Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २२, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

व्यवस्थापनमा अनियमितताको पराकाष्ट, भ्रमलाई चिर्दै पच्चिसौं लाख तीर्थालुले एकैदिन गरे स्नान

प्रभातफेरी अनलाइन ३९६६ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार (१ साल अघि)
व्यवस्थापनमा अनियमितताको पराकाष्ट, भ्रमलाई चिर्दै पच्चिसौं लाख तीर्थालुले एकैदिन गरे स्नान

काभ्रे । १२ वर्षे मकरमेलाको अन्तिम दिन गत शनिबार २५सौं लाख तीर्थालुहरुले एकैदिन स्नान गरेको आँकडा सामाजिक सञ्जालमा फैलिएको छ ।
तीर्थालुहरुको कारण भक्तपुर जगातीदेखि पनौतीसम्म पश्चिमतर्फ भने पनौतीदेखि काभ्रेभञ्ज्याङ्गसम्म बाटो अवरुद्ध हुन पुगेको थियो । २९ गते बिहान २ बजेदेखि साँझ ९ बजेसम्म निरन्तर तीर्थालुहरुको आगमनले पनि यि आँकलनहरु सत्य सावित भएको स्थानीय बुद्धिजीवि एवं अग्रज सामाजिक व्यक्तित्व प्रेमबहादुर प्रधानको तर्क थियो । उहाँका अनुसार पनौतीमा मकरमेला नहोस् भन्न चाहने तत्वहरुलाई अन्तिममा भएपनि राम्रै सबक सिकाएको दाबी गर्नुभएको छ । सो सम्बन्धमा पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष पुरुषोत्तम कर्माचार्यको कथन थियो– निकै चुनौतीपूर्ण अवस्थाबाट आज राहतको श्वास लिन पुगेका छन् । अब भन्दा फरक पर्दैन हिजो पर्व प्रभावित होला भनेर सहेर बसियो, अब ति यथार्थताहरु नागरिकले जान्न पाउनुपर्छ । यो मकरमेला नहोस् भन्ने नै चाहना राखेरै सम्पूर्ण तयारीको अन्तिम अवस्थामा पुगेर शुभारम्भ गर्नै लाग्दा मकरमेला नहुने भनेर जुन हव्वा पिटियो त्यो पनौतीवासीका लागि मात्र नभएर सम्पूर्ण हिन्दू धर्मालम्बीहरुको आस्थामाथि चोट पु¥याउने काम भयो । जुन कार्य पनौती नगरकै जिम्मेवार व्यक्तित्वहरुबाट भएकोमा दुई मत छैन । यस्ता गलत तत्वहरु रहेसम्म पनौती नगर अगाडि बढ्न सक्दैन भन्ने ठोकुवा नै गर्न चाहन्छु ।
नगर नेतृत्वले हात झिकेकै हो, म यो विषयमा नगर सभामा गम्भीर रुपमा उठाउन पछि पर्ने छैन । व्यवस्थापनको अत्यन्तै ठूलो कमजोरी भएकै हो । जुन किसिमको समितिहरु गठन गरिए, ति समितिहरुले के मकरमेलाको पक्षमा कति काम गरे भनिराख्नु नपर्ला । यस किसिमको यो कमजोर व्यवस्थापनले के संकेत गर्छ भने मकरमेलाका नाममा अनियमितता बढेको छ, बाटो, पेटी मापदण्ड मिचेर आफ्ना आसेपासेहरुलाई पोस्ने काम भएको छ । यो पनौतीवासीका लागि अपाच्य नै हो । बोल्न मिलेन, त्यतिबेला यि विषय उठाएको भए अवस्था अर्कै हुन पुग्ने भएकोले आजको दिन पर्खेर बसेकै हौं । नगर नेतृत्वले यो नभुलोस् कि मकरमेलाका नाममा जुन किसिमका गतिविधि भए त्यो क्षेम्य दिन लायक छैन । तीर्थालुहरुले कस्तो पानीमा स्नान गरे त्यो बताइराख्नु नपर्ला । किनकी जुन जिम्मेवारी ज–जसले लिएका थिए, तिनीहरुले आफ्नो जिम्मेवारी पूरा नगर्दा आलोचनाको भारी बोक्न प¥यो । यो सबै मकरमेलाको नाममा गठित कमजोर व्यवस्थापन नै यसको भागिदारी हुनेछ । जुन व्यवस्थापनले स्वयं सेवक परिचालन समिति भनेर गठन ग¥यो, इन्द्रेश्वर महादेवलाई साक्षी राखेर भन्छु मैले निकै पटक स्वयं सेवकहरुको बारेमा छड्के जाँच गरें, त्यसले के पुष्टि गरेको छ भने सीमित व्यक्तिहरुले त्यसको दुरुपयोग गरेको सहजै अड्कल गर्न सकिने तथ्य मसँग सुरक्षित छ । मैले बिहानदेखि बेलुकासम्म त्यो दिनको स्वयंसेवकहरुको उपस्थिति र गतिविधिलाई नियालेको थिएँ । पछि जुन ठाउँमा उहाँहरुले व्यवस्थापन गर्नुभएको थियो, त्यहाँ गएर बुझ्दा आफैंलाई लाजमर्दाे अवस्थामा पु¥यायो । फिल्डमा ५ जना हुन्छन्, खाना, खाजा ५० जनाको अभिलेख देख्दा मकरमेला साँच्चै लुटको धन फुपूको श्राद्ध भन्दा अरु केही होइन जस्तो लाग्यो भन्न पछि परेनन् वडा सदस्य कर्माचार्य ।
जुन किसिमले श्रद्धालुहरु स्वतः स्फूर्त रुपमा स्नान गर्न शचीतिर्थ आइपुग्नुभयो त्यसमा नगरको कुनै योगदान छैन लेखेर राख्दा हुन्छ । यो त सबै तपाईंहरु जस्ता निःस्वार्थ भावले सामाजिक सेवामा समर्पित सञ्चारकर्मी र सामाजिक सञ्जालको योगदान भन्दा फरक पर्दैन । नगरले प्रचारप्रसारका नाममा जुन किसिमको नौटंकी रचेर आफ्ना आसेपासेहरुलाई देश दौडाहमा घुमायो, त्यो गतिविधिप्रति मेरो गम्भीर आपत्ति छ । आज जुन उपस्थिति रह्यो, त्यसको श्रेय तपाईंहरुको सामाजिक सञ्जालमा पोखिएका अभिव्यक्ति नै हो । जसले देश प्रदेशमा रहेका श्रद्धालुहरुलाई आकर्षित गर्ने काम ग¥यो र मकरमेलामा अथाह जनसागरको उपस्थितिमा सम्पन्न भयो । यसको श्रेय तपाईंहरुजस्ता सञ्चारकर्मी बाहेक अरुले दाबी गर्ने हैसियत रहँदैन भन्दै आफ्ना अभिव्यक्तिहरु पोख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर २० गते

    २०८० मंसिर २० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आख्यान साहित्यका गौरवः रमेश विकल

    आख्यान साहित्यका गौरवः रमेश विकल

    Post Thumbnail

    गणतन्त्रको विकल्प सोच्ने अधिकार कसैलाई छैन

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0