Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वाङको आगमनलाई सकारात्मक रुपमा लिनुपर्छ

प्रभातफेरी अनलाइन ५८८ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार (४ साल अघि)
Post Thumbnail

एमसीसीले आक्रान्त बनेको नेपाली राजनीतिले फड्को पार गर्ने संकेत मिलेको छ । चीनको स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको ३ दिने नेपाल भ्रमणले नेपालीहरुबीच अब चीनसँगको सम्बन्ध बिग्रियो भन्ने आशंका निवारण हुने आशा पलाएको हो ।
जुन अवस्थामा एमसीसी नेपाल प्रवेश ग¥यो, त्यसपछिका दिनहरु नेपालीहरुका लागि सहज भएनन् । त्यसको पछाडि छिमेकी राष्ट्रहरुसँगको सम्बन्धमा केही आँच आएको आशंका नेपाली जनहरुले गरिरहँदा वाङको आगमनले उत्तरतिरको चिसिएको सम्बन्धमा सुधार हुने अपेक्षा राखेका छन् । अघोषित रुपमा नाकाबन्दी भन्दा पनि फरक नपर्ने किसिमबाट नाकाहरुमा कारोबार भइरहेको अवस्थामा वाङको आगमनलाई महत्वका साथ हेरिएको छ ।
यो आगमनलाई आगमनमै सीमित नराखी यसलाई नगदको रुपमा सल्टाउन सक्नु नेपाली राजनीतिभित्रको बुद्धिमत्तापूर्ण प्रयोगका रुपमा लिन सकिन्छ । तसर्थ, राष्ट्रिय राजनीतिले एकपटक फेरि कोल्टो फेर्ने अपेक्षा नेपाली जनहरुले राखेका छन् । यो अवस्थामा वाङको सद्भावपूर्ण भ्रमण फलदायी बनाउनुको साथै चीन र नेपालीबीचको सुमधुर सम्बन्ध प्रगाढ हुने अपेक्षा राखिएको छ । वाङको नेपाल भ्रमणको सम्बन्धमा सार्वजनिक भएको विज्ञप्ति अनुसार राष्ट्रपति देखि विपक्षी दलका नेतासम्म भेटघाट रहने कार्यक्रम देखिरहँदा यसबीचमा नेपाल र चीनसँगका व्यवसायिक नाकाहरुबाट भित्रिनुपर्ने सामानहरु सोचे जसरी नआएकोमा व्यवसायीहरु चिन्तित छन् अहिले ।
त्यसैले पनि यो भ्रमणले महत्व राख्छ भन्ने अपेक्षा विशेषतः व्यवसायीहरुले राखेका छन् । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशनसँगको सम्झौताले नेपाल र चीनबीचको सम्बन्धमा आउनसक्ने दरारका बारेमा जति चर्चा भइरहेको छ, त्यसका बारेमा अब एउटा स्पष्ट अवधारणा सार्वजनिक हुनेछ र चीन र नेपालबीचको सम्बन्ध पूर्ववतः अवस्थामा कायम हुनेछ भन्ने अपेक्षा राखिएको छ । यो संक्रमणकालिन अवस्थालाई गम्भीर रुपमा लिँदै नेपालको यो भ्रमणमा चीनले खुलेर आफ्ना कुराहरुलाई राख्ने र नेपालले पनि व्यवसायिक कुराहरुलाई सहज रुपमा प्रस्तुत गर्नकाल लागि वातावरण बनाउन नेपाल सरकार तयार हुनेछ भन्ने अपेक्षा आम नागरिकले लिएका छन् ।
हामी पनि नेपाल र चीनबीचको युगौंदेखिको सम्बन्ध निरन्तर र परिणाममुखी रहोस् भन्ने अपेक्षा राख्दछौं । तसर्थ, पनि नेपाललाई लामो समयदेखि नजिकबाट नियालिरहेका परराष्ट्रमन्त्री, राष्ट्रपति सि पिङका प्रिय पात्र पनि हुन् । यो परिवेशमा नेपालको भू–राजनीतिक चलायमान भइरहेको अवस्थामा बेइजिङबाट जुन सन्देश बोकेर वाङको आगमन हुँदैछ, त्यसलाई नगदको रुपमा उपयोग हुनेछ भन्ने ठम्याई हाम्रो रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0