Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माओवादी विजयी उन्मुख छ, राज्यसत्ता ब्यालेटबाटै कब्जा गरिनेछ ः नेता मिजार

प्रभातफेरी अनलाइन ३००५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २९, आईतबार (४ साल अघि)
माओवादी विजयी उन्मुख छ, राज्यसत्ता ब्यालेटबाटै कब्जा गरिनेछ ः नेता मिजार

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धुलिखेल नगर समितिको चौथो नगर बैठकलाई सम्बोधन गर्ने क्रममा बागमती प्रदेश सदस्य एवं क्षेत्रीय इन्चार्ज विष्णु मिजारले पछिल्ला राजनीतिक घटनाक्रमले माओवादी विजयी उन्मुख रहेको बताउनुभएको छ ।
जसको एजेण्डा उसैलाई साँचो ताल्चा दिन नेपाली जनता आतुर छन् । त्यसैले माओवादीहरु निराश बन्नुपर्ने अवस्था छैन । प्रत्येक मुद्दाहरुलाई गहन रुपमा जनताको माझ लैजान सक्यौं भने हाम्रो विजय नजिक छ । चुनाव पनि एउटा युद्ध हो । यो युद्ध जित्नका लागि सबै किसिमका हत्कन्दाहरु प्रयोग गर्नु आवश्यक छ । स्थानीय, प्रदेश र केन्द्रीय सत्ता कब्जाका लागि हिजो जसरी हतियार लिएर अगाडि बढेका थियौं, आज पनि शान्तिपूर्ण तवरबाट सत्ता कब्जा गर्नुको विकल्प छैन । माओवादीले गर्व गर्न सक्नुप¥यो । एउटा अठोट, सकारात्मक चिन्तन लिएर अगाडि जानुछ । जसरी मुलुक संक्रमणकालिन अवस्थामा पुग्न लाग्दै गर्दा सहज रुपमा अवतरण गराएर प्रतिगमनका नाइकेहरुलाई धूलो चटाउन सफल भएको माओवादी फेरि एकपटक ति हत्कन्दाहरु अपनाएर स्थानीय सत्ता कब्जाका लागि उठ्न जरुरी छ । जसले हारेको छ, उसैको तुजुकबाट तर्सिनुपर्ने अवस्था छैन । जति चुरिफुरि गर्नु छ यहि वैशाख ३० सम्म मात्र गर्ने हो एमालेले । त्यसैले एमालेका प्रत्येक कमजोरीहरुलाई जनताको माझ लगेर भण्डाफोर गर्नु प्रत्येक माओवादी कार्यकर्ताहरुको दायित्व हो ।
राजनीति विचार नभएको एमालेसँग अब कसैले पनि चिन्ता लिनु पर्दैन । उसले बाँडेका आश्वासनहरु चिर्दै प्रत्येक बस्तीमा पुगेर निर्वाचन सम्बन्धी जागरण ल्याउन सक्यौं भने मात्र जनताका मुद्दाहरु सम्बोधन गर्न सक्छौं । त्यसैले सिंगो मुलुक माओवादी एजेण्डामा अगाडि बढेको छ, दृष्टिकोण माओवादीकै छ । प्रत्येक पाइला पाइलामा माओवादीका एजेण्डाहरु घुमिरहेका छन् । त्यसैले प्रत्येक कार्यकर्ताहरुले आफ्ना दृष्टिकोणहरुलाई परिवर्तन गरौं, आत्मसात गर्दै हामी जित्छौं भन्ने दृढ अठोटका साथ अगाडि बढौं । कसैका वाहियात बहानाबाजीका पछि नलागौं । जसको अस्तित्व मेटिँदै छ, उसैले रचेका प्रोपोगाण्डाहरुसँग किन डराउने ? हिम्मत भए बहस गर्न चुनौती दिउँ ? जसले प्रत्येक कार्यकर्तामा एउटा उभार ल्याउनुछ । सम्भावनाको खोजी गरौं । ४०औं वर्षसम्म एमाले भनेर सिंगो जीवन समर्पित गरेकाहरुलाई भित्तामा पु¥याउने काम गरेको छ । त्यो यथार्थता देख्दादेख्दै हाम फाल्नेहरुलाई उही राम राम भन्न सकियो, काँध थाप्न सकिन्न । त्यसैले नवप्रवेशीहरुले खरानी घस्नु नौलो रहेन । अब त उनीहरुको भविष्य कति छ भनेर औंला भाँच्ने दिन आएको छ भन्दै नेता मिजार थप्नुहुन्छ– राजनीति बुद्धिमतापूर्वक समस्यालाई अवतरण गराउन सफल नेतृत्वप्रति सम्मान व्यक्त गर्दै जुन समस्यामा मुलुक आइपुगेको थियो, त्यसलाई आन्दोलनले मात्रै थेग्न सक्ने अवस्थामा थिएन । त्यसैले माओवादी नेतृत्वले जुन किसिमको बुद्धिमतता प्रयोग ग¥यो त्यसलाई मुक्तकण्ठले सम्मान गर्नुको विकल्प नरहेको नेता मिजारले खुलासा गर्नुभएको छ ।
मुलुकलाई जब–जब संकट आइपर्छ, तब–तब माओवादी अनि प्रचण्डको आवश्यकता महसुस हुन्छ । यो नगरमा तीन वर्षभित्र ९ अर्ब लुट्ने ओलिका मतियारसँग किन डराउनु प¥यो भन्दै धुलिखेल नगरपालिकामा भएका अनियमितताहरु जनताका माझ लैजान कार्यकर्तालाई नेता मिजारको आग्रह थियो । पराजय हामीसँग होइन, अशोकसँग घुमिरहेको छ । त्यसैले माओवादीका लागि फेरि एकपटक सुनौलो अवसर बनेर स्थानीय निर्वाचन आएको छ, त्यसलाई भरपूर रुपमा उपयोग गर्नको लागि प्रत्येक कार्यकर्ताहरुलाई एजेण्डासहित जनताको माझमा गएर जनमतलाई एक कठ्ठा गर्न आग्रह गर्नुभएको छ । धुलिखेल नगरभित्र नगर प्रमुखले देखाएको रबैया र जनताको आँखामा हालेको छारोको बारेमा भण्डाफोर गर्दै राजनीतिक रुपमा अग्रगामी छलाङ्ग मार्नु आज प्रत्येक माओवादी कार्यकर्ताको दायित्व रहेको नेता मिजारले स्मरण गराएका छन् ।
रणनीतिक पाटोको ख्याल गरौं । जुन भूगोलमा जस्तो किसिमको आवश्यकता महसुस हुन्छ, त्यही किसिमले योजनाहरु बनाऔं र प्रतिगमनका मतियारलाई बस्ती छिर्नबाटै बञ्चित गरौं । त्यसो गर्न सकियो भने मात्रै माओवादी झण्डा फहराउने छ । जनजाति, आदिवासी, दलित, पिछडा वर्ग लगायतले माओवादीको एजेण्डालाई सम्मान गर्न नसक्नु दुर्भाग्य हो । त्यसैले ति वर्गहरुमा गएर माओवादीको एजेण्डा सुसूचित गराउन सकियो भने विजय टाढा नभएको नेता मिजारको तर्क थियो । कार्यकर्ताहरुमा जुन किसिमको भ्रम सिर्जना गर्ने खेल प्रतिगमनका मतियारहरुले गरेका छन् त्यसका विरुद्ध संगीण बनेर उठ्नु आजको आवश्यकता रहेकोले प्रत्येक आदिवासी जनजातिहरुलाई जति उपलब्धीहरु हासिल भएका छन्, त्यो अन्य राजनीतिक परिवर्तनबाट आएको नभई, कसैको निगाहबाट आएको नभई माओवादी मर्न तयार भएर, मारिन तयार भएर प्राप्त भएका ति सीमित अधिकारहरुको रक्षाका लागि पनि माओवादीले जित्नु जरुरी छ । यिनै कुराहरुलाई मनन् गर्दै अगाडि बढ्न नेता मिजारले बैठकका सहभागीहरुलाई अपिल समेत गर्नुभएको छ ।
बैठकमा प्रदेश सदस्य एवं धुलिखेल नगरका इन्चार्ज यादव ढुंगेल (जमिन) ले बैठकका सहभागीहरुलाई जसरी जनयुद्धमा साम्राज्यवाद, विस्तारवाद र प्रतिगमनका दलालहरुलाई एक पछि अर्काे गर्दै धूलो चटाइएको थियो । त्यसैगरी यो स्थानीय सत्तादेखि केन्द्रीय सत्तासम्मको लागि अब हामीले मार्ग प्रशस्त गर्नुछ । तब मात्र समाजवाद उन्मुख राज्यसत्ताको परिकल्पना गर्न सक्छौं । तब मात्र दलित, जनजाति, आदिवासी, पिछडा वर्गको अधिकार सुनिश्चित गर्न सक्छौं । त्यसैले यो या त्यो बहानासँग हाम्रो सम्झौता हुने अवस्था छैन । हुने छ त केवल जनताका हक अधिकारका लागि, न्यायका लागि, समृद्ध मुलुक निर्माणका लागि हुनेछ । त्यसैले आसन्न निर्वाचनलाई १० वर्षे जनयुद्धको झझल्को मेटाउने गरी आँधीबेरी सिर्जना गरी जानुछ । जहाँ सिंगो राज्यसत्ताका मतियारहरु फेरि एकपटक झस्किनेछन् । त्यो किसिमको वातावरण सिर्जना गर्ने दायित्व नगरवासीको रहेको नेता जमिनले बैठकमा स्मरण गराउनुभएको छ । माओवादी केन्द्र धुलिखेल नगर समितिका अध्यक्ष पृथ्वी थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचनमुखी विभिन्न प्रस्तावहरु पास गर्दै जेठको पहिलो हप्ता धुलिखेल नगरमा माओवादी झण्डा फहराउने अठोटका साथ निर्वाचनमा होमिएको उद्घोष गरिएको छ । धुलिखेल नगरको सम्पन्न नगर बैठकले पारित प्रस्तावहरुलाई अक्षरसः पालना गर्ने नगर समितिले बैठकको अवसरमा व्यक्त गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0