Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गठबन्धनको नाममा बन्धकी नबनौं

प्रभातफेरी अनलाइन ४६८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार (३ साल अघि)
Post Thumbnail

सत्तारुढ गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीहरु निर्णयमा नपुग्दा गठबन्धनमाथि नै प्रश्नहरु उठिरहेको छ । यो अवस्थामा नेपाली जनभावना अनुसार मतदाताहरुको अधिकारलाई कुण्ठित हुने किसिमले कुनै पनि निर्णय आउनु न्यायसंगत रहँदैन । त्यसैले गठबन्धनको नाममा नेपाली जनतालाई गुमराहमा कति दिनसम्म भुलाइराख्ने ? यसतर्फ सम्बन्धित सरोकारवाला जिम्मेवार पक्ष गम्भीर हुन आवश्यक छ ।
तत्कालै यो विषयमा निर्णय गरिएन भने यसले मतदातामा सिर्जना हुने निराशाको जिम्मेवार सम्बन्धित पार्टीहरु नै रहने र जुन कार्यका लागि गठबन्धनको संज्ञा दिइएको छ, त्यो नै अर्थहिन रहने अवस्थामा गठबन्धन पुगेको आभाष मिल्छ । कांग्रेस सहित पाँच दलीय गठबन्धन एकातिर छ भने एमाले सहित कमल थापाले नेतृत्व गरेको राप्रपा अर्काेतिर । यसरी तालमेल र गठबन्धन विचार र सिद्धान्तबाट निर्देशित हुने विषय हुनसक्छ ?
सामान्यतयाः विचार र सिद्धान्त नमिलिकन एकता वा तालमेल वा गठबन्धन हुने विषय होइन । फरक विचार र फरक सिद्धान्त बिच तालमेल र एकता नेपालको राजनीतिमा विगतदेखि नै देखिन थालेको छ । यो राजनीतिक तवरबाट राम्रो सन्देश आएको भने पक्कै होइन । संसदीय व्यवस्थालाई नै यस किसिमको तालमेल र गठबन्धनले धरासायी नबनाउँला भन्न सकिँदैन । त्यसैले यस्ता किसिमका गठबन्धनहरु हुनु पूर्व गहन अध्ययन र छलफल हुन आवश्यक छ । अन्यथा यि गठबन्धनहरु दाउपेच र प्रतिशोधमा नबदलिएला भन्न सकिन्न । यहाँ कतिको अस्तित्व बचाउनका लागि र कतिको अस्तित्व सिध्याउनका लागि राजनीतिक स्वार्थ लादेर हुने तालमेलले राजनीतिक विकृति निम्त्याउनेमा दुईमत छैन । यसो भनिरहँदा राजावादी भनिने राप्रपा, आफूलाई गणतन्त्रको हिमायती मान्न एमालेबिचको तालमेलले पनि कम चर्चा पाएको छैन । रोचक विषय त यहाँ छ, केन्द्रीय स्तरमा नेतृत्वहरुले गरेको गठबन्धनलाई तल्लो स्तरका भुईँ मान्छेहरुले कतिको स्वीकार्लान् ? यो नै मनन्को विषय बनेको छ । नेतृत्वहरुको निज स्वार्थका लागि फरक फरक कित्तामा रहेर पानी बाराबारको अवस्थामा रहेका राजनीतिक शक्तिहरुबीचको गठबन्धनले सकारात्मक परिणाम ल्याउँछ भन्ने विश्वास आम जनताले अझै लिन सकिरहेका छैनन् ।
यि स्वभाविक विषयहरुलाई पर्दा पछाडि धकेल्दै राजनीतिक निशाना बनाइएका यावत् पक्षहरुलाई गहन रुपमा अध्ययन नगरी लाद्न खोज्दा कतिपय स्थानीय तहमा बागी उम्मेदवारहरुले प्रशय पाउने त होइन ? यो अवस्थामा कार्यकर्ताहरुलाई लगाइने बन्देज सम्भवतः न्यायसंगत नहुन सक्छ । जुन किसिमको बन्देज लगाइन्छ, त्यसले विष्फोट निम्त्याउँछ भन्ने कुरा नेतृत्वपंक्तिले बुझ्न जरुरी छ । कतै भुईंको टिप्न खोज्दा पोल्टाको त पोखिने होइन ? शंकाका दायराहरु एकपछि अर्काे गर्दै थपिँदै आएका छन् । त्यसैले नीति र सिद्धान्त बिनाको तालमेलले मुलुकलाई निकास दिने होइन, बरु झन् अप्ठ्यारो स्थितिमा लैजाने ठम्याईमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0