Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर १३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संघीयता अझै पनि असुरक्षित छ ः नेता पोखरेल

प्रभातफेरी अनलाइन ६२३ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (१ साल अघि)
संघीयता अझै पनि असुरक्षित छ ः नेता पोखरेल

काभ्रे । स्थानीय तह केन्द्रित नगर स्तरीय अभिमुखीकरण तथा राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रेको पनौती आइपुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता लिलामणि पोखरेलले उक्त भनाई राख्नुभएको छ ।
सम्बोधनका क्रममा ०६२÷०६३ को आन्दोलन र जनयुद्धको जगमा प्राप्त सीमित अधिकारहरु अहिले पनि सुरक्षित नरहेको स्मरण गराउनुहुँदै आज जति पनि अधिकारहरु प्राप्त भएका छन्, यसको श्रेय संघीय संरचनालाई दिनपर्छ । यदि संघीय संरचनाअन्तर्गत मुलुक परिवर्तन नभएको भए आज पनि आदिवासी, जनजाति, पछडा वर्ग, दलित, गरिब, निमुखाहरुले परिवर्तनको अनुभूति गर्न पाउने थिएनन् । त्यसैले २ सय ३८ वर्ष लामो राज्य सत्ताको बागडोर सम्हालेको राजतन्त्रात्मक व्यवस्थाका मतियारसँगै आफूलाई कम्युनिष्टको खोल ओढाउनेहरुले संघीयताको विपक्षमा रहेको नेता पोखरेलले सम्बोधनको क्रममा खुलासा गर्नुभएको छ ।
०६२÷०६३ को आन्दोलनतर्फ स्मरण गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओलीले त्यतिबेलाको आन्दोलनलाई बयलगाडा चढेर अमेरिका जानुको संज्ञा दिनुले पनि संघीयता खतरामा छ भन्ने संकेत गर्दछ । त्यसैले प्राप्त सीमित अधिकारहरुको संरक्षण गर्दै समाजवाद उन्मुख बाटो पहिल्याउनका लागि पनि यो स्थानीय चुनावमा माओवादीले जित्नुको विकल्प छैन । तर स्थानीय निर्वाचन माओवादीका लागि चुनौतीपूर्ण छ । जसको नीति उसैको नेतृत्व स्थापित गर्नका लागि पनि यो चुनाव जित्नुपर्छ । हिजो जुन उद्देश्य सहित आन्दोलनमा नेपाली जनता ओर्लिएको थिए तर आज उनीहरुले के पाए ? त्यसैले पनि वर्गविहिन समाजको कल्पना मात्र गरेर पुग्दैन, त्यसका लागि नीति र कार्यक्रमहरु आउन जरुरी छ । लिंगको आधारमा हुने कुनै पनि किसिमका विभेदहरु माओवादीहरुका लागि पाच्य हुँदैनन् । नीतिहरुको उत्कृष्ट नीति राजनीति हो, यसलाई जोगाइराख्नु प्रत्येक न्यायप्रेमी नागरिकको दायित्व पनि हो भन्नुहुँदै नेता पोखरेलको थप कथन छ– विश्वको सबैभन्दा उत्कृष्ट धर्म मानव धर्म हो, एक मानवले अर्काे मानवलाई पर्दा देखाउने सकारात्मक व्यवहार नै मानव धर्मभित्र पर्छ । त्यसैले संघीयता, गणतन्त्र, धर्म निरपेक्ष, समावेशी जस्ता विषयले गर्दा नै आज हजारौं शोषित पिडितहरु, आदिवासी जनजातिहरु, दलितहरुले नेतृत्वको अनुभूति मात्र गरेका छैनन्, त्यसको मर्मलाई व्यवहारमा उतार्ने काम गरेका छन् । त्यसैले पनि हामी कम्युनिष्ट कार्यकर्ताहरु आफूलाई भन्न रुचाउँछौं भने राजनीतिक चेतना पनि उठ्न आवश्यक छ ।
आज निर्वाचन नजिकिँदै गर्दा माओवादीका लागि जित मात्र होइन, चुनौतीपूर्ण पनि छ भन्ने संकेत जान आवश्यक छ । प्रत्येक कार्यकर्ताहरुले यो अभियानलाई जीवन–मरणका सवालका रुपमा लिन आवश्यक छ । जहिलेसम्म एकीकृत राज्य सत्ता शासनको अन्त्य हुँदैन, तबसम्म हेपिएका, चेपिएकाहरुले अधिकार प्राप्त गर्न सक्दैनन् । त्यसको विकल्प भनेकै माओवादी हो । जसले आफू मरेर अरुका लागि केही अधिकारहरु सुनिश्चित गरेको छ । तर प्रतिगमनका नाइकेहरुलाई त्यो अझै पनि पचेको छैन । त्यसैले कुनै पनि बेला यो या त्यो नाममा घाँटी निमोठ्ने काम हुनसक्छ । त्यसैले प्रत्येक परिवर्तनकामी नागरिकहरु सचेत हुन आवश्यक छ । देश मेरो हो, यो राज्यमा मेरो पनि हैसियत रहन्छ र म पनि रहन्छु भन्ने अपनत्व गराउनु आवश्यक छ । जात र जातीयता भिन्न विषय हुन्, यसलाई एउटै डालोमा राखेर बुझ्नु गलत हुने तर्क गर्दै जातिय पहिचानका आधारमा भूगोलको नामाकरण हुन आवश्यक छ । अहिले मुलुक राजनीतिक रुपमा माओवादी एजेण्डा अगाडि बढिरहँदा त्यसको संरक्षण गर्ने दायित्व पनि माओवादीकै हो । यस अर्थमा पनि माओवादीले निर्वाचनलाई एउटा युद्धको रुपमा लिएको छ । त्यसैले प्रत्येक नागरिकहरु जो विरासतभन्दा बाहिर रहेर कुटो, कोदालोमा आफ्नो जीवन खोज्नुहुन्छ, उहाँहरुले प्राप्त यो सीमित अधिकारको रक्षाका लागि केही न केही गर्न आवश्यक छ । त्यो जिम्मेवारी तपाईं नागरिकहरुले बहन गर्नेछ भन्ने विश्वास राख्दै नेता पोखरेलले चोटिलो रुपमा आएको एमसिसिका बारेमा तिखो प्रतिक्रिया दिँदै मुलुकमा अस्थिरता निम्त्याउने किसिमका षड्यन्त्र भएकै कारण व्याख्यात्मक विधिद्वारा अवतरण गराउने बाटो खोजिएको कार्यकर्ताबीचमा राख्नुभएको छ ।
१० वर्षे जनयुद्ध तर्फ फर्कँदै नेता पोखरेलको टिप्पणी थियो– यो मुलुकमा द्वन्द्वको शुभारम्भ गर्ने अरु कोहि थिएनन् । जसले हत्या हिंसालाई प्रशय दिने काम गरे, तिनै आज गणतन्त्र र प्रजातन्त्रको दुहाइ दिन्छन् । जसले टाउकाको मूल्य तोके र आफ्नै मुलुकमा रक्तपात निम्त्याए । एउटा झोलामा टाउको लिएर आउने र अर्काे झोलाभरि पैसा लिएर जाने भनेर रक्तपातलाई प्रशय दिनेहरु नै आज सत्तामा हालीमुहाली गरिरहेका छन् । त्यसैले ति अराजक र देशद्रोहीहरुसँग सम्झौता गर्नु मन त थिएन तर मुलुक फेरि रक्तपातमा नधकलियोस् भनेर छातिमा ढुंगा राखेर सम्झौता गर्न बाध्य भयौं । अझै पनि यो एजेण्डा हाम्रो लागि स्वीकार्य छैन र चुनौतीपूर्ण पनि छ । यो अवस्थामा तमाम जनताहरुले बुझ्न आवश्यक छ कि आजको राजनीतिक अवस्था कसरी आयो ? कसले लिएर आयो ? यो अस्थिरताको राजनीतिको पुनरावृत्ति कसरी भयो ? यसको बारेमा नेपाली जनताहरुले गम्भीर रुपमा प्रश्न उठाउन आवश्यक छ । यो संगीन अवस्थामा हुन लागेको निर्वाचनका बारेमा प्रत्येक माओवादी कार्यकर्ताहरु सुसूचित हुन आवश्यक छ र संविधानको रक्षाका लागि चालिने कुनै पनि कदमहरु हाम्रो लागि स्वभाविक रुपमा प्यारो रहन्छ ।
पछिल्लो घटनाक्रम अनुसार यो मुलुकबाट संघीयता, गणतन्त्र लगायतका राष्ट्रिय मुद्धा सँगसँगै संविधान नै निकम्मा बनाउने चलखेल, आफूलाई परिवर्तनको बाहक सम्झने ओली मात्रा र कांग्रेसको एउटा कित्ताले गरिरहेको यो गम्भीर अवस्थामा आफूलाई माओवादी भन्न रुचाउनेहरुले खबरदारी गर्न आवश्यक छ । तबमात्र संघीयता, समावेशी, धर्म निरपेक्ष लगायतका मुद्धाहरु संरक्षण हुनेछ भन्ने विश्वास नेता पोखरेलले कार्यक्रममा प्रकट गर्नुभएको थियो ।
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डा. भरत लामिछानेको कथन थियो– जनताका माझ हामी जानैपर्छ । हिजो जनताका माझ कबुलिएका वाचाहरु पूरा गराउनका लागि जसको नीति उसैको नेतृत्वको स्थापित गर्नु छ । त्यसका लागि आसन्न निर्वाचनलाई युद्धात्मक कलाबाट उपयोग गरी अगाडि बढ्नुको विकल्प हामी माझ नभएको डा. लामिछानेको कथन थियो । साँच्चै समाज रुपान्तरणमा आफूलाई निष्पक्ष ढंगबाट स्थापित गर्न चाहनुहुन्छ भने यो युद्धमा सरिक हुन नेता डा. लामिछानेले आग्रह समेत कार्यक्रममा कार्यकर्ताबीच गर्नुभएको छ ।
उक्त कार्यक्रममा आफ्ना सार्गर्भिक अभिव्यक्ति राख्दै बागमती प्रदेश सदस्य एवं जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालको कथन थियो– मुलुकमा जुन अपेक्षा राखेर परिवर्तन भएको थियो, त्यसमाथि घात भएको स्मरण गराउनुहुँदै पार्टीभित्र मौलाएको विचलनका कारण आज पार्टी जुन अवस्थामा पुगेको छ, त्यसबाट हामी कर्तव्यनिष्ठा कार्यकर्ताहरुले पाठ सिक्न आवश्यक छ । जसले पार्टीले यो अवस्थामा पु¥यायो, ति पात्रहरु अब माओवादीमा छैनन् । त्यसैले अब पार्टी फेरि जनताका माझ कबुल गरेका वाचाहरु पूरा गर्नका लागि पनि बस्ती छिर्न आवश्यक छ । जनताका जिज्ञासाहरुलाई सम्बोधन गर्दै आफूबाट भएका कमी कमजोरी जनताका माझ आत्म आलोचनासहित यो निर्वाचनलाई युद्धको रुपमा लिँदै माओवादीका एजेण्डाहरुलाई गहिराइसम्म पु¥याउने जिम्मेवारी प्रत्येक शुभचिन्तक कार्यकर्ताहरुको भएको नेता अर्यालको कथन थियो ।
कार्यक्रममा प्रदेश सदस्य एवं पनौती नगर इन्चार्ज होमबहादुर खुलाल, पनौती नगर उपाध्यक्ष एवं अखिल नेपाल महिला संघ क्रान्तिकारीका नगर अध्यक्ष सुशिला सुवाल, पनौती नगर अध्यक्ष एवं जिल्ला समन्वय समितिका सदस्य हस्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव माधव हुमागाईंले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि स्थायी समिति सदस्य लिलामणि पोखरेललाई सम्झनाको चिनो स्वरुप पनौती नगर झल्कने मायाको चिनो प्रदेश सदस्य होमबहादुर खुलालले हस्तान्तरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • प्रभातफेरी ई-पेपरथप

    २०८० कार्तिक ०६ गते

    २०८० कार्तिक ०६ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    गोवर्धन पुजाको महत्व

    गोवर्धन पुजाको महत्व

    लक्ष्मीपूजाको महत्त्व

    लक्ष्मीपूजाको महत्त्व

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0