Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राष्ट्रिय स्थायित्वका लागि गठबन्धन !

प्रभातफेरी अनलाइन १६४ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (१ साल अघि)
Post Thumbnail

स्पष्ट दुई तिहाइ नजिकको सरकारले जनताका भावनाहरुलाई लत्याए पश्चात् कांग्रेस लगायतका पाँच दलले गठबन्धनतिर आफूलाई उभ्याए । जसको कारण नेपाली राजनीति जनताले नसोचेको मोडमा उभिन पुग्यो ।
झण्डै १ वर्षदेखिको यो गठबन्धनको रटान अहिले आएर तुहिने पो हो कि भन्ने आशंकाहरु निम्तिरहँदा नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठकबाटै गठबन्धनलाई मूर्त रुप दिने निर्णयमा पुग्नु स्वागतयोग्य कार्यका रुपमा लिनुपर्छ । गठबन्धन तोड्नका लागि विभिन्न किसिमका आरोह अवरोह नजन्मिएका होइनन् । संसदबाट एमसिसि अनुमोदन लगायतका विविध एजेण्डाहरु ल्याएर गठबन्धन तोड्नका लागि खेलिएको अवाञ्छित गतिविधिहरु अन्ततः निरिह सावित भएका छन् । जसले आसन्न निर्वाचनलाई महत्वपूर्ण रुपमा लिएको छ ।
नेपाली कांग्रैस सम्बद्ध नेताहरुले आफ्नो अभिव्यक्ति राख्ने क्रममा गठबन्धनलाई महत्व दिएकै कारण गठबन्धनको भविष्य सुनिश्चित भएको हो । आसन्न वैशाख ३० गतेको निर्वाचनमा सत्तारुढ दल लगायत ५ दलीय गठबन्धनले अन्ततः निरन्तरता पाउनुले अस्थिरताको राजनीतिबाट मुलुकले उन्मुक्ति प्राप्त गर्ने आशा पलाएको छ । वास्तवमै प्रधानमन्त्री शेरबहादुर देउवाले जुन सफलता प्राप्त गरे, त्यो कांग्रेस एक्लैको जोड जुलुमले प्राप्त भएको थिएन । विपक्षी बेन्चमा बसेर निरिह बन्नुको गुञ्जाइस् नभएको अवस्थामा एकाएक दुई तिहाइको उन्मादबाट विचलित हुन पुगेको ओली सत्ताले जनमतलाई लत्याउने काम ग¥यो र संसद विघटन गर्न पुग्यो । जनमत लत्याउने जुन घृणित खेलभित्र कम्युनिष्ट र गैर कम्युनिष्टहरु एक ठाउँमा जोडिन पुगे । जसले उन्माद चढेको ओली सत्ताको चुरिफुरिलाई छिनभरमै आर्यघाटमा सेलाइदिए । त्यसबाट प्राप्त गरेका उर्जालाई शेरबहादुर देउवाले पार्टी संगठन निर्माणमा चलाखीपूर्ण ढंगबाट उपयोग गर्न पछि परेनन् । जसको कारण नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुग्यो ।
जसबाट बजारमा आएका गठबन्धन विरोधी अभिव्यक्तिहरुलाई फिक्का बनाउने काम मात्र गरेन, अब विपक्षीको एउटा भरासिलो साधनको अन्त्य समेत गरिदियो । यसले सत्ताको उन्मादमा तिल्मिलाउन पुगेको ओली सत्तालाई चोटिलो धक्का लागेको छ भने आशंकको बिचबाट शंका निवारण हुँदै ५ दलीय गठबन्धन आफू मजबुत भएको आभाष मिलेको छ । यो अवस्थामा उत्पन्न राजनीतिक विचलनलाई अन्त्य गर्दै प्रजातान्त्रिक मूल्य र मान्यताको उच्च सम्मानका साथ गठबन्धन अगाडि जानेमा अब शंका रहन्न भन्ने विश्वास हामीले लिएका छौं ।
त्यसैले यो गठबन्धन चुनावी प्रक्रियाका अन्तिम क्षणसम्म स्थायित्व कायम गर्दै नेपाली जनतामा आएको राजनीतिक दलप्रति हेर्ने नकारात्मक सोचलाई सकारात्मक अवस्थामा बदल्न सक्नेछ भन्ने ठम्याई हामीले लिएका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    सम्पत्ति छानविनको विकल्प छैन

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0