Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय तहमा पनौती नमूना नगर हो ः नगर प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन २४७६ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २९, आईतबार (४ साल अघि)
स्थानीय तहमा पनौती नमूना नगर हो ः नगर प्रमुख न्यौपाने

काभ्रे । आफ्नो पुनसंरचना भएको वार्षिक अवसरलाई उल्लासमय बनाउँदै सम्पन्न गर्ने क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले स्थानीय तहमा पनौती नमूना नगरको रुपमा स्थापित भएको र यसबाट अन्य पालिकाहरुले अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।
उक्त उल्लासपूर्ण भव्य र सभ्य सभालाई सम्बोधन गर्ने क्रममा प्रमुख न्यौपानेको दाबी थियो– ५ वर्षको यात्रामा पनौती नगरवासीका लागि अनुकरणीय कार्य पस्कने जमर्काे गरेको बताउनुहुँदै अधिकांश समय ५ वर्षीय कार्यकालमा भए गरेका विकास निर्माणको चर्चा गरेर थाक्नुभएन । नेकपा एमालेले आफ्नो स्थानीय निर्वाचन सम्बन्धी घोषणा पत्रमा व्यक्त गरेका सबै वाचाहरु करिब करिब पूरा भएको समेत दाबी गर्नुभएको छ ।
कार्यक्रममा सहायक जिल्ला अधिकारी अमरदीप सुनुवार, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, वरिष्ठ पशु चिकित्सक मणिप्रसाद सापकोटा लगायतका वक्ताहरुले नगरमा भएको उदाहरणीय कार्यहरुको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उक्त अवसरमा नगरपालिकाका बिभिन्न विधामा उत्कृष्टता प्राप्त गर्ने झण्डै ५ सयको हाराहारीमा संघ संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
नगरपालिका हलमा आयोजित पनौती नगरपालिका पुनसंरचना दिवस कार्यक्रममा शिक्षा, स्वास्थ्य, बालबालिका, कृषि तथा पशु, मकर मेला व्यवस्थापन, सुरक्षा, कला तथा साहित्य, सूचनाका क्षेत्र लगायत नगरपालिकामा २० वर्ष भन्दा बढी समय अवधि कार्यरत कर्मचारीहरुलाई दीर्घ सेवा पदक सहित पुरस्कारद्वारा सम्मान गरिएको छ ।
नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटालाई वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । यस्तै वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई नगरपालिकामा रही अनवरत सेवाको लागि सम्मानित गरिएको छ ।

यस्तै नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सैंजु, इन्जिनियर राजकुमार प्रधानलाई सम्मान गरिएको छ । सव–इन्जिनियर आशिषराज गौतमलाई शहरी विकास तथा योजना शाखा तर्फ उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट कृषि व्यवसायी, उत्कृष्ट कृषि प्राविधिकको रुपमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ । १२ वर्षे मकर मेलामा उपभोक्ता समितिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरु, स्वयंसेवकहरु संस्थागत विद्यालयतर्फ उत्कृष्ट प्राचार्यको रुपमा वसन्त नेपाललाई सम्मान गरिएको छ । पनौती नगरपालिकाको उत्कृष्ट वडा सचिवमा वडा नम्बर ८ का सचिव भगवान बस्नेतलाई सम्मान गरिएको छ ।
त्यसैगरी अक्षरमार्ग साहित्यिक त्रैमासिकका सम्पादक तथा साहित्यिक पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू नेपाली भाषा र साहित्यमा योगदान पु¥याएबापत, फोटो पत्रकार प्रशान्त श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर पनौतीका प्रेसिडेन्ट लायन प्रल्हाद शर्मा हुमागाईंलाई १२ वर्षे मकरमेलामा स्वयंसेवकहरु परिचालनमा उल्लेखनीय योगदान पु¥याएबापत र पत्रकार रामसुन्दर आचार्यलाई क्रियाशील सञ्चारकर्मीको रुपमा सम्मान गरिएको छ ।


स्वास्थ्य संस्था अन्तर्गत उत्कृष्ट सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा पनौती स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य सस्थाको रुपमा सम्मानित हुदै डा. चन्द्र शेखर यादवले सम्मान ग्रहण गर्नुभएको छ भने शिक्षातर्फ उत्कृष्ट सेवा प्रदान गरे बापत काभ्रे मावि पनौतीका प्राचार्य बसन्त नेपाल सम्मानित हुनुभएको छ ।
कार्यक्रममा पनौती नगरपालिकाले सम्पन्न गरेका विभिन्न बिकास निर्माणका क्रियाकलापलाई भिडियो मार्फत प्रस्तुत गरिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले मकर मेलाका निर्माणका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
पनौतीका १२ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारीहरु, क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षा, कृषि, स्वास्थ्य, साहित्य, संचारलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरु, स्वयंसेविकाहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त तामझामका बारेमा आफ्नो तिखो टिप्पणी राख्दै वडा नं. ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाईंको कथन थियो– चुनावको मुखमा आएर जुन किसिमको तामझामसहित कार्यक्रम गरिएको छ, यो एउटा आफ्ना कार्यकर्ता रिझाउन रचिएको नाटकभन्दा फरक पर्दैन भन्नुहुँदै हामी किनाराका साक्षीहरु असन्तुष्टि रहेर पनि उभिन बाध्य भएका छौं । संसदीय फाँटमा यस किसिमका गतिविधिहरु स्वभाविक पनि हुन् । सम्भवतः पनौती नगरको ५ वर्षीय कार्यकालमा यति ठूलो तामझामका साथ कार्यक्रम भएको यो नै पहिलो हुनुपर्छ र यो अन्तिम पनि हो । विभिन्न विधाको सम्मानका नाममा चुनावी खेती भएको प्रष्टै देखिन्छ । वर्षाैंदेखि समर्पित कर्मचारीहरुलाई उपेक्षा गर्दै आ–आफ्ना आसेपासे, सुसारेहरुको मन राख्ने काम भएको भन्दा फरक पर्दैन भन्न पछि पर्नुभएन वडा अध्यक्ष हुमागाईं ।


सम्मानित हुनेहरुप्रति मेरो केही गुनासो छैन, उहाँहरु बधाईका पात्र हुनुहुन्छ तर ति वर्षाैंदेखि लगनशील भई आफ्नो कार्यक्षेत्रमा समर्पित कर्मचारीहरुलाई किन बिर्सियो ? प्रश्न त्यहाँ हो । नगरको दूरदराजमा रहेर दिनरात नभनी खट्ने, अझ कोभिडको समयमा आफ्नो जीवनलाई हत्केलामा राखेर जिम्मेवारी बहन गर्ने ति कर्मचारीहरुलाई सम्मान व्यवहार गर्नुपर्दैन ? कसैलाई काखा, कसैलाई पाखा गरेर गरिएको सम्मानप्रति नै प्रश्न खडा गरेको छ । आज तामझामका साथ कार्यक्रम गरेर सम्मान गरियो, त्यो तामझाममा आफ्नो नि नाम आउला नि भनेर औंला भाँच्ने दर्जनौं कर्मचारीको मन उडाएको छ । यसरी पनपक्ष गर्नुहुन्न थ्यो भन्न खोजेको मात्र हो ।
त्यस्तै राजनीतिक दलका प्रतिनिधिहरुलाई किनाराका साक्षी बनाएर आफू आलोचना मुक्त हुने कुटिल खेल खेल्न सफल भए नगर प्रमुख भिम न्यौपाने, चुनावको मुखमा जुन किसिमको सभा गरियो यो आफैंमा अर्थपूर्ण छ । नगरवासीले तिरेको करको दुरुपयोग भएको छ भन्दै हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्रका पनौती नगर अध्यक्ष हस्तबहादुर तामाङ । चुनावी वर्ष भएरै भौतिक संरचना निर्माणमा कुनै मापदण्ड छैन । खोलैमा संरचना बनेका छन्, सडक मिचेरै भौतिक संरचना बनेका छन् । नगर पुनर्संरचनाको नाममा कार्यक्रम भइरहँदा यहि नगरबाट राज्य पुनर्संरचनाका लागि जीवनको आहुति दिने योद्धाहरुप्रति उपेक्षा गरिएको छ । नगरभित्रका खनिजजन्य खानीहरुका मापदण्डका बारेमा कुनै शब्द समेत उच्चारण भएनन् । यो सबैका पछाडि नगर प्रमुख लगायत नगर नेतृत्वको आशिर्वाद नभए त्यहाँसम्मको हर्कत गर्ने हिम्मत कसैको आउँदैन थियो । त्यसैले पूर्वजहरुले प्रयोग गर्ने उक्ति यहाँनेर उपयुक्त देखेको छु । मर्ने बेलाको दीप चहकिलो हुन्छ भन्ने उक्ति यहि रहेछ भन्नुहुन्छ अध्यक्ष तामाङ ।

कार्यक्रममा ११ ऐन संग्रह, सहकारी दर्पण बुलेटिन, मकरमेला सम्बन्धी प्रतिवेदन लगायतका प्रकाशन विमोचन समेत गरिएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0