरहेछन–

छ्या, पृथ्वी गनायो !

धन्न मानिस,

तिमी संग तर्कका अनेक अत्तर छन

र

तिमी नमरे सम्म गनाउँदैनौ !!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0