Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नारीलाई स्वतन्त्र रुपमा अगाडी बढ्न देऊ

प्रभातफेरी अनलाइन ३०७ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (१ साल अघि)
Post Thumbnail

आधा आकास आधा धर्ती ओगट्ने महिलालाई निश्पक्ष ढंगबाट जवसम्म अगाडी बढ्न अंकुश लगाईन्छ तवसम्म मुलुकमा समृद्धि सम्भव रहन्न । महिलाहरुले आफ्नो हक अधिकारको लागि एक ढिक्का भएर अगाडी बढ्ने वातारणमा बाधक बन्नेहरुको चतु¥याई जवसम्म महिलाहरुले बुझ्दैनन् तवसम्म मिसन सम्भव रहन्न । हालको अवस्थामा महिलाहरुलाइ एक ढिक्का भएर अगाडी बढ्न नदिनको लागि दलहरु ठुलो बाधक बनेका छन् । झट्ट हेर्दा महिलाको हितको लागि कार्य गरेको देखाएपनि भित्रि रहस्य भनेको महिलाहरुलाई एक ढिक्का हुन नदिने नै भएको पुष्टि हुन्छ । तर यस्तो भित्रि सड्यन्त्र उच्च ओहदामा रहने महिलाले समेत बुझ्न सकेको अवस्था छैन । महिलाहरुले आफ्नो अधिकारको लागि एक हुने हो भने पुरुषहरुले अवसर नपाउने भएले गर्दा राजनीतिक विचारको आधारमा रुमलि रहेका छन् ।
११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गरिएको बिभिन्न कार्यक्रममा उपस्थित महिलाहरुको अवस्थालाई दृष्टिगत गर्दा समेत प्रस्त हुन्छ । आफ्नो हकअधिकारको लागि महिलाहरु एक ढिक्का छन् कि छैनन् भन्ने बिषयमा । कतिपए स्थानिय तहले मनाई रहेको दिवसमा पार्टीगत मात्रै नभई गुट गत व्यवहार समेत भएको पाइन्थ्यो । स्थानिय तहबाट खर्चहुनेगरी गरिएको कार्यक्रममा स्थानिय तहमा रहेका प्रमुख उृप—प्रमुखको गुटको आधारमा उपस्थित गराईनुले माहिलाहरुमा एक ढिक्का हुने वातावरणमा अवरोध गर्ने हो । स्थानिय तहको आयोजनामा भएको कार्यक्रमहरुमा त पारदर्सिता साथै सवै महिलाहरुलाई सहभागि हुने वातावरणबाट बञ्चित गराइन्छ भने पार्टीले आयोजना गरेकोमा त विचारको आधारमा बाईसास गर्नु स्वभाविकै हो ।
दलहरुले महिला सहभागिता ३३ प्रतिशत हुनुपर्छ भन्ने नाराहरु दिएपनि व्यवहारमा उतारेका छैनन् । भनाई अनुसार कार्य नगरीरहंदा पनि महिलाहरुले आफ्नो अधिकारको लागि बोल्न नसक्नुको कारण लगाम राजनीतिक दलको हातमा रहनु नै हो । जनसंख्याको आधारमा पुरुष भन्दा बढि महिलाहरु भई रहंदा जिम्मेवारी ३३ प्रतिशत भनि रहंदा महिलाहरु मौन रहनुको कारण पति दलको अंकुस नै हो । महिलाहरुले आफु स्वतन्त्र रुपमा अधिकारको खोजि गर्ने पक्षमा नरहेकै कारण साथै आरक्षणमै खुसिहनुले गर्दा प्रमुख जिम्मेवारी पाउनेमा विरलै पाइन्छ । महिला अधिकारकर्मीहरुले समेत डेढ दशकको अवधिमा राज्य सञ्चालनमा महिला प्रतिनिधित्व दोबर भएको भन्दै मख्ख रहेका छन् । ‘कार्यकारी पदमा महिलाको नेतृत्व र प्रतिनिधित्व कम छ, यसको मुल कारण भनेकै दलको नेतृत्वले संवैधानिक र कानुनी व्यवस्थाको मर्मलाई बुझ्न नसक्नु हो ।
कानुनले स्थानीय तहमा प्रमुख र उप—प्रमुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ । तर, राजनीतिक दलहरूले महिलालाई उपप्रमुखमा मात्रै उम्मेदवार बनाएका छन् । देसमा ७५३ स्थानीय तहका प्रमुख मध्ये २ प्रतिशतमात्रै महिला छन्, तर उपप्रमुखमा भने महिला ९३ प्रतिशत रहेका छन् । एस्तो हुनुको कारण स्थानिय तहमा महिला प्रमुख नरुचाएको होइन नरुचाउने वातावरण निर्माण गरिदिएको हो दललहरुले । महिलाहरुले आफ्नो हक अधिकारको लागि लड्नु भन्दा दलहरुको इसारामा नाचिरहंदा एक ढिक्का हुन नसक्नु जसका कारण अधिकार लिन नसक्नु प्रमुख कारण हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    सम्पत्ति छानविनको विकल्प छैन

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0