काभ्रे । पनौती-४, काभ्रेमा अवस्थित सामुदायिक बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ बर्ष पूरा गरेको सु-अवसरमा रजत जयन्ती समारोह सम्पन्न गरेको छ । पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय प्राङ्गणमा आयोजना गरिएको थियो । रजत जयन्ती बिशेष समारोहमा विद्यालयद्वारा प्रकाशित रजत जयन्ती बिशेष “हिमकुन्ज” स्मारिका बिमोचन गरिएको थियो । सो कार्यक्रममा विद्यालय स्थापना गर्ने १४ जना संस्थापकहरुलाई सम्मान गरेको थियो । सोही कार्यक्रममा विद्यालयका पुर्व शिक्षक एवम् सहकारिकर्मी डा. शिवजी सापकोटालाई पनि अमेरिकाको AIU बिश्वबिद्धालयबाट बिद्याबरिधी प्राप्त गर्न सफल हुनुभएकोमा सम्मान गरेको थियो ।
बिद्यार्थी, अभिभावकको उल्लासपुर्ण सहभागितामा संचालित सो कार्यक्रममा बिशिस्ट अतिथी प्याब्सन केन्द्रिय कार्यसमितिका उपमहासचिव भिमसेन के.सि., कालिजङ गण धुलिखेलका मेजर राजेश कार्की लगायत पनौती नगरपालिका कार्यपालिका सदस्य केवल रम्तेल, वडा अध्यक्षहरु बुद्ध सिंह थापा र केशब बन्जारा, वडा सदस्यहरु नकुल श्रेष्ठ सबिता थापा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा, प्याब्सन काभ्रे जिल्ला कार्यसमिती कोषाध्यक्ष बसन्तराज नेपाल, प्याब्सन पनौती अध्यक्ष बिमल न्यौपाने,निस्ट कलेज बनेपाका प्राचार्य महेन्द्र थापा, अरुणोदय आ.मा.बि. का प्रिन्सिपल बिष्णु दाहाल लगायत बिभिन्न कलेज तथा बिद्यालयका प्राचार्य तथा प्रिन्सिपलहरु र विभिन्न संघ संस्थाका प्रमुख / प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी एवम् अतिथिहरुले रजत जयन्ती समारोहमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साथै सो कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, संचालक समिती, शिक्षक, पुर्व बिद्यार्थी, पुर्व शिक्षक, अभिभावक, बिद्यार्थी, पत्रकार, समाजसेवी, बुद्धिजिवि लगायतका महानुभावको उपस्थिति रहेको बिद्यालयका सहायक प्रीन्सिपल बिमल कार्कीले जानकारी दिनुभयो ।
रजत महोत्सव समारोहका साथसाथै पुरस्कार बितरण, SEE सम्मान तथा बिदाई कार्यक्रम र अन्य अतिरिक्त क्रियाकलापहरु समेत सन्चालन गरिएको थियो । उपस्थित माहानुभावहरुलाई स्वागत प्रबन्ध निर्देशक ओमकृष्ण श्रेष्ठले मन्तव्य मार्फत गर्नुभएको थियो भने बिद्यालयको संक्षिप्त्त जानकारी प्रीन्सिपल पुर्णकुमार श्रेष्ठले गराउनुभएको थियो।
<span;>सो कार्यक्रमको सभापतित्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन एकेडमीक इन्चार्ज प्रवीण दाहालले गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |