Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्तर्मनका यात्री ः जगदीश घिमिरे

प्रभातफेरी अनलाइन ७९७ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (४ साल अघि)
अन्तर्मनका यात्री ः जगदीश घिमिरे

मोहन दुवाल
(वरिष्ठ साहित्यकार)

वि.सं. २००२ चैत्र २८ गते मन्थली, रामेछापमा माता पदमकुमारी र पिता इन्द्रप्रसाद घिमिरेको सुपुत्रका रुपमा जन्मेका जगदीश घिमिरेले शिक्षाको हकमा समाजशास्त्रमा एम.ए. र जनसङ्ख्या विषयमा पोष्ट ग्राजुयट डिप्लोमा गरेको देखिन्छ । साहित्य सेवा र सिर्जनामा २०२१ सालदेखि श्री ३ गिद्ध कथा लेखेर देखा परेका यिनी सामुदायिक विकासमा पनि आफूलाई समर्पित गर्दै आएका व्यक्तित्व हुन् । गैरसरकारी सङ्घ–संस्थामा जीवनका अधिकांश समय खर्चेका यिनी केहीक्षण प्रजातान्त्रिक आन्दोलनमा लागेर राजनीतिमा पनि लागेको देखिन्छ ।


अन्तर्मनको यात्राले धेरै वर्ष गुमनाममा रहेको जगदीश लेखकलाई अचानक तान्दै जनमानसमा ल्याइपु¥याए । यात्रा गर्नेहरू अनगिन्ती छन् । त्यही अनगिन्तीकै हुलबाट निस्केका यात्राक्रमलाई जगदीशले आफ्नो जीवनका प्रसङ्गहरूमार्फत् अन्तर्मनको यात्राका रूपमा रूपान्तरण गरे । समाजसेवामा उनले गरेको समर्पण उल्लेख र योग्य छन् – त्यसैले उनी सफल समाजसेवक हुन् । उनले लेखेको साहित्यमा उनको आफ्नै खालका रचना–शिल्प छन् । त्यसैले उनी विख्यात साहित्यकारका रूपमा सुपरिचित छन् । विकृति र विसङ्गतिका विरोधी तथा विद्रोह स्वभाव भएकाले उनी प्रतिपक्ष साहित्यकारजस्तो देखिएको हो । राजनीतिमा सक्दो गरेर पनि त्याग गर्न जानेकाले सबले मनपरेका राजनीतिज्ञ हुन् उनी । एकजना विकास निर्माणका योजनाकार । स्वप्नदृष्टि राखेर देश र समाज हेर्न सक्षम दृष्टिकर्ता । तामाकोशी संस्थाका प्रवन्धक । तितोसत्य लेख्दै आएका एकजना समाजसेवी पत्रकार । धेरै नाममा विभाजित रहेर पनि सबैलाई चिनाउन सफल वरिष्ठ लेखक हुन् – जगदीश घिमिरे ।
राजनीति सोचे यिनले तर त्यस वृत्तभित्र अमिलो मन बनाएर उनी कुडिरहन सकेनन् । साहित्य लेख्दै आए यिनले निरन्तर लेखिरहन समय दिन नसकेकै कारणले धेरै वर्षसम्म साहित्यबाट यिनी टाढा–टाढा रहन गए । समाजसेवामा एउटा उदाहरणीय काम गर्दै रहेका कारणले तामाकोशी सेवा समिति संस्थामार्फत् अन्तर्राष्ट्रिय पुरस्कारका लागि यिनी सम्मानित भएकोले त्यस्तै खुसी साट्न अमेरिकामा जाँदा माइलोमा रोगका डरलाग्दा आक्रमणले यिनी विमारी परे । उनले नसोचेको, नेपालीहरूलाई कममात्र लाग्ने रोगले यिनी आक्रान्त हुँदा यिनी रोगसँग हरेश खाएनन् । सिर्जनामार्फत् आफूलाई देखाइरहन रूचाए । त्यही क्रममा यिनले अन्तर्मनको यात्रा लेखे, प्रकाशित गराए । उक्त कृतिको चर्चा शिखरमा चढ्यो । यिनका अन्य प्रकाशित कृतिहरुमा १) लीलाम (उपन्यास–२०२७), २) जगदीशका कथाहरु (कथासङ्ग्रह–२०२७), ३. साविती (उपन्यास–२०३२), ४. केही कथा, कविता र संस्मरण (विविध–२०३४), ५. सन्तान (नाटक–२०३६), ६. अन्तर्मनको यात्रा (आत्मालाप–२०६४), ७. अग्निसूत्र (कवितासङ्ग्रह–२०६५), ८. बर्दी (रोज्जा कथाहरु–२०६५), ९. स्थान कालपत्र (निबन्ध–२०६६) र १०. सकस (उपन्यास–२०६९) छन् । यिनी मैनाली कथा पुरस्कार, उत्तम शान्ति पुरस्कार र मदन पुरस्कारबाट सम्मानित छन् । ‘अभिव्यक्ति’ र ‘पर्वत’ साहित्यिक पत्रिकाहरुको सम्पादनसमेत गरेका यिनीबाट नेपाली कविताहरुलाई हिन्दीबाट पनि अनुवाद गरेको देखिन्छ ।
जगदीश घिमिरेको रोग, रोगसँग नडराइकन उनले गरेको सङ्घर्ष अनौठो साहसको एउटा छुट्टै बिम्बजस्तो देखियो र उनको कथा–व्यथा हेरेर मलाई जगदीश लेखकलाई मनमा राख्न मन पराएँ । पुस २३ गते मन्थलीमा पुगेर जगदीश घिमिरेको सेवा देख्न पायौं । तामाकोसी सेवा समितिको प्रभाव यत्रतत्र फिँजेको देख्यौं । जगदीश घिमिरेको सम्पर्क, सक्रियता र स्फुर्तिले रामेछापमा धेरै खालका सामाजिक कार्यहरू भएको देखियो । अति दुर्गम गाउँमा पनि धारा पु¥याइदिएको, चर्पी निर्माण गराइदिएको, हस्पिटल स्थापना गरी स्वास्थ्यसेवा गरिदिएको, आयमूलक थुपै्र आयोजना चलाउन साथ दिएको, राष्ट्रका साहित्यिक स्रष्टाहरू रामेछाप घुमाइदिएको प्रसङ्गहरू बिर्सिन गा¥हो छ । त्यहीँ भएको साहित्यिक कार्यक्रममा जगदीश घिमिरेको जीवनसँगिनी दुर्गा घिमिरेको सभापतित्वमा भएको उक्त महोत्सवमा उनले आफ्नो भावना यसरी पोखे, जुन मर्मस्पर्शी छन् – रामेछाप मेरो जन्मथलो होइन तर कर्मथलो हो । केही नभएको ठाउँ, साँµमा स्याल कराउने ठाउँमा जगदीशको नेतृत्वमा केही काम गर्न पाएको छु । ३५ वर्ष नाघ्यो यो माटोमा मैले पनि समाजसेवा गर्न पाएको । आज घर–घरमा पानी पु¥याउन पाएको छु, स्वास्थकेन्द्र खोल्न पाएको छु । इतिहास रोकिनु हुँदैन । समाजसेवा निरन्तर गर्छु । राजनीतिमा विकृति देखिएको छ । समाजसेवा गर्ने भावना भरिदिनु हुने जगदीशजीलाई म प्रणाम गर्छु । जगदीशजीलाई साहित्यले ऊर्जा दियो, जीवन दियो । जगदीशको सिर्जनाले जगदीशलाई बचाउँछ । जगदीशलाई साहित्यमार्फत् शक्ति प्राप्त भएको छ ।
अन्तर्मनभित्रका आत्मलाप पढें; पढिरहूँजस्तो लाग्ने समर्पणका हरफहरू कति सुन्दर र मीठो भाषामा संप्रेषित छन् । मलाई उनका अक्षरले मोहनी लगाई दियो । जगदीश व्यक्तिलाई एउटा त्याग–समर्पणको नाम सम्µें । विमारी परेर सिकिस्त रहेको आफ्नो मुहारलाई लुकाएर जिउन जानेका एकजना योद्धा सम्µेँ । लिलामका जनमन छामेँ सावितीमा व्यक्त भएको घटना–वृत्त मनमा राखेँ । अग्निसूत्रका कविताहरूमा प्रतीक र बिम्बभित्र लुकिरहेका सुन्दर–दृष्टि मन पराएर पढेँ । बर्दीका कथाहरूमा रहेका कथा–अंशहरूभित्रका मर्महरू पढेँ । यसरी मन पराएर पढेँ, साहित्यकार जगदीशलाई भोग्दै जाँदा र मनपरेकै कारणले जगदीश घिमिरेसँग भेट्न मन लाग्यो ।
एकदिन चोभारस्थित डाँडोमा रहेको जगदीश–घरमा छविरमण भाइसँग मन साट्न गइयो । दुर्गा भाउजू र जगदीश दाजूसँग कुराकानी भयो । जनमतको एउटा अङ्क विशेष अङ्क गर्ने कुरामा सहमती भयो । एकजना रोगले आक्रान्त स्रष्टाका अक्षरहरू जनमतमार्फत् सार्वजनिक गर्ने कुरामा मेरो मन द¥हो भयो ।
जगदीश घिमिरे – शिष्टता जानेका तर प्रष्ट भन्न सिपालु लेखक, समसामयिकतालाई हरफ–हरफमा व्यक्त गर्न सिपालु चिन्तक । युगसँगसँगै बढ्न जानेका यात्रु भएकै कारणले उनको आत्मालाप अन्तर्मनको यात्रा निबन्धजस्तो, आत्मवृत्तान्तजस्तो र साँच्चीकै भनूँ भने मान्छेकै मनभित्रको उपन्यास पढेजस्तो कृति बन्न सफल छन् । उनले अन्तर्मनको यात्राकै लागि २०६४ सालमा नै मदन पुरस्कार र उत्तमशान्ति पुरस्कार प्राप्त गरे । सबैको अन्तर्मनमा अन्तर्मनको यात्रा रङ्गीन चित्रµैं व्यक्त गरे । शब्दमा मीठो कलात्मक भर्न सिपालु लेखक भएकै कारणले कथा, कविता, निबन्ध, संस्मरण र नियात्राहरूमा पनि यिनका शब्द–शब्दहरू संप्रेषित भइरह्यो । राजनैतिक विश्लेषण गर्न पनि प्रख्यात चिन्तक घिमिरे नाट्यलेखनमा पनि ‘कथान्तर’ भई देखापरेका छन् । २०२० सालदेखि साहित्य–यात्रा सुरू गरेका यिनी मैनाली कथा पुरस्कार –२०४४ बाट पनि सम्मानित भएका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत् सामुदायिक विकासमा अभिरूचि देखाउँदै आएका जगदीश घिमिरे केही वर्षसम्म यसैमा हराइरहे । तर पनि उनको मन र सिर्जना कहाँँ रोकिंदा रहेछ र ? सिर्जना आफ्नो जीवनको सार्थक औषधी बन्यो । साहित्य यिनका लागि शक्तिशाली अस्त्रका रूपमा देखा परे । भोग्न जानेका र व्यवहार गर्न सिपालु दक्ष तथा सफल साहित्यकार जगदीश घिमिरेले अन्तर्मनदेखिका कुराहरू साँचेर कुरा सुनाए, कविताहरू भित्रका अग्निसूत्र फुकाए, उपन्यासभित्रका पात्रहरूले आफूलाई लिलाम गर्न बाध्य भएका कर्म र मर्म फुकाए र सावितीका धड्कनहरू छाम्न दिए । जगदीशका कथाहरूमार्फत् कथाहरू सुनाए, एकैचोटी केही कथा, कविता, संस्मरण गुनगुनाए, नाटकमा सन्तान जन्माए, बर्दीभित्र देखिने अनुहार देखाए ।
००
जगदीशका कुनै पनि विधामा लेखिएका लेख–रचनाहरू पढेपछि पढिरहुँजस्तो लाग्ने उनको सिर्जनामा देखिएका मोहनी–सूत्रहरू हुन् । शब्द–शब्दमा कला लुकेजस्तो हरफ–हरफमा मनोहारिता छाएजस्तो देखिनु उनका कलास्पर्शी अभिव्यक्तिहरू हुन् । कवितामा, कथा– उपन्यासमा स्पष्ट नेपालीहरू देखिनु, दुख्नु र सिङ्गोपन µल्किनु उनका विशिष्ट विशेषताहरू हुन् । आत्मलापमा राजनीतिक बहसमा निर्भिकताका धड्कनहरू देखिनु उनका साहसका कुराहरू हुन् । ३२ वर्ष अगाडि यिनले लेखेको नेपालको परिचय अहिलेसम्म ज्यूँकात्यू रहनु नै उनका मौलिकताभित्र लुकेका साहित्यिक दृष्टिभित्रका वृष्टिहरू हुन् । उनी नेपालको परिचय यसरी देख्छन् । यो कथा हो, यो कविता पनि हो ……. त्यस्तै यो सम्पूर्ण खराब नेपालीवृत्तभित्र लुकेको कुरूप नेपालको चित्रण गाँसिएको सिङ्गो परिचय पनि हो ।
तपाईको शुभ नाम ? – कलि !
बाबुको नाम ? – क्रोध !
आमाको नाम ? – हिंसा !
बाजेको नाम ? – लोभ !
जीबाबुको नाम ? – अधर्म !
जीआमाको नाम ? – मिथ्या !
छोराको नाम ? – भय !
छोरीको नाम ? – मृत्यु !
नातिको नाम ? – नरक !
नातिनीको नाम ? – यातना !
जीवन्त दस्तावेजका लेखक । एकजना सचेत लेखक । देखेको कुरा आफ्नै शब्दशैलीमा दुरूस्त चित्रण गर्न सिपालु लेखक । मान्छेका मन छाम्न जानेका उपन्यासकार । कवितामा बिम्ब पोख्न जानेका कवि । विचार–दृष्टिमा निर्भिकता पोख्न नडराउने निर्भिक चिन्तक । अप्ठ्यारोमा पनि हार्न नजानेका मान्छेभित्रका शक्तिशाली मान्छे । दुर्गा भाउजूको शक्ति र भक्तिमा आफूलाई सिंचन गर्न सिकेका जनमनका लेखक बन्दै आएका जगदीश घिमिरेलाई कालले टपक्क टिपेर वि.सं. २०७० कात्र्तिक १४ गते लगे । उनको दुःखद अवसानमा नेपाली भाषा–साहित्यमा चोट पर्नु स्वाभाविक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0