Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राष्ट्रिय स्थायित्वका लागि गठबन्धन !

प्रभातफेरी अनलाइन ४२९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (४ साल अघि)
Post Thumbnail

स्पष्ट दुई तिहाइ नजिकको सरकारले जनताका भावनाहरुलाई लत्याए पश्चात् कांग्रेस लगायतका पाँच दलले गठबन्धनतिर आफूलाई उभ्याए । जसको कारण नेपाली राजनीति जनताले नसोचेको मोडमा उभिन पुग्यो ।
झण्डै १ वर्षदेखिको यो गठबन्धनको रटान अहिले आएर तुहिने पो हो कि भन्ने आशंकाहरु निम्तिरहँदा नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठकबाटै गठबन्धनलाई मूर्त रुप दिने निर्णयमा पुग्नु स्वागतयोग्य कार्यका रुपमा लिनुपर्छ । गठबन्धन तोड्नका लागि विभिन्न किसिमका आरोह अवरोह नजन्मिएका होइनन् । संसदबाट एमसिसि अनुमोदन लगायतका विविध एजेण्डाहरु ल्याएर गठबन्धन तोड्नका लागि खेलिएको अवाञ्छित गतिविधिहरु अन्ततः निरिह सावित भएका छन् । जसले आसन्न निर्वाचनलाई महत्वपूर्ण रुपमा लिएको छ ।
नेपाली कांग्रैस सम्बद्ध नेताहरुले आफ्नो अभिव्यक्ति राख्ने क्रममा गठबन्धनलाई महत्व दिएकै कारण गठबन्धनको भविष्य सुनिश्चित भएको हो । आसन्न वैशाख ३० गतेको निर्वाचनमा सत्तारुढ दल लगायत ५ दलीय गठबन्धनले अन्ततः निरन्तरता पाउनुले अस्थिरताको राजनीतिबाट मुलुकले उन्मुक्ति प्राप्त गर्ने आशा पलाएको छ । वास्तवमै प्रधानमन्त्री शेरबहादुर देउवाले जुन सफलता प्राप्त गरे, त्यो कांग्रेस एक्लैको जोड जुलुमले प्राप्त भएको थिएन । विपक्षी बेन्चमा बसेर निरिह बन्नुको गुञ्जाइस् नभएको अवस्थामा एकाएक दुई तिहाइको उन्मादबाट विचलित हुन पुगेको ओली सत्ताले जनमतलाई लत्याउने काम ग¥यो र संसद विघटन गर्न पुग्यो । जनमत लत्याउने जुन घृणित खेलभित्र कम्युनिष्ट र गैर कम्युनिष्टहरु एक ठाउँमा जोडिन पुगे । जसले उन्माद चढेको ओली सत्ताको चुरिफुरिलाई छिनभरमै आर्यघाटमा सेलाइदिए । त्यसबाट प्राप्त गरेका उर्जालाई शेरबहादुर देउवाले पार्टी संगठन निर्माणमा चलाखीपूर्ण ढंगबाट उपयोग गर्न पछि परेनन् । जसको कारण नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुग्यो ।
जसबाट बजारमा आएका गठबन्धन विरोधी अभिव्यक्तिहरुलाई फिक्का बनाउने काम मात्र गरेन, अब विपक्षीको एउटा भरासिलो साधनको अन्त्य समेत गरिदियो । यसले सत्ताको उन्मादमा तिल्मिलाउन पुगेको ओली सत्तालाई चोटिलो धक्का लागेको छ भने आशंकको बिचबाट शंका निवारण हुँदै ५ दलीय गठबन्धन आफू मजबुत भएको आभाष मिलेको छ । यो अवस्थामा उत्पन्न राजनीतिक विचलनलाई अन्त्य गर्दै प्रजातान्त्रिक मूल्य र मान्यताको उच्च सम्मानका साथ गठबन्धन अगाडि जानेमा अब शंका रहन्न भन्ने विश्वास हामीले लिएका छौं ।
त्यसैले यो गठबन्धन चुनावी प्रक्रियाका अन्तिम क्षणसम्म स्थायित्व कायम गर्दै नेपाली जनतामा आएको राजनीतिक दलप्रति हेर्ने नकारात्मक सोचलाई सकारात्मक अवस्थामा बदल्न सक्नेछ भन्ने ठम्याई हामीले लिएका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0