काभ्रे । काभ्रे बहुमुखी तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले काभ्रेको शैक्षिक इतिहासलाई हेर्ने हो भने काभ्रे क्याम्पस शैक्षिक हबको रुपमा स्थापित भएको धारणा राख्नुहुँदै आइटी र व्यवस्थापन विषयलाई जोड दिनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
उद्घाटनको क्रममा प्रमुख अतिथि सिंहले २०३६ सालको राष्ट्रिय राजनीतिको परिवर्तनसँगै शैक्षिक संस्था फस्टाउँदै गएको चर्चा गर्दै संस्थागत विकास गर्न आफैंबाट लाग्नुपर्छ र ओभर राजनीतिज्ञहरुलाई निरुत्साहित गर्दै लैजानुपर्ने जरुरी रहेको बताउनुभएको छ ।
राज्यमा कानूनको अभावले संविधान गतिमा बढ्न नसकेको चर्चा गर्दै बहुमतको सरकार ढालेर एमालेले संसद चल्न नदिएकाले कानून बनाउन अप्ठ्यारो परेको बताउनुभएको छ । उहाँले क्याम्पसको लागि नमूना कायम गर्दै लैजान काम गर्नेभन्दा उखानेहरुलाई जनताहरुले पत्याउँदा काभ्रे क्याम्पसमा पनि झुट्टा मुद्दा लगाई फसाउन खोजिएको आरोप लगाउनुभएको छ ।
अहिले बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने भनेझैं २०१७ को पञ्चायती शासनको कुप्रथाले मेरो जीवनमा ठूलो भूकम्प लिएर आएको चर्चा गर्नुहुँदै राज्यलाई राजनीतिकरणबाट हटाउनुपर्छ र अनि मात्र विकासको गति अघि बढ्दै जाने बताउनुभएको छ । नेता सिंहले आइटी र व्यवस्थापन विषयहरुमा अहिलेको शिक्षालाई जोड दिनु आवश्यक रहेको र जन चाहनाअनुसार शिक्षाले गति लिनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेले काभ्रे क्याम्पस काभ्रेको इतिहास बोकेको शैक्षिक संस्था हो । हाम्रो समाजलाई शिक्षा नै महत्वपूर्ण उपलब्धी हुन आउँछ । त्यसैले प्रदेश स्तरीय कार्यक्रमबाट काभ्रे क्याम्पसलाई म र मेरो पार्टीबाट सक्दो सहयोग गर्ने र यसअघि पनि सांसद विकास कोषबाट सहयोग गरेको चर्चा गर्नुभएको थियो । नेता बादेले कृपया राजनीति गर्ने साथीहरुले निरंकुशतामा नधकेल्न विपक्षहरुलाई अनुरोध समेत गर्नुभएको थियो । त्यसैले शिक्षामा राजनीति गर्नु भनेको आफ्नै खुट्टोमा बञ्चरो हान्नु सरह हो, नेता बादेले थप्नुभएको छ ।
त्रिभुवन विद्यालय प्रतिनिधि एवं सञ्चालक सदस्य धु्रव पोखरेलले काभ्रे क्याम्पस यहि गतिमा अगाडि बढ्दै गए त्रि.वि.ले डिन प्रशासन कार्यालयको रुपमा विकास गर्न सकिने बताउँदै क्याम्पसले गुणस्तरीय शिक्षा (क्यूएए) बाट पुरस्कृत गरिएकोमा धन्यवाद दिँदै अब रोजगारी विश्वविद्यालयहरु आफैंले सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य राजाराम धौभडेल, पूर्व सह–प्राध्यापक रामशरण लुईंटेलले क्याम्पसको इतिहासको बारेमा उल्लेख गर्नुभएको थियो । नेपालमा १४ सय ६५ क्याम्पसमध्ये त्रिभुवन विश्वविद्यालयको अनुगमनको हिसाबले ५२ नं. मा पर्न सफल भई क्यूएए हासिल गरेको चर्चा गर्दै क्याम्पस प्रमुख केजी वैदारले अझ विस्तृत रुपमा क्याम्पसलाई सञ्चालन गर्ने सोच रहेको बताउनुभएको छ । सो कार्यक्रमको सभापतित्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थले गर्नुभएको कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष मोहन दुवालले धन्यवाद ज्ञापन गर्नुभएको छ । थियो भने कार्यक्रम सञ्चालन प्राध्यापक कृष्णप्यारी नकर्मीले गर्नुभएको छ ।
सोही अवसरमा प्रमुख अतिथि प्रकाशमान सिंहले साइन्स ल्याबको उद्घाटन गर्दै केदारनाथ प्रधान विद्वतवृत्ति पुरस्कार उत्कृष्ट थेसिसतर्फ एम.ए सोसोलोजी तह शैक्षिक सत्र २०७५÷७६ छात्रतर्फ मदन सापकोटा भुकम्प पश्चातको पुनःआवास र यसले पारेको प्रभावहरु शीर्षक र छात्रातर्फ सोनिया थापा Effects of Social Networking on Youth शीर्षक, शैक्षिक सत्र २०७६÷७७ छात्रतर्फ रमेश प्रसाद तिवारी सार्कि जातिमा आएको सामाजिक तथा साँस्कृतिक परिवर्तन शीर्षक, छात्रातर्फ शान्ति बोगटी A Sociological Study on Nursing Job and Family Relationship शीर्षक, शैक्षिक सत्र ०७७÷०७८ छात्रतर्फ जीवन वाटांकछी Role of Foreign Employment in Economic Status of People शीर्षक, छात्रातर्फ सविना पौडेल A Sociological Study on Gender Discrimination शीर्षक, शैक्षिक सत्र ०७६÷०७७ छात्रतर्फ जमान सिंह तामाङ Capital Structure and Profitability of Commercial Banks in Nepal शीर्षक, शैक्षिक सत्र ०७७÷०७८ छात्रतर्फ पूर्ण सिंह तामाङ Working Capital Analysis of Nepalese Hydropower Companies शीर्षक, छात्रातर्फ एलिशा बस्नेत Technical Analysis of Common Stock of Selected Commercial Banks शीर्षकमा पुरस्कृत हुनुभएको छ भने उत्कृष्ट प्रोजेक्ट वर्क रिपोर्टतर्फ बीबीएस तह शैक्षिक सत्र ०७५÷०७६ को छात्रातर्फ सम्झना रिमाल Loan Disbursement of Siddhartha Bank, ०७६÷०७७ को छात्रातर्फ रञ्जु तामाङ Assets and Liability management of Bindabasini and Budol Saccos र ०७७÷०७८ को छात्रा नितु यादव Financial Analysis of Yuwa and Nashika Darshan Saccos पुरस्कृत हुनुभएको छ ।
शैक्षिक पृष्ठ भूमिलाई केलाउने हो भने काभ्रेली शैक्षिक धरोहरहरुको उद्गम स्थलको रुपमा रहेको सरोकारवालाहरुले चर्चा गर्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |