प्रभातफेरी अनलाइन१४०४ पटक पढिएको | २०७८ चैत्र २३, बुधबार
काभ्रे । जनता समाजबादी पार्टीको तर्फबाट युवा ब्याबसायी सन्जिब बिक्रम थापालाई वडा अध्यक्षमा उठाउने भएको छ ।
जिल्ला पार्टी कार्यलय बसेको बैठकले थापाको उम्मेदवारी टुङ्ग्याएको हो ।
गठबन्धन भित्रको सत्तासीन दल जसपाको निर्णयले गठबन्दनको बारेमा टिक्काटिप्पणी शुरु भएको चर्चा भइरहँदा युवा ब्याबसायी थापा भने आफ्नो उम्मेदवारीले गठबन्धनमा कुनै समस्या न आउने बताउनु भएको छ ।
केन्द्रिय नीति अनुरुप नै आफ्नो उम्मेदवारी आएको जिकिर गर्नु भएको छ । उम्मेदवार थापा ब्याबसायी क्षेत्रमा स्थापित नाम रहेको बजारियाको दाबी छ ।