Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माओवादीको एउटै मिसन सत्ता कब्जा गर्नु नै युद्धको अर्काे रुप पनि हो ः अध्यक्ष तामाङ

प्रभातफेरी अनलाइन १३९८ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार (३ साल अघि)
माओवादीको एउटै मिसन सत्ता कब्जा गर्नु नै युद्धको अर्काे रुप पनि हो ः अध्यक्ष तामाङ

काभ्रे । घोषित स्थानीय निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरु गाउँबस्ती पस्ने क्रम बाक्लिँदै गएको छ । सोही क्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पनौती नगर अध्यक्ष हस्तबहादुर तामाङसँगको सवाललाई जोड्ने प्रयास गर्ने क्रममा आज सिंगो मुलुक माओवादी केन्द्रको एजेण्डामा अगाडि बढिरहँदा हामीले स्थानीय सत्तामा किन धावा नबोल्ने ? “बाघको छालामा स्यालको रजाइँ” गर्ने दिन अब धेरै नभएको बताउनुहुँदै माओवादीको एउटै मिसन सत्ता कब्जा गर्नु नै युद्धको अर्काे रुप भएको बताउनुभएको छ ।


मंगलबार भएको उक्त भेटघाटमा आसन्न निर्वाचनलाई लिएर अध्यक्ष तामाङले यस पटकको निर्वाचनले कसैले आँकलन गर्न नसकेको परिणाम आउने ठोकुवा गर्नुभएको छ । माओवादी विचार हो, आन्दोलन हो, दिशा निर्दिष्ट एउटा पथ प्रदर्शक हो, जसले यो मुलुकलाई संघीय संरचनामा मात्र लगेन सदियौंदेखिको दासत्वबाट मुलुकलाई स्वतन्त्र बनाउने काम ग¥यो । आज जति पनि उपलब्धहरु प्राप्त भएका छन्, ति सिमित उपलब्धीहरुको संरक्षण गर्ने दायित्व माओवादीको काँधमा आएको छ । त्यसैले पनि स्थानीय निर्वाचनलाई उपयोग गर्दै समाजवाद उन्मुख राज्यसत्ता प्राप्तिका लागि अगाडि जानुको विकल्प छैन । त्यसैले द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्ने हामी कम्युनिष्टहरुले गम्भीरतापूर्वक यो युद्ध जित्नुछ । यो युद्ध जित्न सके मात्र आदिवासी जनजाति, पिछडा वर्ग, दलित, गरिब, निमुखा, शोषित, पिडित जनताका लागि खुशीका दिन आउने छन् भन्नुहुँदै अध्यक्ष तामाङको थप कथन छ– राष्ट्रिय राजनीतिलाई हेरेर स्थानीय स्तरमा योजना बनाउने होइन, आफ्नो भूगोल सुहाउँदो योजना लिएर गाउँबस्ती जान आवश्यक छ । तब मात्रै जनतासँग एकाकार भएर अगाडि बढ्न सकिन्छ ।
जबसम्म जनतासँग एकाकार भएर अगाडि बढ्ने हिम्मत रहन्न, तबसम्म समाजवादको सपना मात्रै देखाउने काम हुन्छ । जनताका लागि जनताले नै चुनेका जनप्रतिनिधिले मात्रै जनताको भावना बुझ्ने हिम्मत राख्दछ । तसर्थ, माओवादी पनौती नगर समितिको तर्फबाट नगरवासीमा आग्रह छ, निर्वाचनमा मत प्रयोग गर्दा पुनःउत्थानवादी प्रतिगमनका मतियारलाई चिनौं र हाम्रालाई होइन, राम्रालाई मतदान गर्न पनि अध्यक्ष तामाङले उक्त अवसरमा आग्रह गर्नुभएको छ ।
सोही क्रममा नगर उपाध्यक्ष सुशिला सुवालको तर्क छ– महिलामुक्ति आन्दोलनमा माओवादीले खेलेको भूमिकाका बारेमा जति नै चर्चा गरेपनि अपूरै रहने स्मरण गराउनुहुँदै हामी आदिवासी जनजातिहरुले जुन अधिकार प्राप्त गरेका छन्, त्यसका बारेमा गम्भीर भएर समिक्षा नगर्ने हो भने माओवादी आन्दोलनप्रतिको अपमान हुने बताउनुभएको छ । आज जति पनि आदिवासी जनजाति महिलाहरुले अधिकार प्राप्त गर्नुभएको छ, त्यो माओवादी योद्धाहरुको बलिदानको उपज हो । यदि उहाँहरुले आफूलाई मर्न र मारिनका लागि तयार नभएको भए आज हामीले यि अधिकारहरु उपयोग गर्न पाउने थिएनौं । त्यसैले त्यो बलिदानीलाई सम्मान गर्नका लागि पनि आसन्न निर्वाचनमा माओवादीले जित्नुको अर्काे विकल्प छैन । नेपाली जनताहरुले जसरी आफूलाई स्वतन्त्र रुपमा जिउने वातावरण प्राप्त गरेका छन्, त्यो चिरस्थायी बनाउनका लागि संघीयता, धर्मनिरपेक्षता, समानुपातिक लगायतका उपलब्धीहरुलाई संस्थागत गर्नका लागि पनि यो या त्यो नभनी माओवादीले जनमत लिनैपर्छ ।


नेपाली जनताले सबैको अभिलेख राखेका छन् । सोही अनुसार न्यायोचित निर्णय गर्नेछन् भन्ने विश्वास आफूले लिएको धारणा राख्नुहुँदै उपाध्यक्ष सुवाल थप्नुहुन्छ– विकास निर्माणका नाउँमा निमर्म तरिकाबाट भएका अनियमितताहरुका बारेमा खबरदारी मात्र होइन, भण्डाफोर गर्नु आजको आवश्यकता रहेको छ । जुन अनियमितता भएका छन्, त्यसका विरुद्ध नागरिकहरुलाई सुसूचित गराउन सकियो भने मात्र हाम्रो आन्दोलनको सार्थकता महसुस गर्न पाउनेछन् । त्यसैले प्रत्येक बस्ती बस्तीबाट अनियमितताका बारेमा आवाज बुलन्द गर्दै आसन्न निर्वाचनलाई अन्तिम युद्धको संज्ञा दिँदै आन्दोलनको आँधीबेरी सिर्जना गर्नु प्रत्येक माओवादी कार्यकर्ताको जिम्मेवारी हुन आउँछ । यो अवस्थामा यो जिम्मेवारलाई व्यवहारमुखी बनाएर अगाडि जानुको अर्काे विकल्प पनि माओवादीमा छैन । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा टेकेर प्राप्त सिमित अधिकारहरुलाई उपयोग गर्ने क्रममा जुन नीति अख्तियार गरेको छ राज्यले, त्यस नीतिलाई बस्तीसम्म पु¥याएर व्यवहारमा उतार्नु प्रत्येक माओवादी कार्यकर्ताको जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा नभएसम्म निरन्तर आन्दोलनमा होमिनु कर्तव्य हुन आउँछ । यो अवस्थामा जुन विकृतिहरु हाम्रो समाजमा भित्रिएको छन्, ति विकृतिहरुलाई चिर्दै माओवादीमाथि प्रतिगमनकारी, पुनःउत्थानवादीहरुले लगाएको आरोप तथ्यहिन र मिथ्या रहेको जानकारी नागरिकसम्म पु¥याउन जरुरी छ ।
ति यथार्थहरु जनतासामु लैजाने माध्यम भनेकै स्थानीय चुनावको उपयोग गर्ने एउटा साधन भएकोले सो साधनलाई भरपुर रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने तर्फ सबै नेतृत्व पंक्तिदेखि तल्लो कमिटीसम्मका कार्यकर्ताहरुले मनन् गर्न जरुरी छ । तब मात्र नेपाली जनताले अपेक्षा गरेको समाजवादको गोरेटो कोर्न सकिएला । नत्र कुरामा मात्रै सीमित रहने हाम्रो परम्पराले निरन्तरता प्राप्त गरेको भन्दा अर्काे विकल्प दिनसक्ने अवस्था माओवादीसँग नहुन पनि सक्छ । यो जटिल परिवेशलाई सूक्ष्म अध्ययन गरी अगाडि बढ्न सकियो भने समाजवाद उन्मुख राज्य व्यवस्थाका लागि सहज मार्गचित्र प्रस्तुत गर्नसक्ने क्षमता नेपाली जनताले माओवादीलाई दिनेछन् । मात्र कसरी र कति लिने भन्ने दुविधामा माओवादी रहेको आफूले महसुस गरेको उपाध्यक्ष सुवालको तर्क थियो ।
सोही क्रममा उपाध्यक्ष सुवाल थप्नुहुन्छ– जुन योगदान गरेर जति अधिकारहरु प्राप्त भएका छन्, त्यसको संरक्षण गर्ने दायित्व माओवादी भन्दा अन्य कित्तालाई नभएको स्मरण गराउनुहुँदै राज्य सञ्चालनका क्रममा जुन किसिमका आरोह अवरोह आएका छन्, त्यसलाई विधि सम्वत् ढंगबाट अन्त गर्नका लागि पनि यो निर्वाचनमा माओवादीले जित्नु छ । लाग्छ, नेपाली जनताले र विशेष गरी पनौती नगरवासीले यो पटक माओवादीलाई सम्मान गर्नेछन् र आफ्नो गोठालो राख्नेछन् भन्ने विश्वास लिएको उपाध्यक्ष सुवालको जिकिर छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0