Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पछिल्ला दिन दर्शनार्थीका कारण ट्राफिक व्यवस्थापनमा असहज पार्किङ्गवालाहरुको मनपरी

प्रभातफेरी अनलाइन ७३३३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १, आईतबार (३ साल अघि)
पछिल्ला दिन दर्शनार्थीका कारण ट्राफिक व्यवस्थापनमा असहज पार्किङ्गवालाहरुको मनपरी

काभ्रे । गत माघ १ गतेबाट सुरु भएको १२ वर्षे मकरमेला २०७८ अन्तिम संघारमा आइपुगेको छ । सो अवधिका बारेमा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेको कथन छ– कोभिडका बिच पनि श्रद्धालुहरुको उत्साहजनक सहभागितामा २०७८ को मकरमेलाले बिदा लिनै लाग्दा देखिएको उत्साहलाई चर्चा गर्दै “चाहना भए असम्भव भन्ने केही नहुँदो रहेछ” भन्ने उदाहरण मकरमेला २०७८ मा श्रद्धालुजनहरुले देखाएको सद्भावले पुष्टि गरेको बताउनुभएको छ ।

गत हप्ताको अविरल वर्षाले स्नान स्थललाई केही प्रभावित पारेता पनि श्रद्धालुहरुको श्रद्धामा भने कुनै किसिमको कमी आउन नदिएको सहभागीहरुले बताएका छन् । आस्थाको धरोहर सचितीर्थ उत्तर प्रयागका रुपमा परिचित यस भूमिमा जुन किसिमको उत्साहजनक सहभागिता देखियो, त्यसले धार्मिक पर्यटनमा अतुलनीय योगदान पु¥याएको नगर प्रमुख न्यौपानेको दाबी छ । काठमाडौं उपत्यका नजिक रहेको प्राकृतिक सौन्दर्यले सजिएको प्राचीन धार्मिक शहर विश्व सम्पदा सूचीमा सूचिकृत हुने अवस्थामा रहेको यस साँस्कृतिक धरोहर साँच्चै पनौतीवासीको गहना हो ।

पनौती राजधानीबाट ३२ किलोमिटर दक्षिण पूर्वको रुपमा रहेको यो नगरी धार्मिक तिर्थालुहरुका लागि पुण्य भूमिको रुपमा स्थापित छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो नगरी प्रकृतिको वरदान पनि हो । प्रकृतिको अनुपम स्नेह पाएको यो नगरीले जसलाई वास्तुकलाले शिखरमा पु¥याएको छ । यहाँको साँस्कृतिक परिवेशमा लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरु रमेका छन् । कलापूर्ण मूर्तिहरु, मठ–मन्दिरहरु, देवालयहरुले सजिएको यो कलात्मक भूमिका बारेमा जति नै चर्चा गरेता पनि अपूरै रहने स्नान गर्न आइपुग्नु भएका निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारीको कथनले प्रष्ट्याउँछ ।

सचितीर्थ, उत्तर प्रयाग आदि उपनाम पाएको यो धार्मिक नगरी हिन्दूहरुको आस्थाको केन्द्रबिन्दु हुनुको साथै पनौती प्रकृति र संस्कृतिको बेजोड मेलबाट बनेको आफूले पाएको अध्यक्ष ढोडारीको टिप्पणी थियो । प्राचीन समयमा अस्मनगर, पँलाती, अस्मपुर, पाञ्चाल, पुण्यमती जस्ता नामले पनौतीलाई चिनाएको अध्यक्ष ढोडारीले बताएका छन् । उहाँका अनुसार आफूहरु हिन्दू भएकै कारण १२ वर्षे मकरमेला भर्न उति टाढाबाट आएको स्मरण गराउनुहुँदै पनौतीमा रहेको १२ वर्षे मकरमेला नेपालकै ठूलो तिर्थस्थल मध्ये एक रहेको बताउनुभएको छ ।

धार्मिक किंवदन्ती अनुसार जुन किसिमको इतिहास पुरुषदेखि देवताहरुसम्मको पवित्र तिर्थस्थल एवं तपो भूमिको रुपमा स्थापित हुँदै आएको आफूले अध्ययनमा पाएको अध्यक्ष ढोडारीले बताउनुभएको छ । प्राचीन समयमा देवताहरुका राजा इन्द्र, विष्णु, महादेव, अहिल्या, शचि, पार्वती, गोरखनाथ, पाण्डव, रामचन्द्र लगायत देवी देवता र महापुरुषहरुले पनौतीलाई तपोभूमि मानेर आउने गर्थे भन्ने जनश्रुति रहेको बताउनुभएको छ । जस्तै जगत् गुरु शंकराचार्य, बन्धुदत्त, राजा मानदेव, हरिसिंह देव, नरेन्द्रदेव, पृथ्वी नारायण शाह र पछिल्लो समय बेलायतकी युवराज्ञी डायना जस्ता व्यक्तित्वहरुले पनौतीको मुक्तकण्ठले प्रशंसा गरेको इतिहास हामीले पढेका छौं । पनौतीको इतिहासमा विशेष गरी महत्वपूर्ण अर्थ राख्ने इन्द्रेश्वर महादेव जोडिएका छन् । यो मन्दिर पुण्यमाता र रोशी नदीको दोभानमा ४० मन्दिर र २८ जात्राको शहर भनेर चिनाउने भूमिमा छ । अझ भन्ने गरिन्छ, तत्कालिन पनौती जो एउटै ढुंगामा अवस्थित छ, यसलाई कुनै पनि प्राकृतिक विपद्ले हल्लाउन सक्दैन भन्ने विश्वास गरिँदै आएको छ । यो पावन भूमिमा भइरहेको १२ वर्षे मकरमेलालाई जुन किसिमको व्यवस्थापन गरिएको छ, त्यसको मुक्तकण्ठले सम्मान गर्नुको विकल्प नरहेको अध्यक्ष ढोडारीको प्रतिक्रिया छ ।

पछिल्ला दिनहरुमा स्नान गर्ने श्रद्धालुहरुको चाप बढ्नुको साथै चहलपहलमा पनि वृद्धि भएको छ । कतै यो अवस्थालाई धमिलो पानीमा माछा मार्न खोज्नेहरुले दुरुपयोग गर्ने त होइनन् भन्ने चिन्ता आम श्रद्धालुहरुमा उठेको छ । बाँकी दिनलाई पनि यस्तै किसिमले अगाडि बढाउन सरोकारवाला निकायसँग श्रद्धालुहरुले आग्रह गर्न पुगेका छन् ।
कोरोना जोखिम रहेता पनि पनौतीमा १२ वर्षे मकरमेला भर्नेको भिड लागेको छ । मकरमेला मूल आयोजक समितिका अनुसार माघ २० यता दैनिक ५० हजार हाराहारीमा भक्तजनहरु मकरमेला भर्न पनौती आउने गरेका छन् । आयोजकका अनुसार बिदाको दिनमा १ लाखभन्दा बढी भक्तजनहरु आउने गरेको बताउँछन् । पनौतीमा मकरमेला भर्न आउने दर्शनार्थीका कारण दिउँसभर जसो यातायात अस्तव्यस्त रहने गरेको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जनाउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0